मुख्य समाचार
सावित्रा भण्डारी ‘साम्बा’ ले न्युजिल्याण्डबाट आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल
सावित्रा भण्डारी ‘साम्बा’ ले न्युजिल्याण्डबाट आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल

— नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले न्युजिल्याण्डबाट आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् । साम्बा सिजन २०२५–२६ का लागि गत साउनमा न्युजिल्याण्डको वेलिङ्टन फोनिक्ससँग आबद्ध भएकी थिइन् ।

गत पुस ५ गते अस्ट्रेलियाको महिला फुटबल लिगमा ब्रिस्बेन रोअरविरुद्धको खेलको दोस्रो हाफमा उनी घाइते भइन् । हावामा उडिरहेको बललाई हेड हान्ने क्रममा साम्बा र रोअरकी गोलकिपर ठोक्किँदा उनको दाहिने घुँडामा गम्भीर चोट लाग्न पुगेको थियो ।

चोटको अवस्था गम्भीर भएकाले जटिल शल्यक्रिया आवश्यक परेको र हालसम्म शल्यक्रिया हुन नसकेको उनले बताएकी छन् । प्रारम्भिक अनुमान अनुसार उपचारमा करिब ८० हजार अमेरिकी डलर (नेपाली १ करोड १५ लाख रुपैयाँ बढी) खर्च लाग्ने सम्भावना रहेको उनले बताएकी छन् ।

साम्बाले फेसबुकमार्फत समर्थकहरूलाई सम्बोधन गर्दै भनेकी छन्, ‘म चोटपछिको उपचारका लागि भौंतारिरहेकी छु । अहिले ७ हप्तादेखि मैदानबाहिर छु । घुँडाको एसीएलमा पहिलेको शल्यक्रियामा राखिएको ग्राफ्ट र एमसीएल दुवैमा चोट लागेको छ । यसपटक पुनः जटिल शल्यक्रियाको आवश्यकता परेकाले आर्थिक सहयोगको अपिल गर्नु परेको हो ।’

साम्बाले एन्फा नेतृत्वप्रति पनि गम्भीर गुनासो गरेकी छन् । उनले भनेकी छन्, ‘पहिले एन्फाको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यसबेला आर्थिक र मानसिक समस्या थिएन, जसका कारण समयमै मैदानमा फर्कन सकेँ । तर यसपटक एन्फाबाट वाचा गरेको सहयोग पाइएन । चोट लागेको ३ सातापछि मात्र क्लबको पहलमा शल्यक्रियाको मिति तोकियो, तर एन्फाले आफ्ना तर्फबाट प्रक्रिया अघि बढाएन ।
उनले यो आफ्नो करियरको सबैभन्दा कठिन लडाइँ भएको पनि बताएकी छन् । ‘अघिल्लो साता एन्फा अध्यक्ष आफैंले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले नगद ५ लाख मात्र सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो,’ उनले भनिन्, ‘यसले मेरो पहिलाको प्रक्रिया रोकियो र झन्डै २ महिनापछि मात्र शल्यक्रियाको मितिका लागि फेरि प्रयास गर्नुपर्‍यो ।’

साम्बाका अनुसार क्लब न्युजिल्याण्डकै अस्पतालमा उपचार गराउन तयार छ । तर चोट गम्भीर भएको र अघिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको भएकाले त्यही अस्पतालमा पुनः उपचार गराउन चाहेको उनले बताएकी छन् । बिमाबाट प्राप्त रकम शल्यक्रिया र ७–८ महिनाको ‘रिह्याब’मा अपुग हुने भएकाले समर्थकको सहयोग अनिवार्य भएको उनले बताइन् ।

साम्बाले आफू बाहिर रहेकाले सरकारी प्रक्रियामा ढिलाइ भएको र आफैंले शल्यक्रिया नगरी बस्न नसक्ने बताइन् । उनले भनिन्, ‘म राष्ट्रिय टोलीको कप्तान हुँ र देशका लागि खेल्दै आएकी छु । मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस्, अरु खेलाडीको अवस्था के होला ?’ उनले निरन्तर आवाज उठाउँदै आएको तर नियतिले कठिन अवस्थामा ल्याएको पनि बताएकी छन् ।

‘मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरू नै हुनुहुन्छ । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु,’ उनले भनेकी छन्, ‘मैले देशका लागि सधैं शत प्रतिशत दिएको छु र आउने दिनमा पनि देशका लागि खेल्न तत्पर छु ।’

उनले इजरायल होस् वा फ्रान्स, आफू सधैं नेपालकै नाम राखेर खेलेको महसुस गरेको बताइन् । न्युजिल्याण्ड र अस्ट्रेलियामा व्यक्तिगत स्तरको भन्दा राष्ट्रको पहिचानलाई प्राथमिकता दिएको उनले बताइन् ।

साम्बाले साहसका साथ उठ्न समर्थकको साथ सहयोग चाहिने बताएकी छन् । ‘मेरो उपचारका लागि आवश्यक रकम जुटाउन तपाईंहरूको सहयोग आवश्यक छ । आशा छ, मेरो उपचारका लागि आवश्यक सहयोग चाँडै जुट्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...