मुख्य समाचार
सावित्रा भण्डारी ‘साम्बा’ ले न्युजिल्याण्डबाट आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल
सावित्रा भण्डारी ‘साम्बा’ ले न्युजिल्याण्डबाट आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल

— नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले न्युजिल्याण्डबाट आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् । साम्बा सिजन २०२५–२६ का लागि गत साउनमा न्युजिल्याण्डको वेलिङ्टन फोनिक्ससँग आबद्ध भएकी थिइन् ।

गत पुस ५ गते अस्ट्रेलियाको महिला फुटबल लिगमा ब्रिस्बेन रोअरविरुद्धको खेलको दोस्रो हाफमा उनी घाइते भइन् । हावामा उडिरहेको बललाई हेड हान्ने क्रममा साम्बा र रोअरकी गोलकिपर ठोक्किँदा उनको दाहिने घुँडामा गम्भीर चोट लाग्न पुगेको थियो ।

चोटको अवस्था गम्भीर भएकाले जटिल शल्यक्रिया आवश्यक परेको र हालसम्म शल्यक्रिया हुन नसकेको उनले बताएकी छन् । प्रारम्भिक अनुमान अनुसार उपचारमा करिब ८० हजार अमेरिकी डलर (नेपाली १ करोड १५ लाख रुपैयाँ बढी) खर्च लाग्ने सम्भावना रहेको उनले बताएकी छन् ।

साम्बाले फेसबुकमार्फत समर्थकहरूलाई सम्बोधन गर्दै भनेकी छन्, ‘म चोटपछिको उपचारका लागि भौंतारिरहेकी छु । अहिले ७ हप्तादेखि मैदानबाहिर छु । घुँडाको एसीएलमा पहिलेको शल्यक्रियामा राखिएको ग्राफ्ट र एमसीएल दुवैमा चोट लागेको छ । यसपटक पुनः जटिल शल्यक्रियाको आवश्यकता परेकाले आर्थिक सहयोगको अपिल गर्नु परेको हो ।’

साम्बाले एन्फा नेतृत्वप्रति पनि गम्भीर गुनासो गरेकी छन् । उनले भनेकी छन्, ‘पहिले एन्फाको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यसबेला आर्थिक र मानसिक समस्या थिएन, जसका कारण समयमै मैदानमा फर्कन सकेँ । तर यसपटक एन्फाबाट वाचा गरेको सहयोग पाइएन । चोट लागेको ३ सातापछि मात्र क्लबको पहलमा शल्यक्रियाको मिति तोकियो, तर एन्फाले आफ्ना तर्फबाट प्रक्रिया अघि बढाएन ।
उनले यो आफ्नो करियरको सबैभन्दा कठिन लडाइँ भएको पनि बताएकी छन् । ‘अघिल्लो साता एन्फा अध्यक्ष आफैंले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले नगद ५ लाख मात्र सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो,’ उनले भनिन्, ‘यसले मेरो पहिलाको प्रक्रिया रोकियो र झन्डै २ महिनापछि मात्र शल्यक्रियाको मितिका लागि फेरि प्रयास गर्नुपर्‍यो ।’

साम्बाका अनुसार क्लब न्युजिल्याण्डकै अस्पतालमा उपचार गराउन तयार छ । तर चोट गम्भीर भएको र अघिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको भएकाले त्यही अस्पतालमा पुनः उपचार गराउन चाहेको उनले बताएकी छन् । बिमाबाट प्राप्त रकम शल्यक्रिया र ७–८ महिनाको ‘रिह्याब’मा अपुग हुने भएकाले समर्थकको सहयोग अनिवार्य भएको उनले बताइन् ।

साम्बाले आफू बाहिर रहेकाले सरकारी प्रक्रियामा ढिलाइ भएको र आफैंले शल्यक्रिया नगरी बस्न नसक्ने बताइन् । उनले भनिन्, ‘म राष्ट्रिय टोलीको कप्तान हुँ र देशका लागि खेल्दै आएकी छु । मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस्, अरु खेलाडीको अवस्था के होला ?’ उनले निरन्तर आवाज उठाउँदै आएको तर नियतिले कठिन अवस्थामा ल्याएको पनि बताएकी छन् ।

‘मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरू नै हुनुहुन्छ । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु,’ उनले भनेकी छन्, ‘मैले देशका लागि सधैं शत प्रतिशत दिएको छु र आउने दिनमा पनि देशका लागि खेल्न तत्पर छु ।’

उनले इजरायल होस् वा फ्रान्स, आफू सधैं नेपालकै नाम राखेर खेलेको महसुस गरेको बताइन् । न्युजिल्याण्ड र अस्ट्रेलियामा व्यक्तिगत स्तरको भन्दा राष्ट्रको पहिचानलाई प्राथमिकता दिएको उनले बताइन् ।

साम्बाले साहसका साथ उठ्न समर्थकको साथ सहयोग चाहिने बताएकी छन् । ‘मेरो उपचारका लागि आवश्यक रकम जुटाउन तपाईंहरूको सहयोग आवश्यक छ । आशा छ, मेरो उपचारका लागि आवश्यक सहयोग चाँडै जुट्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम