मुख्य समाचार
बसको दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन
बसको दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन

: धादिङको बेनीघाट रोराङ गाउँपालिका-५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बसको दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ।



मंगलबार गृह मन्त्रालयले दुर्घटना छानबिनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर सङ्घलगायत मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो।


कार्यदललाई बस दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ। उनका अनुसार उक्त दुर्घटनामा बसमा सवार ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु तथा २५ जना घाइते भएका छन्।



घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत स्थानीय बासिन्दाको समन्वयमा घटनास्थलमा उद्धारकार्य तदारुकताका साथ अगाडि बढाइएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दुर्घटनामा ज्यान गुमाउनेको शव नदीबाट निकालिएको एवं मृतकको सनाखत प्रक्रिया जारी रहेको, घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइसकिएको र प्रभावकारी उपचारका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको प्रवक्ता काफ्लेले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले आसन्न निर्वाचन निष्पक्ष रूपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। पार्टी कार्यालय सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले निष्पक्ष निर्वाचनको वातावरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताए। कांग्रेसले निर्वाचनमा निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै चालिसे त्यस्तो वातावरणको सुनिश्चित ...
: वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल चेकजाँचको क्रममा व्यापक अनियमितता भइरहेको भन्दै श्रम मन्त्रालयले अनुगमन सुरु गरेको छ। मेडिकल गर्ने बहानामा म्यानपावर व्यवसायी, एजेन्ट, मेडिकल व्यवसायीले श्रमिकलाई अनावश्यक दु : ख दिने र ठगी गर्ने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि उपत्यकामा २ सय १२ वटा स्वास्थ्य संस्थालाई सरकारी अनुमति छ। सीप ...
:राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुलीले राजीनामा दिएका छन्। आज बिहान नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई भेटेपछि उनले पार्टीबाट राजीनामा दिएका हुन्। उनीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर-२ का चुनावी संयोजक निराजन बर्तौलासहित अन्य नेताहरु पनि काङ्ग्रेसमा फर्किन तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आज हेटौँडामा शक्ति प्रदर्शन गर्न लागिरहेकै बेला जिल्ला संयोजक नै कांग्रेस प्रवेश ...
— गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहियाबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट्रसंघले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरुको क्षमता वृद्धि लगायतका क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा अगामी ...
: सिन्धुलीको मरिण गाउँपालिका–४ साहान निर्माणाधीन हिमालयन फुड कम्पनीमा चिनियाँ र स्थानीय कामदारबीच झडप भएको छ । झडपमा पाँच जना चिनियाँसहित सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार मरिण गाउँपालिका–६ धमिले बस्ने बर्ष ३० को नबराज बम्जनलाई कामबाट निकालेको बिषयलाई लिएर वादविवाद हुँदा दुबै पक्षबीच झडपको अवस्था ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम