मुख्य समाचार
निर्माण व्यवसायी महासंघले निर्वाचनपछि गठन हुने संसद् तथा मन्त्रिपरिषद्को पहिलो बैठकमै पूर्वाधार क्षेत्रको विकासका लागि आवश्यक छाता ऐन तर्जुमाको प्रस्ताव गर्न अनुरोध
निर्माण व्यवसायी महासंघले निर्वाचनपछि गठन हुने संसद् तथा मन्त्रिपरिषद्को पहिलो बैठकमै पूर्वाधार क्षेत्रको विकासका लागि आवश्यक छाता ऐन तर्जुमाको प्रस्ताव गर्न अनुरोध

: नेपाल निर्माण व्यवसायी महासंघले निर्वाचनपछि गठन हुने संसद् तथा मन्त्रिपरिषद्को पहिलो बैठकमै पूर्वाधार क्षेत्रको विकासका लागि आवश्यक छाता ऐन तर्जुमाको प्रस्ताव गर्न अनुरोध गरेको छ।



सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले मुलुकको वर्तमान ऐन–कानुनका कारण निर्माण कार्यमा ढिलाइ हुने गरेको भन्दै निर्वाचनपछि गठन हुने संसद् तथा मन्त्रिपरिषद्को पहिलो बैठकमै पूर्वाधार क्षेत्रको द्रुत विकासका लागि आवश्यक कानुनी सुधार र निर्माण उद्योगमैत्री नीतिगत व्यवस्थाको प्रस्ताव गर्न अनुरोध गरेको हो।


बालेन शाहको रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्ने अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै महासंघले वास्तविक सत्यतथ्य नबुझी अमर्यादित अभिव्यक्ति दिनु अराजक शैली भएको निचोड निकालिएको महासंघका अध्यक्ष रवि सिंहले बताए। उक्त भाषणबाजीलाई गम्भीर रूपमा लिई सोही अनुसार निर्देशन गर्न महासंघले निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएको छ।



२०७३/७४ पछि मुलुकमा करिब १९ खर्बका एक लाखको हाराहारीमा आयोजनाहरू बनाउने निर्णय भएपनि सरकारको अव्यवहारिक नीति नियम र अन्य विविध समस्याका कारण हाल ३० हजार भन्दा बढि आयोजनाहरू अलपत्र अवस्थामा रहेको अध्यक्ष सिंहले बताए।

उनले वास्तविक रूपमा मुलुकको विकास गर्ने हो भने उत्तेजक भाषण नभइ जनतालाई ठोस रूपमा विकासको योजना बुझाउन सक्नुपर्ने उल्लेख गरे। सुनकोशी मरिन डाइभर्सन लगायत ६२ वटा आयोजनाको ठेक्का तोड्ने काम भएकोमा, अब बन्ने सरकारले त्यसलाई उचित सम्बोधन गर्नुपर्ने उनले बताए।

महासंघले महासंघले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ अन्तर्गतको कारबाही प्रावधान संशोधन, लो बिडिङ (अत्यधिक घटी कबुल) प्रथा नियन्त्रण, मासिक भुक्तानी सुनिश्चितता, निर्माण उद्योगसम्बन्धी एकीकृत छाता ऐन तर्जुमा, उपभोक्ता समितिमार्फत हुने निर्माण कार्यको सीमा घटाउनुपर्ने लगायतका माग अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले आसन्न निर्वाचन निष्पक्ष रूपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। पार्टी कार्यालय सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले निष्पक्ष निर्वाचनको वातावरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताए। कांग्रेसले निर्वाचनमा निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै चालिसे त्यस्तो वातावरणको सुनिश्चित ...
: वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल चेकजाँचको क्रममा व्यापक अनियमितता भइरहेको भन्दै श्रम मन्त्रालयले अनुगमन सुरु गरेको छ। मेडिकल गर्ने बहानामा म्यानपावर व्यवसायी, एजेन्ट, मेडिकल व्यवसायीले श्रमिकलाई अनावश्यक दु : ख दिने र ठगी गर्ने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि उपत्यकामा २ सय १२ वटा स्वास्थ्य संस्थालाई सरकारी अनुमति छ। सीप ...
:राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुलीले राजीनामा दिएका छन्। आज बिहान नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई भेटेपछि उनले पार्टीबाट राजीनामा दिएका हुन्। उनीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर-२ का चुनावी संयोजक निराजन बर्तौलासहित अन्य नेताहरु पनि काङ्ग्रेसमा फर्किन तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आज हेटौँडामा शक्ति प्रदर्शन गर्न लागिरहेकै बेला जिल्ला संयोजक नै कांग्रेस प्रवेश ...
— गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहियाबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट्रसंघले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरुको क्षमता वृद्धि लगायतका क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा अगामी ...
: सिन्धुलीको मरिण गाउँपालिका–४ साहान निर्माणाधीन हिमालयन फुड कम्पनीमा चिनियाँ र स्थानीय कामदारबीच झडप भएको छ । झडपमा पाँच जना चिनियाँसहित सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार मरिण गाउँपालिका–६ धमिले बस्ने बर्ष ३० को नबराज बम्जनलाई कामबाट निकालेको बिषयलाई लिएर वादविवाद हुँदा दुबै पक्षबीच झडपको अवस्था ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम