: धादिङको भैंसीगौडामा गएराति भएको यात्रुबाहक बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये तीन जना विदेशी नागरिक छन्। मृतक विदेशी नागरिकको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रकाश दाहालका अनुसार बेलायतका २४ वर्षीय स्टीवर्ट डोमिनिक इथान, ३४ वर्षीय चिनियाँ नागरिक जियाङ चोनुम र ३० वर्षीय भारतीय नागरिक मनिष शुक्ला रहेका छन्।
पोखराबाट काठमाडौंतर्फ आउने बेला रातको करिब १ बजे पृथ्वीराजमार्गमा अनियन्त्रित भएर करिब ३०० मिटर तल त्रिशूली किनारमा खसेको थियो। सरकारले घटनाको छानबिन गर्न कार्यदलसमेत गठन गरेको छ।