मुख्य समाचार
कानुन विपरीत अमेरिका बस्दै आएका १२० जनाभन्दा बढी नेपालीलाई निष्कासन
कानुन विपरीत अमेरिका बस्दै आएका १२० जनाभन्दा बढी नेपालीलाई निष्कासन

: अमेरिकाले १२० भन्दा बढी नेपालीलाई निष्कासन गरेको छ। अमेरिकास्थित नेपाली राजदूतावास स्रोत अनुसार अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका १२० जनाभन्दा बढी नेपालीलाई निष्कासन गरी विशेष चार्टर विमानमार्फत अमेरिकाले नेपाल फर्काएको हो।



दूतावास स्रोतले अन्नपूर्णलाई दिएको जानकारी अनुसार डिपोर्ट गरिएका नेपालीहरू चार्टर विमानमार्फत आज अपरान्ह श्रीलंका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्दैछन्। दूतावासले केही दिन अगाडि अमेरिकाबाट निष्काशित हुन लागेका नेपालीको बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ। परराष्ट्र मन्त्रालय स्रोतले पनि अमेरिकाले निष्काशन गरेका नेपालीलाई विमानमार्फत ल्याउँदै गरेको पुष्टि गरेको छ।


स्रोतका अनुसार उनीहरूमध्ये केही पासपोर्ट फ्याँकेर लुकिछिपी बस्दै आए, केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका र त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्काशित भएका हुन्। अमेरिकाले सानो संख्यामा डिपोर्ट गर्दा विभिन्न एयरलाइन्स र चार्टर्ड विमानमार्फत नेपाल फर्काउने गरेको छ भने धेरै हुँदा चार्टर विमानमार्फत पठाउने गरेको छ। निष्कासित नेपालीलाई काठमाडौंस्थित अमेरिकी दूतावासले अध्यागमन विभागलाई जानकारी दिने र विमानस्थलमा आइपुगेपछि नेपाल प्रहरीको जिम्मामा लगाउने गरिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा परेका छन्। नेपालीहरू विभिन्न मुलुक हुँदै पानामा सीमाबाट अमेरिकामा गैरकानुनी प्रवेश गर्ने गरेका छन्। नेपालीहरूले आफ्नो ज्यानको जोखिम मोलेर लाखौं रुपैयाँ तिरेर अमेरिका पुग्ने गरेपश्चात सरकार र नेपालस्थित अमेरिकी दूतावासले पनि दलालको प्रलोभनमा परेर गैरकानुनी रूपमा अमेरिका प्रवेश नगर्न अपिल गर्दै आएको छ। पछिल्लो समय नेपालबाट अमेरिका जाने नेपालीलाई समेत भिसामा कडाई गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...
। विश्व मानचित्रमा नेपालको चिनारी अब सगरमाथा, गौतम बुद्ध वा लुम्बिनीबाट मात्र होइन्, आईटी हबका रुपमा समेत स्थापित भइसकेको छ भन्ने सन्देश दिन लन्डनमा ‘नेपाल टेक रोड शो यूके’ भएको छ । आउटसोर्सिङ र साझेदारी अवसरहरू अन्वेषण गर्ने लक्ष्यसहित आयोजित ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करणमा नेपालबाट आएका झण्डै दुई दर्जन आइटी उद्यमीहरुले ब्रिटिश लगानीकर्तालाई ...
। नेपालमा भोटेकोशी बाढीपीडितको सहयोगार्थ ३०० बढी नेपाली धावक लन्डनको प्रमुख हाफ म्याराथन ‘द बिग हाफ म्याराथन २०२६’ मा सहभागी भएका छन् । यस वर्ष दौड्ने नेपाल रन यूके आवद्ध हरेक नेपालीले म्याराथनलाई नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडित तथा उनीहरूका परिवारप्रति समर्पित गरे । हाफ म्याराथनलाई नेपाली धावकहरुले आफ्नो मातृभूमिप्रतिको ऐक्यबद्धता, सहानुभूति र सहयोगको एक सशक्त ...
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम