मुख्य समाचार
चुनाव स्थगित गराउन अझै विभिन्न प्रयासहरु भइरहेको टिप्पणी
चुनाव स्थगित गराउन अझै विभिन्न प्रयासहरु भइरहेको टिप्पणी

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव स्थगित गराउन अझै विभिन्न प्रयासहरु भइरहेको टिप्पणी गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा रहेका पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राज्यको खर्बौ रकम खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन् । अध्यक्ष ओलीले एमाले आसन्न निर्वाचन जित्ने गरी लागिसकेको पनि बताएका छन् ।

‘हामी अब चुनाव होस् भन्ने पक्षमै छौं । चुनाव स्थगित हुन पनि सक्छ अहिले पनि । हुन्छ भनेर पनि धेरै प्रयास भइराखेका छन् । हुन्छ भने होस् जेसुकै होस्, तर हामी नअलमलिकन चुनावको तयारीमा लाग्छौं । चुनावको विजयको तयारीमा लाग्छौं । हामीले जित्नै पर्छ । जित्ने तयारीमा लाग्छौं । अब हामीले कुनै अलमल गर्नु हुँदैन,’ ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले विगत ६ महिनासम्म आफूहरूले कोशिस गर्दा कसैले चासो नदिएको तर अहिले अन्तिम समयमा आएर चुनाव हुँदैन भन्नु गलत भएको बताएका छन् । ‘६ महिना हामीले कोशिस गर्‍यौं । हामीले कोशिस गरिञ्जेल कसैको घैंटोमा घाम लागेन । अब जब समय सिद्धियो त्यतिबेला अब चुनाव हुँदैन भनेर हुनु हुँदैन भनेर । देशको खर्च नहुनु पर्थ्याे अर्बौं खर्च त भइ नै सक्यो । उम्मेदवारको खर्च नहुनु पथ्र्यो भइ नै सक्यो,’ ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै कुनै आधार नभएको ‘जोडजामवाला पार्टी’ सानो भाँडोमा चर्को आगो बालेर उमालेको दूध जस्तै उम्लिएको टिप्पणी गरेका छन् । ‘अर्को कुरा, शायद साह्रै उम्लिएको । सानो भाँडोमा दूध उमालेर राखेर तलबाट बेसरी चर्को आगो बाल्दिए जस्तै गरेर उम्लिएको कुनै आधार नभएको एउटा जोडजाम वाला पार्टी छ । साह्रै उम्लिएको थियो,’ ओलीले भने, ‘जित्दैनौं भन्ने परेछ क्यारे अब अर्काका झण्डा जलाउने, निहुँ खोज्ने, वातावरण बिथोल्न खोज्ने, अपमान गर्ने, बेइज्जत गर्ने त्यस प्रकारका कामबाट उसले क्रियाकलापहरू शुरु गर्‍या छ ।’

अध्यक्ष ओलीले निर्वाचनमा पराजय भोग्ने देखेपछि केही तत्व समाज भाँड्न लागि परेको टिप्पणी गरे । रास्वपातर्फ लक्षित गर्दै उनले रौतहटको पछिल्लो घटना पनि यसैको उपज रहेको बताए । उनले भने,‘चुनाव भाँड्ने, समुदायमा विद्वेष फैल्याउने, अराजकता निम्त्याउनेहरु सक्रिय हुँदै गएका छन् यस्ता कुराहरु नेपाली समाजका लागि पाच्य हुँदैन ।’ अध्यक्ष ओलीले उपयुक्त समय आएपछि संविधान संशोधन गरिने समेत बताएका छन् । उनले अहिले संविधान संशोधनका कुरा निकालेर कोही सुन्नेवाला पनि नरहेको बताएका छन् ।

नेपाली कांग्रेससँगको सहकार्यमा सरकार भएका बेला नै ७ बुँदै सहमतिमा यो विषय उल्लेख गरिएको ओलीले स्मरण गराए । त्यस बेला परिस्थिति नै खराव ढंगबाट विकास गरिएका कारण यो विषय थाति रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘उपयुक्त समय आएपछि संशोधन हुन्छ जनतालाई आवश्यक भएका, देशलाई अघि बढाउने विषय र जरुरी विषयहरुलाई समावेश गरि संविधान संशोधन गरिन्छ।’

एमाले सधै जनताको बीचमा रहेको, जनताकै बीचमा हुर्किएको पार्टी भएकाले जनताका बीचमा जान कुनै समस्या नरहेको अध्यक्ष ओलीले बताएका छन् । तर जनताबाट अस्वीकृत हुने देखिएपछि त्यस्ता तत्व समाजमा साम्प्रदायिकता फैल्याउने, अराजकता निम्त्याउने, चुनावको वातावरण धमिल्याउने जस्ता विषयतर्फ लागेको ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले आसन्न निर्वाचन निष्पक्ष रूपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। पार्टी कार्यालय सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले निष्पक्ष निर्वाचनको वातावरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताए। कांग्रेसले निर्वाचनमा निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै चालिसे त्यस्तो वातावरणको सुनिश्चित ...
: वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल चेकजाँचको क्रममा व्यापक अनियमितता भइरहेको भन्दै श्रम मन्त्रालयले अनुगमन सुरु गरेको छ। मेडिकल गर्ने बहानामा म्यानपावर व्यवसायी, एजेन्ट, मेडिकल व्यवसायीले श्रमिकलाई अनावश्यक दु : ख दिने र ठगी गर्ने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि उपत्यकामा २ सय १२ वटा स्वास्थ्य संस्थालाई सरकारी अनुमति छ। सीप ...
:राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुलीले राजीनामा दिएका छन्। आज बिहान नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई भेटेपछि उनले पार्टीबाट राजीनामा दिएका हुन्। उनीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर-२ का चुनावी संयोजक निराजन बर्तौलासहित अन्य नेताहरु पनि काङ्ग्रेसमा फर्किन तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आज हेटौँडामा शक्ति प्रदर्शन गर्न लागिरहेकै बेला जिल्ला संयोजक नै कांग्रेस प्रवेश ...
— गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहियाबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट्रसंघले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरुको क्षमता वृद्धि लगायतका क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा अगामी ...
: सिन्धुलीको मरिण गाउँपालिका–४ साहान निर्माणाधीन हिमालयन फुड कम्पनीमा चिनियाँ र स्थानीय कामदारबीच झडप भएको छ । झडपमा पाँच जना चिनियाँसहित सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार मरिण गाउँपालिका–६ धमिले बस्ने बर्ष ३० को नबराज बम्जनलाई कामबाट निकालेको बिषयलाई लिएर वादविवाद हुँदा दुबै पक्षबीच झडपको अवस्था ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम