मुख्य समाचार
इरानमा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले सरकारको विरुद्धमा व्यापक प्रदर्शनी गरे
इरानमा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले सरकारको विरुद्धमा व्यापक प्रदर्शनी गरे

: इरानमा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले सरकारको विरुद्धमा व्यापक प्रदर्शनी गरेका छन्। यो पछिल्ला महिनामा भएको घातक दमन पछिको पहिलो ठूलो स्तरको प्रदर्शन हो।

बिबिसीका अनुसार तेराहनको शरीफ विश्वविद्यालयको परिसरमा शनिबार सयौं विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए। शान्तीपूर्ण रुपमा प्रदर्शनी सुरु भएपनि पछि विद्यार्थी र सरकार समर्थकहरूबीच झडप पनि भएको थियो । धेरै विद्यार्थीहरू इरानी राष्ट्रिय झन्डा बोकेर सडकमा उत्रिएका थिए। उनीहरुले तानाशाहको मृत्यु होस् लगायतका नारा लगाएका थिए।

यसका साथै कतियप विद्यार्थीहरु तेहरानकै शहिद बेहेष्टी विश्वविद्यालयमा शान्तिपूर्ण धर्नामा बसेका थिए। भने अमिर कबीर युनिभर्सिटी अफ टेक्नोलोजीमा सरकारविरुद्ध नाराबाजी गरिएको थियो। पूर्वोत्तर क्षेत्रमा र्‍यालीहरू निकालिएका विवरणमा जनाइएको छ। योे विरोध प्रदर्शन जनवरीको ठूलो प्रदर्शनमा मारिएका हजारौं प्रदर्शनकारीको सम्झनामा गरिएको बताइएको छ।


उता अमेरिका र इरानबीच दिन प्रतिदिन तनाव बढ्दै गइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य कारबाही गर्ने तयारी थालेका छन् । अमेरिका र यसको यूरोपेली सहयोगीहरूले इरान परमाणु हतियार विकासतर्फ अघि बढिरहेको शंका व्यक्त गरेको छ। तर इरानले त्यो कुरा अस्वीकार गर्दै आएको छ।

गत मंगलबार स्विट्ज़रल्यान्डमा अमेरिकी र इरानी अधिकारीहरूको वार्ता भएको थियो। उक्त वार्तामा केही सहमती जुटेपनि तनाव भने पूर्णरुपमा कम हुन सकेको छैन्। वार्तामा प्रगति भएका विवरणहरूपश्चात्‌ पनि ट्रम्पले इरानसँग सहमति हुन्छ अथवा अमेरिकाले सैनिक कारबाही गर्छ भन्ने कुरा "सम्भवतः आगामी १० दिनमा" थाहा हुने बताए। यसै बीच इरानका विश्वविद्यालयहरूमा देखिएको नयाँ विरोधले तनाव चर्किन सक्ने संकेत गरेकाे छ।

प्रदर्शन कसरी सुरु भयो ?

इरानमा सरकार विरुद्धको आन्दोलन आर्थिक गुनासोबाट जनवरी महिनामा सुरु भएको हो। जुन १९७९ को इस्लामिक क्रान्तिपछि सबैभन्दा ठूलो आन्दोलनका रुपमा हेरिएको छ। ती प्रदर्शनहरूका क्रममा ६,१५९ जना व्यक्ति मारिएका अमेरिकामा अवस्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सीले पुष्टि गरेको थियो।

त्यसमा ५,८०४ जना प्रदर्शनकारी, ९२ जना बालबालिका र सरकार सम्बद्ध २१४ जना थिए। इरानी अधिकारीहरूले गत महिना ३, १०० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएकाे बताएका थिए। तीमध्ये "दङ्गाकारीहरू" बाट मारिएका अधिकांश सुरक्षाकर्मी अथवा बटुवाहरू रहेका अधिकारीहरूको दाबी छ।

शनिबार भएको आन्दोलन भने अमेरिकासँग सम्भावित युद्धको तयारीको बीचमा भएको हो।जसले गर्दा यी दुई देेशबीचकाे आगामी कदम के हुन्छ भन्ने देखाउने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम