: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको उत्पात सरकार परिवर्तनका लागि पहिलो स्टेप भएपनि उद्देश्य बेग्लै रहेको बताएका छन्। झापामा आयोजित एक कार्यक्रममा उनले सरकार ढाल्ने पहिलो टर्निङ प्वाइन्ट भएपनि भदौ २३ र २४ गतेको उद्देश्य बेग्लै रहेको दाबी गरेका हुन्।
उनले दैलेखको ग्यास खानीले अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने बताए। उनले १ अर्ब ८० करोड घनमिटर ग्यास खानी रहेकाले यसलाई निर्यात गरेर आम्दानी गर्न सकिने उल्लेख गरे। उनले फलाम खानी पनि सञ्चालन गरेर आइरन स्टिल र अटो मोबाइलमा फ्याक्ट्री खोल्न सकिने उल्लेख गरे।
नेपाल चिसो ठाउँ भएकाले आइटीका लागि उच्च पहाडी भूभाग उपयुक्त हुने उनले बताए। ग्रिन हाइड्रोजनको प्रयोग काठमाडौं विश्वविद्यालयले गरिसकेको बताउँदै उनले इन्धनको रुपमा नयाँ आइडियाका साथ अर्थतन्त्रलाई विकास गर्ने बताए।
०७२ सालमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा पेट्रोलियम पदार्थ र ग्याँसको अध्ययन गर्न अनुमति दिएपछि चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेका थिए।