मुख्य समाचार
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले युक्रेनमा आपतकालीन बिजुली आपुर्ति रोक्ने धम्की
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले युक्रेनमा आपतकालीन बिजुली आपुर्ति रोक्ने धम्की

— स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले युक्रेनमा आपतकालीन बिजुली आपुर्ति रोक्ने धम्की दिएका छन् । सोभियतकालीन द्रुज्बा पाइपलाईन क्रसिङबाट सोमबारसम्म स्लोभाकियामा रुसी तेल आपुर्ति हुनुपर्ने माग उनले राखेका छन् ।

उनले युक्रेनलाई मात्रै फाइदा हुनेगरी दुईपक्षीय सम्बन्ध बढाउन नसकिने बताए । शनिबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले लेखेका छन्, ‘ यदी युक्रेनी राष्ट्रपतिले तेल आपुर्तिलाई सोमबारसम्म सुचारु गरेनन् भने त्यही दिन म सम्बन्धित स्लोभाक कम्पनीहरुलाई आपतकालीन बिजुली आपुर्ति रोक्न निर्देशन दिनेछु ।’

झन्डै एक महिनादेखि द्रुज्बा पाइपलाइन काटिएको छ । किभले रुसी ड्रोन आक्रमणबाट यो पइपलाईन क्षतिग्रस्त भएको बताएको छ । त्यस्तै, रुसले युक्रेनमाथि यस्तो आक्रमणको आरोप लगाएको छ । यो पाइपलाइनले रुसबाट युक्रेन हुँदै विभिन्न देशमा क्रुड तेल वितरण गर्छ ।

‘युक्रेनी राष्ट्रपतिले हाम्रो शान्तिवादी दृष्टिकोण बुझ्न अस्वीकार गर्छन् र हामी युद्धलाई समर्थन नगर्ने भएकाले स्लोभाकियाप्रति दुर्भावनापूर्ण व्यवहार गर्छन्,’ उनले लेखेका छन् ।

यसअघि क्षतिग्रस्त पाइपलाईन मर्मत नगरेसम्म युक्रेनलाई दिने भनिएको ९० अर्ब युरोको आपतकालीन ऋण रोक्ने धम्की हंगेरीले दिएको थियो ।

स्लोभाकिया र हंगेरी दुबै रूसी तेल प्रयोग गर्दै आएका छन् । मस्कोसँग उनीहरुको निकै राम्रो सम्बन्ध छ । रुसी आक्रमणले युक्रेनको उर्जा क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । जसकारण, युक्रेनले स्लोभाकियाबाट आपतकालीन बिजुली निर्यात गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम