— पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त राजधानी मोडेल कलेजले व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। कलेजको व्यवस्थापन संकायअन्तर्गत एमबीएका छात्र कमल भट्टराईले सर्वोत्कृष्ट ग्रेड सीजीपीए ४.० प्राप्त गरेका छन् ।
उनलाई फागुन ८ मा आयोजित पोखरा विश्वविद्यालयको २१ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीले कुलपति पदकबाट विभूषित गरिएको छ। कुलपति पदकलाई कुनै पनि विश्वविद्यालयको सर्वोच्च सम्मान मानिएको छ ।
यसैगरी कलेजले स्नातक र स्नातकोत्तर तहमा गरी दर्जनभन्दा बढी छात्र छात्राहरुलाई उपकुलपति पदक दिलाउन सफल भएको छ। दीक्षान्त समारोहमा एमबीए कार्यक्रमतर्फ हसिन बराल विक, उत्सव कोइराला, विवेक घिमिरे, अस्मिता जोशी, सालिकराम लम्साल, रोहिक्षा श्रेष्ठ र सोबित जोशीलाई उपकुलपति पदकबाट सम्मान गरिएको थियो।
त्यसैगरी स्नातक तहमा बीबीएतर्फ शिशिर पौडेल, अनिशा त्रिपाठी, दीपा जोशी, मदन लम्साल अनि बीएचएमतर्फ निशान वाईवा, सुरक्षा बुढा र दिनेश खनालसमेत उपकुलपति पदकबाट सम्मानित हुन सफल भएका छन् ।