मुख्य समाचार
अमेरिकाले इन्धनमा लगाएको प्रतिबन्धपछि क्युबाका सबै क्षेत्र प्रभावित
अमेरिकाले इन्धनमा लगाएको प्रतिबन्धपछि क्युबाका सबै क्षेत्र प्रभावित

— अमेरिकाले इन्धनमा लगाएको प्रतिबन्धपछि क्युबाका सबै क्षेत्र प्रभावित भएका छन् । झन्डै १ करोड १० लाख जनसंख्या रहेको क्युवाले गत जनवरीदेखि नै लोडसेडिङ, दाउराले भात पकाउनुपर्ने अवस्था, सार्वजनिक यातायत बन्दलगायत दैनिक जीवनका समस्या भोगिरहेको छ ।

स्याटेलाईट तस्विरहरूले रातको समयमा क्युवाको राजधानी हभानामा प्रकाशको स्तर ५० प्रतिशतसम्म घटेको देखाएका छन् ।

अहिले देशको स्वास्थ्य क्षेत्र नै तहस–नहस हुने संघारमा पुगेको त्यहाँका स्वास्थ्यमन्त्री जोसे एन्जल पोर्टल मिरान्डाले बताएका छन् । उनले अस्पतालहरू असहाय बनेको र हजारौंको जीवन जोखिममा परेको बताए । स्वास्थ्य अधिकारीहरुले इन्धन अभावमा एम्बुलेन्स सेवा कटौती गर्नुपर्ने र लोडसेडिङका कारण शल्यक्रिया रद्द गर्नुपर्ने अवस्था निम्तिएको बताएका छन् ।

पोर्टलका अनुसार, दीर्घ रोगबाट पीडित क्युबाका ५ लाख मानिसहरूले आफ्नो औषधि वा उपचारमा समस्या भोगिरहेका छन् । रेडियोथेरापी आवश्यक पर्ने १६,००० क्यान्सर बिरामीहरू र केमोथेरापी गराइरहेका १२,४०० बिरामीहरू पनि प्रभावित छन् ।

‘मुटुको हेरचाह, अर्थोपेडिक्स, ओन्कोलोजी र विद्युतीय ब्याकअप आवश्यक पर्ने गम्भीर बिरामीहरूको उपचार सबैभन्दा धेरै प्रभावित भएको छ । मिर्गौला रोगको उपचार र आपतकालीन एम्बुलेन्स सेवाहरू पनि प्रभावित छन्,’ उनले भने ।

ads/6800x1100bannergalaxy-s25-ultraasmi-0822026100513.jpg
फेब्रुअरीको सुरुवातमा यहाँ विभिन्न एयरलाईन्सले सेवा कटौती गरेका थिए । किनकी, यस टापुमा जेट विमानलाई भर्नका लागि पर्याप्त इन्धन थिएन । त्यसयता, नै यस पर्यटकिय क्षेत्रमा महत्वपूर्ण सामाग्रीको ढुवानी प्रभावित हुँदै आएको छ ।

‘अमेरिकी प्रतिबन्धहरूले टापुको अर्थतन्त्रलाई मात्र कमजोर बनाइरहेका छैनन । आधारभूत मानव सुरक्षालाई पनि जोखिममा पारिरहेका छन्,’ एशोसियट प्रेससँगको कुराकानीमा स्वास्थ्यमन्त्री मिरान्डाले भने ।

अमेरिकाले यसै वर्षको सुरुवातमा भेनेजुएलामाथि आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलास मदुरोलाई कब्जामा लिएपछि क्युवाको खराब दिन सुरु भएको हो ।

‘क्यारेबियन क्षेत्रमा अमेरिकी सैनिकको बढ्दो उपस्थितीलाई मध्यनजर गरेर क्युवाले डिसेम्बरमा ठूलो परिमाणमा तेल भण्डारण गरेर राखेको थियो,’ भोर्टेक्सा लिमिटेडका वरिष्ठ तेल विश्लेषक रोहित राठोरले ब्लुम्वर्गसँग भने, ‘तर जनवरी महिना, विगत एक दशकयताकै यस्तो कठिन समय रह्यो, जहाँ क्युवाले कुनै पनि तेल प्राप्त गरेन ।’

भेनेजुएलाको सबैभन्दा नजिकको सहयोगी रहेको क्युवाले त्यहाँ आफ्ना झन्डै २५ हजार सैनिक पठाएको थियो । अमेरिकी आक्रमणमा ३२ जना क्युवाका सैनिक पनि मारिएका थिए । मदुरोको हारपछि अहिले भेनेजुएलाको अन्तरिम सरकारलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दबाब दिइरहेका छन् । उनले भेनेजुएलाबाट क्युवाले पाउने तेल सहयोग रोक्न निर्देशन दिएका छन् ।

ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
क्यारेबियन क्षेत्र वरपर अमेरिकाको जलसेनाको बलियो उपस्थिती छ । न्युयोर्क टाइम्सले तेल ढुवानीको तथ्याङ्क र स्याटेलाईट तस्विरहरुको विश्लेषण गरेर तयार पारेको समाचारमा महिनौंदेखि क्युबाका अधिकांश ट्याकंरहरु किनारमै थन्किएको उल्लेख छ । क्युवामा तेल ढुवानी गर्न खोज्ने केही जहाजहरुलाई अमेरिकाले कडा निगरानी गर्दै अवरोध सिर्जना गरेको र केही जहाजहरु जफत गरेको समाचारमा उल्लेख छ ।

झन्डै १ करोड १० लाख जनसंख्या भएको क्युवाले आफ्नो कुल खपतको ४० प्रतिशत तेलमात्रै उत्पादन गर्छ । एसपी ग्लोबलका अनुसार सन् २०२५ मा क्युवाले औसतमा प्रति महिना १२ लाख ब्यारेल तेल आपुर्ति गरेको थियो । जसमध्ये भेनेजुएलाबाट ६१ प्रतिशत, मेक्सिकोबाट २५ प्रतिशत, रुसबाट १० प्रतिशत र अल्जेरियाबाट ४ प्रतिशत क्रुड तेल आयात भयो ।

भेनेजुएलामाथिको आक्रमणसँगै ट्रम्पले मेक्सिकोलाई पनि तेल निर्यात गर्दा भन्सार शुल्क बढाउने धम्की दिए । जसकारण, मेक्सिकोले पनि तेल बिक्री कटौती गर्‍यो । त्यसपछि क्युवाको अर्थतन्त्र लगातार डामाडोल हुँदै गएको छ ।

क्युवाका सहायक प्रधानमन्त्री अ‍ोस्कर पेरेज ओलिभा फ्रागाले ७ फेब्रअरीमा सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै संकटसँग जुध्नका लागि केही आपतकालीन नियमहरु लागु गरिएको बताएका थिए । त्यसयता सरकारी निकायमा यहाँ सातामा चार दिनमात्रै काम हुन्छ ।

ads/multiple-company-box-d-1022026053655.jpg
मुख्य पर्यटकिय क्षेत्र बन्द गरिएका छन् । स्कुलको समय घटाइएको छ । धेरै विश्वविद्यालयले अनलाईन कक्षालाई प्रवद्र्धन गरिरहेका छन् । ‘सिमित इन्धनलाई आपतकालीन सेवा र महतवपूर्ण आथिक गतिविधिमा खर्च गरिनेछ,’ पेरेज ओलिभाले भनेका थिए, ‘यो एक अवसर र चुनौती हो । हामीलाई आशा छ हामीले यसलाई जित्नेछौं । ध्वस्त हुनेछैनौंं ।’

जनस्वास्थ्य, खाद्य उत्पादन र सुरक्षामा उपलब्ध इन्धनलाई प्रयोग गरिने क्युवाले जनाएको थियो । त्यस्तै, सोलार बत्तीको प्रयोग धेरैभन्दा धेरै गर्न अनुरोध गरेको थियो । खेलकुद,सांस्कृतिक कार्यक्रमजस्ता मनोरञ्जनात्मक गतिविधि बन्द गरिएको थियो ।

सहयोगमा अघि सर्‍यो रुस

संकटमा सहयोग खोज्दै क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिग्वेज गत साता मस्को गएका थिए । जहाँ, रुसले क्युवालाई आफ्नो समर्थन कायम रहिरहने प्रतिबद्धता व्यक्त गर्‍योे । अमेरिकाको नयाँ प्रतिबन्ध निन्दनीय रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका थिए ।

अमेरिकी प्रतिबन्धलाई चुनौती दिनेगरी अहिले क्युवातर्फ एउटा रुसी जहाज गइरहेको अमेरिकी सञ्चारमाध्यम ब्लुम्वर्गले जनाएको छ । समुद्री गुप्तचर कम्पनी केप्लर लिमिटेडको तथ्याङ्क अनुसार मार्चको सुरुमा यो जहाज क्युवा आइपुग्ने अपेक्षा गरिएको छ ।

ads/laxmi-sunrise-6811-0822026113414.jpg
सी हर्स नामक यस जहाजले क्युबामा अत्यावश्यक इन्धन बोकेर जाँदैछ । केप्लरका प्रमुख तेल विश्लेषक म्याट स्मिथले साइप्रसको तटबाट छुटेको सी हर्सले लगभग २००,००० ब्यारेल रूसी ग्यास तेल (डिजेल) बोकेको हुनसक्ने बताए । यातायत र विद्युत उत्पादनमा यसको प्रयोग हुन्छ ।

सी हर्सले अमेरिकी नाकाबन्दी तोड्न सक्छ वा सक्दैन भन्ने पनि स्पष्ट छैन । रुस–युक्रेन युद्धयता अमेरिका र उसका युरोपेली सहयोगीहरुले रुसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । रुसले छद्म नाममा पठाउने गरेका विभिन्न ट्यांकरहरु उनीहरुले जफत पनि गरेका छन् । त्यसकारण, सी हर्सको यात्रा आफैंमा एउटा परीक्षा हुने ब्लुम्वर्गको विश्लेषण छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट धम्की खेपिरहेको मेक्सिकोले पनि गत साता खाद्यान्न र राहत सामग्री क्युवामा पठाएको थियो । यसका लागि क्युवा सरकारले क्युवेली जनताका तर्फबाट आभार प्रकट गरेको छ ।

अमेरिका–क्युवा सम्बन्ध

१९५९ को क्युबाली क्रान्तिमा फिडेल कास्ट्रो नेतृत्वको बामपन्थी दस्ताले अमेरिका समर्थित सैन्य शासक फुल्गेन्सिया बाटिस्टालाई अपदस्थ ग¥यो । त्यतिबेलादेखि नै क्युवामा कम्युनिष्ट सरकार छ ।

अमेरिकासँगको सम्बन्धमा निरन्तर दरार छ । शितयुद्धका दौरान रुससँग नजिक हुने क्यास्ट्रोको कदमले अमेरिकालाई थप झस्काएको थियो । क्यास्ट्रोले अमेरिकी स्वामित्वमा रहेका सम्पत्ति सरकारीकरण गरे । यसक्रममा ठूलो संख्यामा तेल कम्पनी राष्ट्रियकरण भएका थिए । जवाफमा, अमेरिकाले पूर्ण नाकाबन्दी लगायो र अहिलेसम्म उक्त नाकाबन्दी खुलेको छैन । यसबेलादेखि नै क्युवा र अमेरिकाको कुटनीतिक सम्बन्ध पनि समाप्त भयो ।

ads/globalimebank4x3-0822026115544.jpg
ads/vianet-43-0822026115633.png
ads/nepatop-43-0822026114327.jpg
यसपछिका वर्षमा क्युवालाई अमेरिकाले हस्तक्षेप गर्नसक्ने भय थियो । अक्टुबर १९६२ मा क्युवामा सोभियत युनियनले मिसाइल तैनाथ गरेको जानकारी अमेरिकाले पाएपछि विश्वका दुई महाशक्ति देश एकअर्काविरुद्ध युद्धको संघारमा पुगे । झन्डै १३ दिनसम्म चलेको यस संकटले आणविक युद्ध निम्त्याउनसक्ने भय थियो । क्युबामाथि आक्रमण नगर्ने प्रतिवद्धता अमेरिकाले जनाएपछि सोभियत युनियनका नेता निकिता खुस्र्चेभ क्युवाबाट मिसाइल्स हटाउन सहमत भए ।

१९९० को दशकमा शोभियत युनियनको पतनपछि केही समय क्युवाले संकटको सामना गर्नुपरेको थियो । तर, आफ्नो पर्यटन र अमेरिकाबाहेकका छिमेकीसँगको असल सम्बन्धका कारण यस देशले आफ्नो अर्थतन्त्र जेनतेन थेग्यो । २०१४ मा वाशिंगटङ र हभानाले ५० वर्षपछि सम्बन्ध पुनस्र्थापना गरे । सन् २०१६ मा अमेरिकी राष्ट्रपति बाराक ओमाले हभानाको यात्रा गर्दै राउल कास्ट्रोसँग भेटेका थिए ।

उनले केही प्रतिबन्धहरु खुकुलो गर्ने आश्वासन दिएका थिए । तर, २०१७ मा ट्रम्प आउनासाथ फेरि क्युवासँग सम्बन्ध बिग्रियो । ट्रम्प प्रशासनले कडा आर्थिक प्रतिबन्धहरू फेरि लागू गर्‍यो ।

जो बाइडेन राष्ट्रपति बनेपछि क्युवासहित क्यारेबियन तथा अमेरिकी क्षेत्रका देशहरुसँग संवाद र सहकार्यलाई अघि बढाउने, उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अघि सारिएको थियो । जो, ओबामा कार्यकालकै नीतिको निरन्तरता थियो । तर, २०२५ मा ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल सपथग्रहण गरेको छोटो समयमै यो नीति उल्ट्याउने घोषणा गरे ।

उनले पृथ्वीको पश्चिमी गोलाद्र्धमा अमेरिकाको वर्चश्व कायम रहनुपर्ने बताउका छन् । चीन र रुससँग क्युवाले निकट सम्बन्ध बनाउन नहुने उनको धारणा छ । वर्तमान कम्युनिष्ट सरकार ढल्नु क्युवाका लागि राम्रो हुने उनले बताउँदै आएका छन् । तर, क्युवालाई आर्थिक दबाब दिएपनि सैन्य हस्तक्षेप नगर्ने बताइरहेका छन् । ‘सरकार ढल्दा राम्रो हुन्छ भन्ने मेरा धारणा हो । ढाल्नुपर्छ भन्ने होइन,’ केही समयअघि उनले भनेका थिए । त्यस्तै गत साता उनले क्युवा असफल राष्ट्र भइसकेको बताएका थिए ।

ट्रम्प सरकारमा विदेश मन्त्रालय सम्हालिरहेका मार्को रुबियो क्युवेली मुलका हुन् । उनले क्युवाका शीर्ष कम्युनिष्ट नेता राहुल क्यास्ट्रोका ४१ वर्षे नाति राहुल गुइलेर्मो रोड्रिग्वेज क्यास्ट्रोसँग गोप्य कुराकानी गरिरहेको अमेरिकी सरकारनिकट स्रोतहरुले बताएका छन् ।

कम्युनिष्ट सत्तामा ल्याउनुपर्ने सुधारको विषयलाई लिएर रुबियोले कुराकानी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । पूर्व फस्र्ट सेक्रेटरी तथा पूर्व राष्ट्रपति क्यास्ट्रो ९४ वर्षको भए । सन् २०२१ यता उनी कुनै पनि सार्वजनिक पदमा छैनन् ।

तर पनि क्युवाको एकल कम्युनिष्ट पार्टी प्रणालीमा उनी महत्वपूर्ण व्यक्ति मानिन्छन् । अमेरिकाले क्युवाका सारा आधिकारीक स्रोतहरुलाई बाइपास गरेर उनका नाति वार्ता गर्नुलाई सञ्चारमाध्यमहरुले अर्थपूर्ण रुपमा विश्लेषण गरेका छन् । यसले क्युवाको शक्ति अझै पनि राहुलमै रहेको संकेत गरेको छ । तर, गोप्य वार्ताको यो दाबीलाई क्युवा सरकारले खण्डन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम