मुख्य समाचार
चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज अगाडि पीडित परिवार तथा आफन्तले प्रदर्शन
चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज अगाडि पीडित परिवार तथा आफन्तले प्रदर्शन

— चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज अगाडि पीडित परिवार तथा आफन्तले प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले घटनाको छानबिन, दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग गरिरहेका छन् । उनीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् भने त्यसअघि अस्पताल प्रशासनमा ढुंगामुढासमेत गरेका थिए ।

जिल्लाको विष्णुपुर गाउँपालिकाका सन्तोष सदाकी श्रीमती २५ वर्षकी सुजानदेवी सदालाई शुक्रबार माइती छिन्नमस्ता गाउँपालिका–५ लोखरमबाट सुत्केरी गराउन अस्पताल ल्याइएको थियो । शनिबार शल्यक्रियापछि पोस्ट–अपरेटिभ वार्डमा सारिएकी सुजानलाई बान्ता भएर आइतबार बिहान मृत्यु भएको हो ।

बिहान करिब ३ बजे सुजानले बान्ता हुँदा वार्डमा चिकित्सक नभेटिएको तथा त्यसअघि शल्यक्रियामा पनि चिकित्सकले लापरबाही गरेको उनका ससुरा पुलकित सदाको आरोप छ । ‘चिकित्सकको लापरबाहीले बुहारीको मृत्यु भयो,’ उनले भने, ‘छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ ।’

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलीप साहले शल्यक्रियापछि आमा र बच्चा पूर्णरुपमा स्वस्थ्य नै रहेको बताए । तर, बान्ता हुँदा श्वास नलीमा पुगेर सुत्केरीको मृत्यु भएको मेसु डा.साहको भनाइ छ ।

‘सुत्केरी टिबी रोगको विरामी पनि हुनुहुन्थ्यो,’ उनले भने, ‘शल्यक्रियामा कुनै त्रुटि भएको छैन् ।’ बान्ता हुँदा वार्डमा चिकित्सक नभेटिएको विषयमा डा.साहले त्यहाँ नर्सहरु मात्रै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जाजरकोटमा बिरामीको संख्या बढिरहेको छ । तर, अस्पतालमा लामो समयदेखि पर्याप्त चिकित्सक नहुँदा उपचारमा समस्या देखिएको छ । जाजरकोट अस्पतालमा लामो समयदेखि चिकित्सक नभएपछि चिकित्सको व्यवस्था गरिदिन मुख्यमन्त्री मंगलबहादुर शाहीलाई आग्रह गरिएको छ । अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेकी कार्यदलको सदस्य धर्मशिला बस्नेतले मुख्यमन्त्री शाहीलाई तत्काल चिकित्सक पठाइदिन आग्रह गरिएको जानकारी दिइन् । ५० शैय्याको ...
। मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । उनी रजिष्ट्रार तारादत्त बडुकी श्रीमती हुन् । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना गरे आफ्नो सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले वार्तामा अवरोध सिर्जना गरे ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका हुन्। विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग (जलडमरूमध्य) पुनः सञ्चालन गर्न अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै ...
। वीर अस्पतालको निर्देशकमा डा.विकास नेपाल नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा.नेपाललाई वीरको निर्देशकमा नियुक्त दिएकी हुन् । ११औँ तहका डा.नेपाल ग्यास्ट्रो सर्जन हुन् । त्यसै गरी सहायक निर्देशकमा डा.अपार लामिछाने र अनिता विसी नियुक्त भएका छन् । यस भन्दा अगाडि सरकारले रुपमा डा.प्रभा ...
। जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन् । स्वास्थ्य कार्यालय ...