मुख्य समाचार
निर्वाचन नजिकिँदै जाँदा नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता
निर्वाचन नजिकिँदै जाँदा नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता

— प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

भारतबाट भित्रिने यात्रुको आवागमन सहजीकरण तथा सुरक्षा जाँचलाई थप कडाइ पारिएको हो ।

२१ फागुनमा देशभर एकै चरणमा निर्वाचन हुँदै छ । निर्वाचन नजिकिँदै जाँदा भारतबाट भित्रिने यात्रुको संख्या क्रमशः बढ्न थालेको सुरक्षा निकायहरूले जनाएका छन् । आवागमन हुने क्षेत्रमा सशस्त्र प्रहरीले सहायता कक्ष (हेल्प डेस्क)मार्फत आवागमन समन्वय र सुरक्षा जाँच थप बढाएको हो ।

भारतसँग पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिम कञ्चनपुरसम्म करिब १ हजार ८ सय ८० किमी लम्बाइमा सीमा फैलिएको छ । चीनतर्फ करिब १ हजार ४ सय १४ किमी लम्बाइमा सीमा जोडिन्छ । कर्णालीबाहेक छ वटै प्रदेशका दक्षिण तर्फका जिल्ला भारतसँग जोडिन्छन् ।

यसमा पनि कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका नाकाबाट बढी आवागमन हुन्छ । भारततर्फ सशस्त्र प्रहरीले २ सय ४९ र चीन तर्फ ११ स्थानमा ‘बोर्डर आउट पोस्ट’ (बीओपी)मार्फत सीमा सुरक्षामा जनशक्ति तैनाथ गराएकामा बीओपी भएका चेक प्वाइन्टमै व्यवस्थित र यात्रु आवागमन खटिएका सुरक्षाकर्मीले आवागमन गर्ने यात्रु सहजीकरण र सुरक्षा जाँच बढाएका छन् ।



सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार नियमित रूपमा भइरहेका आवागमनमा पनि सुरक्षा जाँच र यात्रु सहायता कक्षमार्फत सहजीकरण र सुरक्षा जाँच गरिँदै आएकामा निर्वाचन लक्षित गरेर यसलाई थप मजबुत रूपमा परिचालन गरिएको जानकारी दिए ।

चीनसँग भिसा र स्थानीयको हकमा जिल्ला प्रशासन कार्यालयबाट जारी भएका पासमार्फत आवागमन गर्न पाइन्छ । तर, भारतसँग खुल्ला सिमाना भएका कारण आवागमन सहज छ । भारतमा रोजगारीका क्रममा रहेका नेपाली आसन्न निर्वाचनमा मतदानका लागि फर्कने क्रम सुरु भएको र त्यसलाई सहज आवागमन बनाउन सहायता कक्षमार्फत सहजीकरण गरिएको सशस्त्रले जनाएको छ ।

निर्वाचनमा ७२ घण्टासम्म नेपाल र भारतले सीमा सिल गर्ने निर्णय गरिसकेका छन् । त्यसअघि भित्रिने यात्रुलाई सुरक्षित र सहज रूपमा गन्तव्य सम्म पुग्न आवश्यक सहजीकरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कीर्तिपुर नगरपालिकाका पूर्वप्रमुख रमेश महर्जन र वडा नम्बर ६ का पूर्ववडाअध्यक्ष नुच्छे मर्हजन नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहालसहितका नेताले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् । उनीहरू दुवै एमाले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । कार्यक्रममा संयोजक दाहालले कम्युनिष्ट एकता एमालेसहितको बृहत् ...
— नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले कम्युनिष्ट एकता एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरेका छन् । यहाँ आइतबार आयोजित कार्यक्रममा नेकपा (एमाले) पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका कीर्तिपुर नगरपालिकाका पूर्वप्रमुख रमेश महर्जन र वडा नं ६ का पूर्ववडाध्यक्ष नुच्छे मर्हजनलाई पार्टीमा स्वागत गर्दै संयोजक दाहालले राष्ट्रवादी शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा ...
— पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त राजधानी मोडेल कलेजले व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। कलेजको व्यवस्थापन संकायअन्तर्गत एमबीएका छात्र कमल भट्टराईले सर्वोत्कृष्ट ग्रेड सीजीपीए ४.० प्राप्त गरेका छन् । उनलाई फागुन ८ मा आयोजित पोखरा विश्वविद्यालयको २१ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीले कुलपति पदकबाट विभूषित गरिएको छ। कुलपति पदकलाई कुनै ...
— निर्वाचन आयोगले निर्वाचन प्रचारका क्रममा चुनाव चिन्हको भौतिक स्वरुप प्रयोग नगर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्हको भौतिक स्वरूप प्रचारका क्रममा प्रयोग नगर्न निर्देशन दिएको हो । यसरी निर्वाचन चिन्हको भौतिक स्वरुप प्रचारका क्रममा बोक्दा जनसमुदायको शान्तिमा प्रतिकुल असर परेको र यस्तो ...
— नेपाली कांग्रेसले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता देवराज चालिसेले उक्त माग गरेका हुन् । उनले निर्वाचनमा निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यस्तो वातावरणको सुनिश्चित गर्ने कर्तव्यप्रति सरकारलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम