मुख्य समाचार
इरानमा गत जनवरीमा हिंसात्मक दमनपछि केही समय मत्थर भएको आन्दोलन फेरि सुरु
इरानमा गत जनवरीमा हिंसात्मक दमनपछि केही समय मत्थर भएको आन्दोलन फेरि सुरु

— इरानमा गत जनवरीमा हिंसात्मक दमनपछि केही समय मत्थर भएको आन्दोलन फेरि सुरु भएको छ । शनिबार तेहरानको सरीफ युनिभर्सिटी अफ टेक्नोलोजीअन्तर्गतका क्याम्पसहरुमा नयाँ सेमेस्टर सुरु हुनसाथ विद्यार्थीहरुले आन्दोलन सुरु गरे ।

त्यस्तै, गत जनवरीमा मारिएकाहरुको संझनामा मौन धारण गरेपछि राष्ट्रिय झन्डा बोकेर मार्चपास गरे । लगत्तै उनीहरुसँग सरकार समर्थकहरुको झडप भएको थियो ।

राजधानीको शाहिद बेहेस्ती विश्वविद्यालयमा पनि शान्तिपूर्ण धर्ना कार्यक्रम भएको बीबीसीले जनाएको छ । त्यस्तै तेहरानको अमिर कबिर विश्वविद्यालयसहित धेरैवटा विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा सरकारविरोधी आन्दोनल भएको छ ।

गत महिना सरकारले आन्दोलनमा हिंस्रक दमन गर्दा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको थियो । इन्टरनेट तथा सुचनामाथि प्रतिबन्ध लगाइएकाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई मृतकको यकिन संख्या पुष्टि गर्न पनि कठिन भएको थियो ।

अमेरिकास्थित मानव अधिकार सम्बन्धी समाचार एजेन्सी (ह्राना) ले कम्तिमा ६,१५९ जनाको मृत्यु भएको पुष्टि गरेको बताएको छ । ह्रानाले थप १७,००० जना मृत्यु भएको खबर आएपनि यसको पुष्टि नभएको जनाएको थियो ।

बेलायतबाट सञ्चालन हुने पर्सियन भाषाको सञ्चारमाध्यम ईरान इन्टरनेशनलले कम्तिमा ३२ हजार मारिएको जनाएको थियो । इरानी अधिकारीहरूले गत महिनाको अन्त्यतिर ३,१०० भन्दा बढी मानिसहरू मारिएको बताएका थिए ।

अमेरिकासँग वार्ताको टेबुल र युद्धको तयारी

इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित युद्धको तयारी गरिरहेका बेला शनिबारको विरोध प्रदर्शन भएको हो । अमेरिकाले अब्राहम लिंकन युद्धपोतलाई लामो समयदेखि अरेबियन सागरमा तैनाथ गरिरहेको छ ।

त्यस्तै,विश्वकै ठूलो युद्धपोत युएसएस फोर्ड क्यारेबियन सागरबाट अरेबियन सागरतर्फ गइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमा सैन्य हमलाको विकल्प खुला रहेको बताएका छन् । दुई देशबीच आणविक कार्यक्रमलाई लिएर वार्ता पनि चलिरहेको छ ।

गत मंगलबार स्विचरल्यान्डको जेनेभामा दोस्रो चरणको अप्रत्यक्ष वार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम