मुख्य समाचार
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट जेन–जी पुस्ताले उठाएका सवालको सम्बोधन हुनेमा आशंका व्यक्त
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट जेन–जी पुस्ताले उठाएका सवालको सम्बोधन हुनेमा आशंका व्यक्त

— नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट जेन–जी पुस्ताले उठाएका सवालको सम्बोधन हुनेमा आशंका व्यक्त गरेका छन् ।

उनले सरकारले निर्वाचनको घोषणा गरेर तयारी समेत गरे पनि ‘जनताको चाहना’ बमोजिमको व्यवस्थापकीय सुधार हुन नसक्ने बताए । उनले जेन–जी पुस्ताको मागको सम्बोधन गरेर निर्वाचन गरेको भए न्याय हुने बताए ।

‘जेन–जी पुस्ताले जे जति आवाज उठाए, त्यसको सम्बोधन हुने कुनै छाँट छैन । अहिलेका ठूला भनिएका दलहरुको रवैया उस्तै छ । सच्चिने र जनताका आवाज सुन्ने अवस्थामा नेताहरु छैनन् । यस्तो अवस्थामा भएको निर्वाचनबाट देशको भलो हुनेवाला छैन,’ जन्म जिल्ला रोल्पामा आयोजित राजनीतिक सभा र कार्यक्रममा मुख्य पाहुनाका रुपमा उपस्थित हुन आइपुगेका महासचिव चन्दले भने, ‘युवा पुस्ताको माग र मुलुकको अस्तव्यस्त राजनीतिको निकासका लागि निर्वाचन सही सावित हुनुपर्ने हो । त्यस अवस्था देखिएको छैन । यो सरकारबाट भएको निर्वाचनले जेन–जी आन्दोलन र त्यसको माग अनुसार काम गरेको छैन । त्यसैले यो निर्वाचन भए पनि निकास निस्केला जतो लाग्दैन ।’

लामो समय आफ्नो माउपार्टी तत्कालीन माओवादीको नेतृत्वप्रति टिप्पणी गर्न र प्रश्न उठाउनमै बिताएका उनले सबै सरकार भ्रष्टाचार गर्नमै लागिपरेको आरोप लगाए । तत्कालीन माओवादी ‘जनयुद्ध’ असफल र अपूर्ण भएकाले जेन–जी विद्रोह पनि भएको तर्क गर्दै उनले माओवादी विद्रोह र जेन–जी विद्रोह उस्तै भएको बताए । ‘माओवादीले युद्धको घोषणा गरेर बीचमा छाड्यो, त्यस्तै जेन–जी विद्रोह पनि बीचमै हरायो,’ उनले भने, ‘त्यसैले यी दुवैको सम्बन्ध पनि छ । जनयुद्ध असफल हुनुको कारण भ्रष्टाचार वृद्धि भयो । भ्रष्टाचार र पारदर्शिता शून्य भएपछि जेन–जी पुस्ताले विद्रोह गरेको हो । तर पनि दलहरु नसच्चिनु दुःख पक्ष हो ।’

चन्दले प्रहरीभित्र डार्फर काण्ड र त्यसपछिका सरकारले गरेका कैयौं भ्रष्टाचारका काण्डले विश्वमै बेइज्जत भएको टिप्पणी गरे । उनले पोखरा र भैरहवा विमानस्थल बनाउने क्रममा भएका भ्रष्टाचार काण्ड त्यसैका उदाहरण भएको दाबी गरे । उनले भने, ‘सबै क्षेत्रमा भ्रष्टाचार छ । घुस खुवाउने खुला नीति छ । पार्टी र दलको असफलताले यस्तो अवस्था आएको हो । जेन–जी विद्रोहको परिणाम सही तरिकाको निर्वाचन प्रणाली र उपलब्धि भन्ने हो । तर त्यस्तो भएन ।’

जेन–जी विद्रोहबाट केपी ओलीको सरकार हटाउने र सुशीला कार्कीको सरकार बनाउने काम भएको उनले बताए । गरिबीमा थिचिएका नेपाली र मुलुकभरमा भएका सुकुम्बासीको समस्याप्रति ध्यान नपुगेको टिप्पणी गर्दै उनले जताततै राजनीतिकरण मात्रै गरिएको र त्यसकै नारा मात्रै बनाइएको बताए ।

सुरुमा निर्वाचनमा रोल्पाबाटै उम्मेदवारी दिने घोषणा गरेका चन्दले पछि जिल्लाका नेता चुडामणि वलीलाई उम्मेलदार बनाए । आफ्नो दलले पहिलोपटक निर्वाचनको सामना गरिरहेको बताउँदै उनले जनताको साथ पाए मुलुकलाई आत्मनिर्भर बनाउन पहल गर्ने बताए । ‘एक पटक सत्तामा पुग्ने र आफ्नै नेतृत्वमा जनताको सत्ता चलाउने चाहना छ,’ उनले भने, ‘जनताका माग र चाहनालाई पूरा गर्ने योजना छ । उत्पादनसँग जोडिएर अघि बढ्ने चाहना छ। रोल्पामा पनि कृषि र फलफुलको मुख्य आधार क्षेत्र बनाउने हामीसँग योजना छन् । त्यस्तै रोल्पाको जलजला र थबाङलाई जोडेर पर्यटनको विकास गर्ने हाम्रो उद्देश्य छ ।’

उनले रवि लामिछाने र अन्य नयाँ दलप्रति टिप्पणी गर्दै विचार, नीति र कार्यदिशा नभएका दल भएको आरोप लगाए। ‘ती नयाँ भनिएका पार्टी खास नयाँ होइनन् । कहिलेकाँही फासिवादी पनि नयाँ पार्टी बन्न सक्छन् । यी त्यस्तै हुन् ।’

निर्वाचन विशेष अभियानका क्रममा दाङ, प्युठान हुँदै रोल्पा आइपुगेका महासचिव चन्दले रोल्पाका सुलिचौर, लिबाङ, घर्तीगाउँ र जिनाबाङका कार्यक्रम र सभामा भाग लिएका थिए । लिबाङमा बुद्धिजीवी र पक्रकारसँग अन्तरत्रिया गर्दै उनले अफ्ठ्यारो अवस्थामा मुलुक पुगेकाले मुलुकको स्वाधीनता र राष्ट्रियता जोगाउन राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

वास्तविक जनताको चाहना बुझेर मुलुकको हितका लागि लाग्न युवा र देशभक्तसँग उनले आग्रह गरेका थिए । सुलिचौर, घर्तीगाउँ र जिनाबाङमा उनले पार्टीको सभालाई सम्बोधन गरेका थिए । रोल्पामा उनको पार्टीका तर्फबाट प्रत्यक्ष र चार जना समानुपातिक गरी ५ जना प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

निर्वाचन विशेष कार्यक्रममा उनले रोल्पामा करिब एक साता बिताएका छन् । रोल्पाका कार्यक्रम सम्पन्न गरेर आइतबार उनी सल्यान हुँदै कालीकोट पुग्ने योजनामा छन् । त्यहाँ उनले उम्मेदवार खड्कबहादुर विश्वकर्माको पक्षमा मत माग्ने नेकपा माओवादी रोल्पाका सचिव पृथ्वी डाँगीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कीर्तिपुर नगरपालिकाका पूर्वप्रमुख रमेश महर्जन र वडा नम्बर ६ का पूर्ववडाअध्यक्ष नुच्छे मर्हजन नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहालसहितका नेताले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् । उनीहरू दुवै एमाले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । कार्यक्रममा संयोजक दाहालले कम्युनिष्ट एकता एमालेसहितको बृहत् ...
— नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले कम्युनिष्ट एकता एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरेका छन् । यहाँ आइतबार आयोजित कार्यक्रममा नेकपा (एमाले) पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका कीर्तिपुर नगरपालिकाका पूर्वप्रमुख रमेश महर्जन र वडा नं ६ का पूर्ववडाध्यक्ष नुच्छे मर्हजनलाई पार्टीमा स्वागत गर्दै संयोजक दाहालले राष्ट्रवादी शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा ...
— पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त राजधानी मोडेल कलेजले व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। कलेजको व्यवस्थापन संकायअन्तर्गत एमबीएका छात्र कमल भट्टराईले सर्वोत्कृष्ट ग्रेड सीजीपीए ४.० प्राप्त गरेका छन् । उनलाई फागुन ८ मा आयोजित पोखरा विश्वविद्यालयको २१ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीले कुलपति पदकबाट विभूषित गरिएको छ। कुलपति पदकलाई कुनै ...
— निर्वाचन आयोगले निर्वाचन प्रचारका क्रममा चुनाव चिन्हको भौतिक स्वरुप प्रयोग नगर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्हको भौतिक स्वरूप प्रचारका क्रममा प्रयोग नगर्न निर्देशन दिएको हो । यसरी निर्वाचन चिन्हको भौतिक स्वरुप प्रचारका क्रममा बोक्दा जनसमुदायको शान्तिमा प्रतिकुल असर परेको र यस्तो ...
— नेपाली कांग्रेसले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता देवराज चालिसेले उक्त माग गरेका हुन् । उनले निर्वाचनमा निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यस्तो वातावरणको सुनिश्चित गर्ने कर्तव्यप्रति सरकारलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम