मुख्य समाचार
फेरि बढाए भन्सार, अब १५ प्रतिशत
फेरि बढाए भन्सार, अब १५ प्रतिशत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैश्विक भन्सार शुल्क १५ प्रतिशत पुर्‍याउने बताएका छन् । यसअघि शुक्रबार उनले अमेरिकामा आयात हुने सबै सामाग्रीमा १० प्रतिशत शुल्क लाग्ने बताएका थिए । तर शनिबार ट्रुथ सोशलमा नयाँ घोषणा गर्दै उनले १५ प्रतिशत भन्सार लगाइने बताए ।

अस्ट्रेलिया र बेलायतजस्ता देश यस घोषणाले अलमलमा परको छन् । यसअघि अमेरिकाले उनीहरुसँग १० प्रतिशत भन्सार लगाउने समझदारी गरेको थियो । तर, १९७४ व्यापार ऐनको धारा १ सय २२ अन्तर्गत ट्रम्पले १५ प्रतिशत भन्सार लगाउने नयाँ घोषणा गरेका छन् ।

अदालतको फैसलापछि विकल्प खोज्दै ट्रम्प

अमेरिकाको सर्वोच्च अदालतले १९७७ को अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन (आईईईपीए) प्रयोग गर्ने ट्रम्पको निर्णय नियमविपरीत रहेको फैसला सुनाएपछि ट्रम्पले नयाँ कानुन समातेर पहिले १० र त्यसपछि १५ प्रतिशत भन्सार लगाउने निर्णय गरेका हुन् ।

अदालतले आईईईपीएअन्तर्गत नयाँ कर तोक्ने अधिकार राष्ट्रपतिसँग नभएर कंग्रेससँग हुने फैसला सुनाएको थियो । जसकारण, यसअघि ट्रम्प प्रशासनले विभिन्न देशमाथि थोपरेको ठूलो भन्सार शुल्क खारेज भयो ।

अदालतमा ट्रम्पको निर्णयको विपक्षमा ६ जना र पक्षमा ३ जना न्यायाधिस देखिएका थिए । शुक्रबार ट्रम्पले सर्वोच्चको फैसलाको निन्दा गर्दै न्यायाधिसहरु विदेशी स्वार्थबाट परिचालित रहेको आरोप लगाएका थिए ।

अक्सफोर्ड इकोनोमिक्सले शुक्रबारको फैसला ट्रम्पको आर्थिक एजेन्डाको लागि ठूलो धक्का रहेको आँकलन गरेको छ । किनकी, ट्रम्पले प्रशासनले भन्सार शुल्क बढाएर २०२६ देखि २०३५ सम्म लगभग ३।६ ट्रिलियन डलर राजस्व उठाउने महत्वाकांक्षी लक्ष्य राखेको थियो ।

आईईईपीए प्रयोग गर्न नपाएपछि ट्रम्पले १९७४ को व्यापार ऐनको धारा १ सय २२ प्रयोग गरेर नयाँ कर लगाएका हुन् । यसमा १ सय ५० दिनसम्मका लागि १५ प्रतिशतसम्म अस्थायी आयात कर लगाउने अधिकार राष्ट्रपतिलाई हुन्छ । यो धारा यसअघि पहिले कहिल्यै प्रयोगमा आएको थिएन ।

ट्रम्प प्रशासनले १९७४ को व्यापार ऐनको धारा ३०१ अन्तर्गत भन्सार लगाउने विषयमा पनि अध्ययन भइरहेको जनाएको छ । उक्त कानूनले अमेरिकी व्यापार प्रतिनिधिलाई अन्य देशहरूको व्यापार अभ्यासहरूको अनुसन्धान गर्न र आवश्यक प्रक्रिया चाल्न अनुमति दिन्छ ।

त्यसैगरी, ट्रम्पले १९६२ को व्यापार बिस्तार ऐनको धारा २३२ अन्तर्गत शुल्क लगाउन पनि सक्छन् । आफ्नो पहिलो कार्यकालमा उनले यसको अत्यधिक प्रयोग गरेका थिए । यसले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने आयातित सामाग्रीहरुमा कर लगाउने अधिकार सरकारलाई दिन्छ । गत अप्रिलमा पनि उनले स्टील, आल्मुनियम, काठ र अटोमोबाइल उद्योगमा यही धाराअन्तर्गत कर लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम