मुख्य समाचार
मेक्सिकोमा सेनाले सुरु गरेको ड्रग्स तस्करीविरुद्धको अपरेशनका क्रममा ड्रग्स माफिया 'इल मेन्चो' मारिए
मेक्सिकोमा सेनाले सुरु गरेको ड्रग्स तस्करीविरुद्धको अपरेशनका क्रममा ड्रग्स माफिया 'इल मेन्चो' मारिए

— मेक्सिकोमा सेनाले सुरु गरेको ड्रग्स तस्करीविरुद्धको अपरेशनका क्रममा जेलिस्को न्यु जेनेरेशन कार्टेल (सिजेएनजी) प्रमुख नेमिसियो ओसेगुरा कार्भेन्टेसको मृत्यु भएको छ । ‘इल मेन्चो’ नामले चिनिने नेमेसियो विश्वकै कुख्यात ड्रग्स कारोबारीमध्ये एक मानिन्थे ।

प्रहरीसँगको झडपका क्रममा उनी मारिएका हुन् । पूर्व प्रहरी अधिकारी ओसेगुराको नेतृत्वमा सिजेएनजी मेक्सिकोभित्रैको शक्तिशाली र कठोर आपराधिक समुह बनेको थियो । मेक्सिकोको संघीय सुरक्षा बलले विभिन्न राज्यहरुमा अपरेशन सुरु गरेको थियो । त्यसक्रममा पश्चिमी राज्य जेलिस्कोस्थित तापाल्पामा चार सिजेएनजी सदस्यहरु मारिएको प्रैहरी जनाएको छ । यसक्रममा तीन प्रहरी पनि घाइते भएका छन् ।

यस राज्यका विभिन्न क्षेत्रमा दंगा भड्किएको थियो । नेमेसियो मारिएपछि उनीको सञ्जालका संदिग्ध ड्रग्स कारोबारीहरुले विभिन्न क्षेत्रमा हिंसा फैलाएको प्रहरीले जनाएको छ । उनीहरुले बस जलाउने तथा सुरक्षाकर्मीसँग भिडन्तमा उत्रने काम गरेका छन् ।

अमेरिकाको विदेश विभागले नयाँ सुचना जारी नभएसम्म आफ्ना नागरिकहरुलाई मेक्सिकोमै सुरक्षित बासस्थान वा होटलमा बस्न अपिल गरेको छ ।

यस अपरेशनलाई योजनावद्ध र सटिक तरिकाले सम्पन्न गरिएको मेक्सिकोको रक्षा मन्त्रालयले जनाएको छ । मेक्सिकन एयरफोर्सको विमान तथा नेशनल गार्डलाई पनि अपरेशनमा तैनाथ गरिएको थियो । यउसक्रममा ठूलो संख्यामा हतियारयुक्त गाडी जफत गरिएको मन्त्रालयले जनाएको छ ।

अमेरिकी अधिकारीहरुले महत्वपूर्ण सुचना दिएर सहयोग गरेको मेक्सिकोको राष्ट्रिय सुरक्षा कार्यालयले जनाएको छ । अमेरिकाका एक रक्षा अधिकारीले पनि अमेरिकी टास्क फोर्सले महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् । तर, बिस्तृत विवरण बाहिर आएको छैन । ५९ वर्षीय नेमेसियोबारे सुचना दिनेलाई १ करोड ५० लाख डलर दिइने घोषणा यसअघि अमेरिकी विदेश विभागले गरेको थियो ।

सन् २०१० मा जेलिस्कोबाट सिजेएनजी कार्टेल सुरु भएको थियो । अहिले मेक्सिकोभर यसको प्रभाव छ । यस समुहले अमेरिकामा पनि ठूलो परिमाणमा ड्रग्स आपुर्ति गर्ने गरेको छ । फेन्टानिलको उत्पादनबाट उसले खर्बौ आम्दानी गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम