मुख्य समाचार
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुग्यो
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुग्यो

— पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ। २५ जना घाइते भएका छन्।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो ।

जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। ।
घाइते २५ लाई उपचारको लागि अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिको अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिए । बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासीद्वारा उद्धार कार्य भइरहेको छ । घटना राति भएकोले उद्धार कार्यमा कठिनाइ भइरहेको छ । घटनाको विस्तृत विवरण पनि आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । भारतबाट भित्रिने यात्रुको आवागमन सहजीकरण तथा सुरक्षा जाँचलाई थप कडाइ पारिएको हो । २१ फागुनमा देशभर एकै चरणमा निर्वाचन हुँदै छ । निर्वाचन नजिकिँदै जाँदा भारतबाट भित्रिने यात्रुको संख्या क्रमशः बढ्न थालेको सुरक्षा निकायहरूले जनाएका छन् । आवागमन हुने क्षेत्रमा सशस्त्र प्रहरीले सहायता ...
— गृह मन्त्रालयले निर्वाचनलाई असर पुग्ने गरी उत्तेजक र भड्काउ अभिव्यक्ति नदिन चेतावनी दिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालसहितको सुरक्षा बैठकले निर्वाचन सुरक्षालाई प्रतिकूल असर पुग्ने गरी विभिन्न जिल्लामा भएका गतिविधिप्रति ध्यानाकर्षण भएको भन्दै कानुनले दण्डनीय मानेका गतिविधि नगर्न सचेत गराएको हो । पछिल्ला केहीदिनयता विभिन्न राजनीतिक दलका चुनाव केन्द्रीत कार्यक्रममा उत्तेजक अभिव्यक्ति दिने, प्रतिस्पर्धि दलबीच ...
— हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा नेपाली सेनाले घोडा प्रयोग गरेर सुरक्षा गस्ती सुरु गरेको छ । मंसिरयता परेको हिउँ जमेर हिँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्न समस्या भएपछि सेनाले स्थानीयको सहयोगमा घोडा प्रयोग गरेरै भए पनि विकट गाउँबस्तीको गस्ती सुरु गरेको हो । अहिले उपल्लो डोल्पामा पर्ने धो,कागकोट र सुम्दुवामा सेनाले आफ्नो बेस ...
— निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन मुलुकको सुशासन र संविधानको रक्षाका लागि निर्विकल्प रहेको बताएका छन्। गोरखापत्र संस्थानले आइतबार आयोजना गरेको ‘निर्वाचन समाचार अभिमुखीकरण’ कार्यक्रममा बोल्दै उनले निर्वाचनको मिति तोकिएपछि विभिन्न संशय र हल्ला फैलाइए पनि मतदान प्रक्रिया कुनैपनि हालतमा नरोकिने दृढता व्यक्त गरे। ‘निर्वाचनको विकल्प निर्वाचन नै हो,’ भण्डारीले भने, ‘केही ...
— जनमत पार्टी प्रतापपुर गाउँपालिका अध्यक्ष धर्मेन्द्र हरिजन राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । दुई वर्षदेखि जनमत पार्टीमा सक्रिय हरिजनले नयाँ सोचसहित रास्वपा प्रवेश गरेको बताए । रास्वपा पश्चिम नवलपरासीका सभापति महेन्द्र सिंह ठकुरी र क्षेत्र नम्बर १ का उम्मेदवार बिक्रम खनालले हरिजनलाई पार्टी प्रवेश गराएका थिए । चुनाव नजिकिएसँगै जिल्लामा पार्टी प्रवेश गराउने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम