मुख्य समाचार
नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पहिलो बैठक पोर्चुगलको विदेश मन्त्रालयमा सम्पन्न
नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पहिलो बैठक पोर्चुगलको विदेश मन्त्रालयमा सम्पन्न

। नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पहिलो बैठक शुुक्रबार पोर्चुगलको विदेश मन्त्रालयमा सम्पन्न भएको छ । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगल गणतन्त्रका विदेश मन्त्रालयका विदेश मामिला तथा सहयोग राज्य सचिव डा. आना इसाबेल जेभियरले बैठकको नेतृत्व गरेका थिए । नेपाली प्रतिनिधिमण्डलका तर्फबाट बैठकमा पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेल, परराष्ट्र मन्त्रालय राजदूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

यो बैठक नेपाल सरकार र पोर्चुगल सरकारबीच आठ वर्षपछि भएको औपचारिक भेटघाट हो । यसअघि सन् २०१८ मा तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारका तर्फबाट औपचारिक पोर्चुगल भ्रमण गरेका थिए ।

बीसीएमको बैठकमा राजनीतिक, आर्थिक र कन्सुलर मामिलासहित नेपाल-पोर्चुगल सम्बन्धका समग्र क्षेत्रबारे समीक्षा भएको नेपाली राजदूतावासले जनाएको छ । दुवै पक्षले जलवायु परिवर्तन र बहुपक्षीय प्रणालीमा सहयोगलगायत पारस्परिक हितका मुद्दाहरूमा विचार आदानप्रदान गरेका थिए ।

यस्तै व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा र विज्ञान तथा प्रविधिका क्षेत्रमा द्विपक्षीय सहयोग बढाउनेमा दुवै पक्ष सहमत भएका छन् ।

बैठकमा परराष्ट्र सचिव राईले कन्सुलर प्रमाणीकरण र कागजात प्रमाणीकरण सम्बन्धी मामिलासँग सम्बन्धित नेपाली समुदायले सामना गरिरहेका समस्याहरूलाई सम्बोधन गर्न सहरीकरणका लागि पोर्चुगल पक्षलाई अनुरोध गरेका थिए । सचिव राईले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई अँगालेकामा पोर्चुगल सरकारलाई धन्यवाद समेत दिएका थिए । यहाँ ६० हजार भन्दा बढी नेपाली स्थायी र अस्थायी रूपमा बसोबास गर्दै आएको अनुमान छ । सरकारी तथ्यांकअनुसार ३० हजारभन्दा बढी नेपाली पोर्चुगलमा छन् ।

पोर्चुगलका विदेश सचिव जेभियरले यहाँको अर्थतन्त्रमा नेपाली समुदायको योगदानको कदर गरिन् । पोर्चुगल पक्षले नेपाली पक्षले साझा गरेको चिन्तालाई सकारात्मक रूपमा ध्यान दिएको समेत उनले बैठकमा बताइन् ।

यसै बीच, नेपालका परराष्ट्र सचिव राईले पोर्चुगल व्यापार तथा लगानी एजेन्सी (एआइसीइपी) मा नवीकरणीय ऊर्जा क्षेत्रका सरोकारवालाहरूसँग अन्तरक्रियात्मक बैठक समेत सम्पन्न गरेका छन् । बैठकमा पोर्चुगलको ऊर्जा नीतिको बारेमा जानकारी दिइएको राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए ।

सो अवसरमा सचिव राईले जलविद्युत उत्पादन, प्रसारण र वितरणलगायत नेपालमा स्वच्छ ऊर्जाका क्षेत्रमा पोर्चुगिज लगानीकर्ताहरूका लागि लगानीका अवसरहरू अन्वेषण गर्न नेपालको लगानी बोर्डसँग कार्यस्तरीय छलफल गर्न एआइसीइपीलाई सुझाव दिए ।

शुक्रबार बिहान परराष्ट्र सचिव राईले पोर्चुगिज गणतन्त्रका विदेश मन्त्रालयका महासचिव फ्रान्सिस्को मारिया डे सौसा रिबेरो टेलेससँग शिष्टाचार भेट समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गत फागुन १४ गते कतारमा एउटा क्षेप्यास्त्र खसेको भिडियोले सामाजिक सञ्जालमा हलचल मच्चायो। भारतीयमूलका एक नागरिकले खिचेको उक्त भिडियो संसारभर डढेलोसरि फैलियो। अधिकांश नेपालीले सोही भिडियो ‘कट’ गर्दै सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियो पोस्ट भएको केही घण्टा पनि नबित्दै उक्त सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई कतार सरकारले नियन्त्रणमा लियो। त्यो एउटा सुरुवाती नजिर थियो। त्यसलगत्तै संयुक्त ...
: कतार सरकारले तीन जना नेपालीलाई आममाफी दिएको छ। पवित्र पर्व रमदानको अवसरमा कतार अमिरले तीन जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कतारस्थित दूतावासको पहलमा उनीहरूलाई आममाफी दिएको बताए। नेपाल सरकारले आममाफी दिएकोमा कतार सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।
: अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई निष्कासन गरेको छ। विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई अमेरिकाले निष्कासन गरी नेपाल पठाएको हो। निष्कासनमा परेका नेपालीहरू केहीबेर अघि काठमाडौं आइपुगेका हुन्। ओमनी एयरलायन्सको विमानबाट उनीहरू भारतको नयाँ दिल्ली हुँदै मंगलबार काठमाडौं आइपुगेको प्रहरीले स्रोतले जानकारी दिएको छ। प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेको छ। 'केहीबेर अघि ओमनी एयरलायन्सको ...
: साउदी अरबस्थित नेपाली राजदूतावास रियादको पहलमा ६२ जना नेपाली नागरिकले अन्तिम बहिर्गमन अनुमति प्राप्त गरेका छन् । उक्त अनुमति पाएसँगै उनीहरूलाई यथाशीघ्र स्वदेश फर्किन आग्रह गरिएको छ । राजदूतावासका अनुसार विभिन्न जटिल परिस्थितिका कारण साउदी अरबमा बसाइ निरन्तरता दिन नसकेका नेपालीहरूलाई सहजीकरण गर्दै बहिर्गमन प्रक्रिया अघि बढाइएको हो । साथै आवास अनुमति अवधि सकिनु, रोजगारदाता ...
। कम्बोडियामा बिनभिसा बसिरहेका ७ जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार, गैरआवसीय नेपाली संघसँगको सहजीकरणमा आज ७ जनलाई नेपाल फर्काइएको हो । उद्धार गरिएकाहरूलाई त्यहाँ अवैध रुपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको पाइएको दूतावासले जनाएको छ । दूतावासले अझै केही नेपाली अलपत्र अवस्थामा रहेको सूचना ...