मुख्य समाचार
एमालेले आगामी फागुन २१ गते हुने निर्वाचनपछि आफ्नै पार्टीले मुलुकको नेतृत्व लिने दाबी
एमालेले आगामी फागुन २१ गते हुने निर्वाचनपछि आफ्नै पार्टीले मुलुकको नेतृत्व लिने दाबी

। नेकपा एमालेले आगामी फागुन २१ गते हुने निर्वाचनपछि आफ्नै पार्टीले मुलुकको नेतृत्व लिने दाबी गरेको छ । एमालेले आफ्नो पार्टी पहिलो बन्ने र मुलुकको नेतृत्व लिने पनि बताएको हो ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमार्फत एमालेले यस्तो दाबी गरेको हो ।

‘हामीले गरेका वाचा र विगतमा हामीले गरेका कामका उपलब्धिका आधारमा नेकपा एमाले मुलुकको सर्वाधिक लोकप्रिय पार्टी बन्नेछ, पहिलो पार्टी बन्ने छ,’ प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर शाहीको दाबी छ ।

आफ्नो पार्टी पहिलो बन्ने देखेपछि निर्वाचन प्रभावित पार्ने षड्यन्त्र भइरहेको एमालेको जिकिर छ ।

‘निर्वाचनलाई कसरी प्रभावित गर्न सकिन्छ भन्ने षड्यन्त्रका तानाबाना बुनिंदै छन् । त्यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ शाहीले भने, ‘नेकपा एमाले मुलुकको सर्वाधिक लोकप्रिय पार्टी, परिपूर्ण लोकतन्त्र, संवैधानिक सर्वोच्चता, कानुनी शासन, मानव अधिकारका आधारभूत मूल्य मान्यता, सामाजिक न्यायका सन्दर्भमा हाम्रा घोषणापत्रमार्फत हामीले गरेका वाचा र विगतमा हामीले गरेका कामका उपलब्धिका आधारमा नेकपा एमाले मुलुकको सर्वाधिक लोकप्रिय पार्टी बन्नेछ, पहिलो पार्टी बन्ने छ ।’

त्यस्तै, फागुन २१ पछि पनि अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा मुलुक अघि बढ्ने एमालेको दाबी छ ।

‘आगामी दिनमा हाम्रा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यो मुलुकलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय मार्ग तय गर्ने सन्दर्भमा फागुन २१ पछि हामी त्यसको नेतृत्व गर्नेछौं,’ पार्टीको धारणा सार्वजनिक गर्दै शाहीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनमा लैजाने तयारी गरेको छ । दुई दशकदेखि बहस र अध्ययनको विषय बनेको यो एजेन्डालाई सरकारले हालै ‘इथानोल मिश्रण सम्बन्धी आदेश २०८२’ स्वीकृत गर्दै अघि बढाउन खोजेको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार राजधानीमा आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रण नीति : अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ ...
। काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार, केहीबेर अघि एउटा घरमा पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेको एसपी भट्टराईले जानकारी दिए । स्थानीय अनोजमणी अधिकारीको घरमा चितुवा पसेको हो । दुलाल महर्जनलाई शुभम ...
। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार मुद्दामा दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले यो भ्रष्टाचार प्रकरणमा जोडिएका दिपकचन्द्र अमात्य र सुरेश आचार्यलाई साधारण तारेखमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । उनीहरू नागरिक उड्ययन प्राधिकरणको सञ्चालक समितिको बैठकमा ...
। डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने ठाउँमा सु.प.प्र. ०३ ००१ च ००१४ नं. को जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउद र १७ वर्षीया सिता साउद गम्भीर घाइते छन् । ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तस्करी, अवैध ओसारपसार र क्रस बोर्डर अपराधलाई नियन्त्रण गर्न सीमामा नाइट भिजन क्यामेरा र ड्रोनबाट निगरानी गर्ने नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ । २१ फागुनको निर्वाचनका लागि सार्वजनिक वाचापत्रमा रूपान्तरणका लागि नीतिगत प्रस्थानका एक सय आधारहरू छ । जसमा सीमामा निगरानी गर्ने लगायतका विषय समेटिएका छन् । नेपालको भौगोलिक अखण्डता ...