मुख्य समाचार
प्रचण्डले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाए
प्रचण्डले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाए

। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन् ।

नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चुनाव हुने निश्चित भइसकेको अवस्था नेपाली जनक्रान्तिद्वारा इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चूनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

‘चुनाव नहुने हल्ला र प्रचारका पछाडी नलाग्न र दृढतापूर्वक निर्वाचनको तयारीमा जुट्नुस्,’ प्रचण्डको अपिल थियो ।

एनले निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिक्रियावादी र प्रतिगामीहरूका चलखेल र हरकतहरूको केही अर्थ नरहेको पनि टिप्पणी गरे । प्रचण्डले निर्वाचन मात्रै तुलनात्मक रूपले अहिलेको सहज विकल्प भएको सुरुदेखि नै नेकपा निर्वाचनका बिषयमा दृढतापूर्वक अडिएको धारणा पनि राखे ।

देशभरि नेकपाको प्रचार अभियान अगाडि बढ्दै जाँदा बाँकी दिन युद्धस्तरमा खट्न सके एकपटक देशको नम्बर एक पार्टी बन्ने र देशमा एउटा नयाँ परिस्थिति बनाउन सम्भव रहेको उनले बताए ।

केही दिन हावा हुरी आए जस्तो देखिए पनि हावा हुरी सधैँ नचल्ने कुरा जनताले बुझिसकेको जिकिर उनले गरे ।

त्यस्तै प्रचण्डले अहिलेको कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रलाई बचाई राख्ने र अतिवादका विरुद्ध लडेर देशलाई सन्तुलित विकासतिर लैजाने संकल्पको साथ नेकपा खडा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने ठाउँमा सु.प.प्र. ०३ ००१ च ००१४ नं. को जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउद र १७ वर्षीया सिता साउद गम्भीर घाइते छन् । ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तस्करी, अवैध ओसारपसार र क्रस बोर्डर अपराधलाई नियन्त्रण गर्न सीमामा नाइट भिजन क्यामेरा र ड्रोनबाट निगरानी गर्ने नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ । २१ फागुनको निर्वाचनका लागि सार्वजनिक वाचापत्रमा रूपान्तरणका लागि नीतिगत प्रस्थानका एक सय आधारहरू छ । जसमा सीमामा निगरानी गर्ने लगायतका विषय समेटिएका छन् । नेपालको भौगोलिक अखण्डता ...
। पाँच दिनको प्रयासपछि मनाङमा हिउँ पन्छाएर सुरक्षाकर्मीले बाटो बनाएका छन् । नार्पाभूमि गाउँपालिका विभिन्न स्थानहरुमा परेको हिउँ हटाएर बाटो बनाइएको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासबाट बाटो खुलाइएको छ । यो गाउँपालिकास्थित छ्याँसे, मेता र च्याखुँ अन्तर्गतका बाटोहरु हिउँले पुरी अवरुद्ध भएका थियो । सो बाटोहरुमा हिउँ जमेको कारण सामान ढुवानीको ...
। रौतहटको गौरमा दुई समुदायबीच तनाव सिर्जना भएपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा चतुर्वेदी मधेश पुगेका छन् । केन्द्रीय सुरक्षा समितिको निर्णयपछि कार्य विभागका चुतुर्वेदी मधेश पुगेका हुन् । उनले त्यहाँ पुगेर स्थितीको वस्तुनिष्ठ विश्लेषण गरी प्रहरीलाई निर्देशन दिनुका साथै सद्भाव कायम राख्न छलफल गर्ने बताइएको छ । अहिले मधेशमा एआईजी चतुर्वेदीले यसैको काम थालनी गरेका छन् । ...
। देशभरका ४३ जिल्लामा नेपाली सेनाले निर्वाचन सामग्री पुर्‍याएको छ । निर्वाचन पूर्वको काम अन्तर्गत नेपाली सेनाले अहिले निर्वाचन सामग्रीहरूको ढुवानी गरिरहेको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले अहिलेसम्म ४३ जिल्लाहरूमा निर्वाचन सामग्री पुगिसेकेको बताए । ‘४३ जिल्लामा निर्वाचन सामग्रीहरू पुगिसेकका छन् । बाँकी जिल्लाहरूमा पनि जाने क्रममै छन्,’ सहायक रथी बस्नेतले अनलाइनखबरसँग ...