मुख्य समाचार
गौरमा भएको पछिल्लो तनावप्रति चिन्ता व्यक्त गर्दै सद्भाव कायम गर्न अपिल
गौरमा भएको पछिल्लो तनावप्रति चिन्ता व्यक्त गर्दै सद्भाव कायम गर्न अपिल

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले गौरमा भएको पछिल्लो तनावप्रति चिन्ता व्यक्त गर्दै सद्भाव कायम गर्न अपिल गरेका छन् । शनिबार पत्रकारसँग कुराकानी गर्दै सहसंयोजक नेपालले हिन्दु र मुस्लिम दुवै समुदाय एक अर्काका परिपूरक रहेको टिप्पणी गर्दै संयमता अपनाउन दुवै समुदायलाई आग्रह गरेका हुन् ।

‘हिन्दु होस् वा मुस्लिम, जुनसुकै पनि परिवारको जीवन र सुरक्षा जोखिममा पर्नु हुँदैन,’ नेपालले भने, ‘यस्तो अवस्था कुनै पनि हालतमा स्वीकार्य छैन । म दुवै समुदायलाई संयमता राख्न आग्रह गर्न चाहन्छु ।’

नेपाल रौतहट-१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि छन् । सोही क्षेत्रबाट उनी लामो समयदेखि संघीय संसद्मा प्रतिनिधित्व पनि गर्दै आएका नेता हुन् ।

सहसंयोजक नेपालले सदियौँदेखि मिलेर बसेका दुवै समुदाय अझ पनि मिलेरै जानुपर्ने बताए । ‘दुवै समुदायले एक-अर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गर्नु नै अहिलेको आवश्यकता हो,’ उनले भने ।

अहिले देखिएको समस्याको समाधान पनि आपसी संवादबाट मात्रै सम्भव हुने बताउँदै उनले कोही पनि पक्ष उत्तेजनामा आएर सद्भाव खलबल्याउन नहुने पनि बताए ।

यस्तै स्थिति सामान्यीकरण गर्न सरकारसँग पनि अपिल गरे । त्यसका लागि आफूले गृहमन्त्रीसँग कुराकानी गरेर तत्कालका लागि कर्फ्यु लगाउन सुझाव दिएको बताए । उनले भने, ‘मैले गृहमन्त्रीजीसँग कुराकानी गरेको छु । जनकपुरका डीआईजी, रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग पनि निरन्तर समन्वय गरिराखेको छु । कसैको घरमा क्षति नपुगोस्, कसैको इज्जत, प्रतिष्ठामा आँच नआओस् भन्नेतर्फ सचेत गराएको छु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मोटरसाइकल चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुलीको फिक्कल घर भएका १८ वर्षीय मेन्सुहाङ राई, बूढानीलकण्ठका १८ वर्षीय समीर तामाङ, खोटाङका १८ वर्षीय प्रज्वल राई र दोलखाका १८ वर्षीय जनम तामाङ छन् । प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई चोरीका ३ थान मोटरसाइकलसहित पक्राउ गरेको हो ।
। २० वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति भारतबाट परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२२ का ५३ वर्षीय अफजल पठान छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई भारतको बहराइजबाट पक्राउ गरेर ल्याएको हो । उनीमाथि शृंखलाबद्ध रुपमा तीन व्यक्तिको हत्या गरेको आरोप छ । पछिल्लो पटक १७ चैत २०८० मा नेपालगञ्ज–२१ गंगारामपुर्वास्थित आफ्नो ...
। निर्वाचन सुरक्षा अनुगमनका लागि सशस्त्र प्रहरी बलले २३ एसएसपीलाई खटाउने भएको छ । सशस्त्र हेडक्वाटर हल्चोकले भोलि सोमबारदेखि २३ एसएसपीलाई अनुगमनका लागि खटाउन लागेको हो । उपत्यकाबाट खटिन लागेका अधिकृतहरुलाई प्रधान कार्यालय र प्रदेश स्थित बाहिनी मुख्यालयबाट खटिन लागेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई भर्चुअल माध्यमबाट आज आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यायले विशेष निर्देशन दिएका ...
। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाईकल र्‍याली निकालिएको छ । आइतबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका राजावादीहरूले प्रसाईंलाई तत्काल रिहा गर्न माग गर्दै र्‍याली निकालेका हुन् । उनीहरूले प्रसाईंलाई पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै सरकार विरोधी नारा समेत लगाएका थिए । प्रसाईंलाई ४ फागुनमा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो । माइतीघर मण्डलाबाट सुरु भएको ...
यही फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामाग्री स्याङ्जा आइपुगेको छ