मुख्य समाचार
निर्वाचनका लागि हिमाली जिल्ला डोल्पामा निर्वाचन सामग्री पुर्‍याइयो
निर्वाचनका लागि हिमाली जिल्ला डोल्पामा निर्वाचन सामग्री पुर्‍याइयो

। यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्ला डोल्पामा निर्वाचन सामग्री पुगेको छ ।

आइतबार नेपाली सेनाको स्काई ट्रकमार्फत निर्वाचन सामग्री डोल्पा पुगेको निर्वाचन अधिकृत कृष्ण बहादुर रावतले जानकारी दिए ।

नेपाली सेनाको स्काई ट्रकबाट सुरक्षा सिल, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगिन मतदाता नामावलीजस्ता निर्वाचन सामग्री डोल्पा पुगेको निर्वाचन अधिकृत रावतले जानकारी दिए । मतपेटिका भने जिल्लामै मौज्दात रहेको उनले बताए ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोल्पामा ११ हजार ९२८ पुरुष र १२ हजार १८७ महिला गरी कुल २४ हजार ११५ मतदाता रहेका छन् ।

जिल्लामा दुई वटा अस्थायीसहित ७० वटा मतदान केन्द्र कायम गरिएको भने निर्वाचनका लागि ४१४ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मोटरसाइकल चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुलीको फिक्कल घर भएका १८ वर्षीय मेन्सुहाङ राई, बूढानीलकण्ठका १८ वर्षीय समीर तामाङ, खोटाङका १८ वर्षीय प्रज्वल राई र दोलखाका १८ वर्षीय जनम तामाङ छन् । प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई चोरीका ३ थान मोटरसाइकलसहित पक्राउ गरेको हो ।
। २० वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति भारतबाट परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२२ का ५३ वर्षीय अफजल पठान छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई भारतको बहराइजबाट पक्राउ गरेर ल्याएको हो । उनीमाथि शृंखलाबद्ध रुपमा तीन व्यक्तिको हत्या गरेको आरोप छ । पछिल्लो पटक १७ चैत २०८० मा नेपालगञ्ज–२१ गंगारामपुर्वास्थित आफ्नो ...
। निर्वाचन सुरक्षा अनुगमनका लागि सशस्त्र प्रहरी बलले २३ एसएसपीलाई खटाउने भएको छ । सशस्त्र हेडक्वाटर हल्चोकले भोलि सोमबारदेखि २३ एसएसपीलाई अनुगमनका लागि खटाउन लागेको हो । उपत्यकाबाट खटिन लागेका अधिकृतहरुलाई प्रधान कार्यालय र प्रदेश स्थित बाहिनी मुख्यालयबाट खटिन लागेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई भर्चुअल माध्यमबाट आज आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यायले विशेष निर्देशन दिएका ...
। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाईकल र्‍याली निकालिएको छ । आइतबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका राजावादीहरूले प्रसाईंलाई तत्काल रिहा गर्न माग गर्दै र्‍याली निकालेका हुन् । उनीहरूले प्रसाईंलाई पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै सरकार विरोधी नारा समेत लगाएका थिए । प्रसाईंलाई ४ फागुनमा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो । माइतीघर मण्डलाबाट सुरु भएको ...
यही फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामाग्री स्याङ्जा आइपुगेको छ