मुख्य समाचार
झलनाथ खनालले निर्वाचन फागुन २१ गतेको निर्वाचन आफ्नो पार्टीका लागि ‘रणनीतिक कार्यभार’ मात्रै भएको बताए
झलनाथ खनालले निर्वाचन फागुन २१ गतेको निर्वाचन आफ्नो पार्टीका लागि ‘रणनीतिक कार्यभार’ मात्रै भएको बताए

। नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन फागुन २१ गतेको निर्वाचन आफ्नो पार्टीका लागि ‘रणनीतिक कार्यभार’ मात्रै भएको बताएका छन् । शनिबार वाम बुद्धिजीवी एवं पेशाकर्मी निर्वाचन परिचालन मूल समितिको कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले आफ्नो पार्टीको मूल गन्तव्य समाजवाद नै भएको बताएका हुन् ।

‘यो चुनाव त एउटा रणनीतिक कार्यभार मात्रै हो,’ खनालले भने, ‘हामी किन चुनावमा लागेका छौँ भन्दाखेरी हाम्रो पार्टीका कार्यदिशा, नीति, सिद्धान्त, घोषणा, कार्यक्रमहरू आदि आम जनतामा पुर्‍याउनका निम्ति ।’ चुनावमा समाजवाद किन अनिवार्य छ भन्ने कुराको जनतामाझ व्याख्या गर्न, क्रान्तिकारी जनमत निर्माण गर्न, पार्टी संगठन र जनसंगठन व्यापक रूपले विस्तार गर्न आफूहरू चुनावमा लागेको उनले बताए ।

चुनावबाट बहुमत प्राप्त गरेर सरकार बनाउन नसके अरु समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने वरिष्ठ नेता खनालले बताए । ‘तर प्रतिक्रियावादी शक्तिसँग कहिल्यै पनि साँठगाँठ गर्न हुँदैन । त्यो गर्ने वितिक्कै कम्युनिस्ट पार्टीको वर्ग दृष्टिकोण समाप्त हुन्छ,’ खनालले भने ।

यदि बहुमत नल्याएर प्रतिपक्षमा बस्नुपरे सडक र सदनबाट समाजवादको आधारशीला निर्माणमा लाग्नुपर्ने उनले बताए । ‘बहुमत नआए सडक र सदनबाट समाजवादका आधार बनाउने कुराहरूलाई प्राप्त गर्न जनतालाई जागरित गर्ने र आवश्यकताअनुसार आन्दोलित गर्नुपर्छ,’ नेता खनालले भने । अर्को पटक आउने चुनावमा बहुमत आउने आशा जहिल्यै जिवित हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मोटरसाइकल चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुलीको फिक्कल घर भएका १८ वर्षीय मेन्सुहाङ राई, बूढानीलकण्ठका १८ वर्षीय समीर तामाङ, खोटाङका १८ वर्षीय प्रज्वल राई र दोलखाका १८ वर्षीय जनम तामाङ छन् । प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई चोरीका ३ थान मोटरसाइकलसहित पक्राउ गरेको हो ।
। २० वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति भारतबाट परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२२ का ५३ वर्षीय अफजल पठान छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई भारतको बहराइजबाट पक्राउ गरेर ल्याएको हो । उनीमाथि शृंखलाबद्ध रुपमा तीन व्यक्तिको हत्या गरेको आरोप छ । पछिल्लो पटक १७ चैत २०८० मा नेपालगञ्ज–२१ गंगारामपुर्वास्थित आफ्नो ...
। निर्वाचन सुरक्षा अनुगमनका लागि सशस्त्र प्रहरी बलले २३ एसएसपीलाई खटाउने भएको छ । सशस्त्र हेडक्वाटर हल्चोकले भोलि सोमबारदेखि २३ एसएसपीलाई अनुगमनका लागि खटाउन लागेको हो । उपत्यकाबाट खटिन लागेका अधिकृतहरुलाई प्रधान कार्यालय र प्रदेश स्थित बाहिनी मुख्यालयबाट खटिन लागेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई भर्चुअल माध्यमबाट आज आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यायले विशेष निर्देशन दिएका ...
। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाईकल र्‍याली निकालिएको छ । आइतबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका राजावादीहरूले प्रसाईंलाई तत्काल रिहा गर्न माग गर्दै र्‍याली निकालेका हुन् । उनीहरूले प्रसाईंलाई पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै सरकार विरोधी नारा समेत लगाएका थिए । प्रसाईंलाई ४ फागुनमा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो । माइतीघर मण्डलाबाट सुरु भएको ...
यही फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामाग्री स्याङ्जा आइपुगेको छ