मुख्य समाचार
जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित
जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित

। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित रहे भने आसिफ शेखले आउट हुनुअघि ५९ रन बनाए । दीपक बोहराले १२ रन बनाउँदा लोकेश बम ५ रनमा अविजित रहे ।

पहिलो दिनको समाप्तिमा ३१ रनले पछाडि रहेको अवस्थाबाट ब्याटिङ थालेको बागमतीले अलआउट हुँदै १६७ रन बनाएको थियो र १३६ रनको अग्रतासहित एपीएफलाई १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

बागमतीका लागि कप्तान इशान पान्डेले सर्वाधिक ८४ रन बनाए । शुभ कंसाकारले २६ तथा आशुतोष घिरैयाले २१ रन बनाए ।

एपीएफका इर्शाद अहमदले ५ विकेट लिँदा अभिशेष गौतम र रोहित पौडेलले २-२ विकेट लिए । इर्शादले पहिलो इनिङमा ३ विकेट लिएका थिए ।

खेलमा बागमतीले टस हारेर पहिले ब्याटिङ गर्दै पहिलो इनिङमा ५४.५ ओभर खेलेर २०७-९ को अवस्थामा इनिङ घोषणा गरेको थियो । बागमतीका लागि बिबेक मगरले सर्वाधिक ४२ रन बनाएका थिए । आशुतोष घिरैया र रिजन ढकालले समान ३५ रन बनाए भने शुभ कंसाकारले ३४ रन बनाए । सूर्य तामाङले २७ रन बनाए ।

एपीएफका लागि इर्साद अहमदले ३ विकेट लिए भने युवराज खत्री र रोहित पौडेलले २-२ तथा अमरसिंह राउटेला र अभिशेष गौतमले १-१ विकेट लिए ।

त्यसपछि जवाफी ब्याटिङमा एपीएफ ४९.२ ओभरमा ३२ रनको अग्रतासहित २३९ रनमा अलआउट भयो । एपीएफका लागि कप्तान रोहित पौडेलले अविजित ८७ रन बनाए भने सन्दीप जोराले ६१ रन बनाए ।

दीपक बोहराले ३८ तथा आसिफ शेखले २८ रन बनाए । लोअर अर्डर ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन ।

बागमतीका लागि रिजन ढकालले ३ विकेट लिँदा बिपिन आचार्य र सूर्य तामाङले २-२ अनि तिलकराज भण्डारी र इशान पाण्डेले १-१ विकेट लिए ।

शुक्रबार नै दोस्रो इनिङ थालेको बागमतीले दिनको समाप्तिमा १ रन जोड्दा १ विकेट गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम