मुख्य समाचार
जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित
जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित

। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित रहे भने आसिफ शेखले आउट हुनुअघि ५९ रन बनाए । दीपक बोहराले १२ रन बनाउँदा लोकेश बम ५ रनमा अविजित रहे ।

पहिलो दिनको समाप्तिमा ३१ रनले पछाडि रहेको अवस्थाबाट ब्याटिङ थालेको बागमतीले अलआउट हुँदै १६७ रन बनाएको थियो र १३६ रनको अग्रतासहित एपीएफलाई १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

बागमतीका लागि कप्तान इशान पान्डेले सर्वाधिक ८४ रन बनाए । शुभ कंसाकारले २६ तथा आशुतोष घिरैयाले २१ रन बनाए ।

एपीएफका इर्शाद अहमदले ५ विकेट लिँदा अभिशेष गौतम र रोहित पौडेलले २-२ विकेट लिए । इर्शादले पहिलो इनिङमा ३ विकेट लिएका थिए ।

खेलमा बागमतीले टस हारेर पहिले ब्याटिङ गर्दै पहिलो इनिङमा ५४.५ ओभर खेलेर २०७-९ को अवस्थामा इनिङ घोषणा गरेको थियो । बागमतीका लागि बिबेक मगरले सर्वाधिक ४२ रन बनाएका थिए । आशुतोष घिरैया र रिजन ढकालले समान ३५ रन बनाए भने शुभ कंसाकारले ३४ रन बनाए । सूर्य तामाङले २७ रन बनाए ।

एपीएफका लागि इर्साद अहमदले ३ विकेट लिए भने युवराज खत्री र रोहित पौडेलले २-२ तथा अमरसिंह राउटेला र अभिशेष गौतमले १-१ विकेट लिए ।

त्यसपछि जवाफी ब्याटिङमा एपीएफ ४९.२ ओभरमा ३२ रनको अग्रतासहित २३९ रनमा अलआउट भयो । एपीएफका लागि कप्तान रोहित पौडेलले अविजित ८७ रन बनाए भने सन्दीप जोराले ६१ रन बनाए ।

दीपक बोहराले ३८ तथा आसिफ शेखले २८ रन बनाए । लोअर अर्डर ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन ।

बागमतीका लागि रिजन ढकालले ३ विकेट लिँदा बिपिन आचार्य र सूर्य तामाङले २-२ अनि तिलकराज भण्डारी र इशान पाण्डेले १-१ विकेट लिए ।

शुक्रबार नै दोस्रो इनिङ थालेको बागमतीले दिनको समाप्तिमा १ रन जोड्दा १ विकेट गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...