मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण
प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण

। प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेकी छन् । लुम्बिनी आएकी प्रधानमन्त्री कार्कीले सुरुमा लुम्बिनीस्थित भारत सरकारको सहयोगमा बनेको संग्रहालय अवलोकन गरेकी छन् ।

त्यसपछि ५ हजार जना क्षमताको सभाहल र थाई बिहार पनि अवलोकन गरिन् । त्यसपछि मायादेवी मन्दिर दर्शन र छोटो पूजा गरिन् । लुम्बिनी आगमनका क्रममा प्रधानमन्त्री कार्कीलाई लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठ,कोषका कार्यकारी सदस्य श्याम रोक्का,विश्व पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई लगायतले औपचारिकरूपमा स्वागत गरेका थिए ।




भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले बुद्ध जन्मस्थल लुम्बिनीको ऐतिहासिक र धार्मिक महत्वबारे जानकारी लिँदै संरक्षणका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने सुझाव दिइन् ।

प्रधानमन्त्री कार्कीले लुम्बिनी नेपालको मात्र नभई विश्वकै साझा सम्पदा भएको उल्लेख गर्दै यसको विकास गर्दा मौलिकता, शान्ति र धार्मिक सहिष्णुतालाई केन्द्रमा राख्नुपर्ने बताइन् । लुम्बिनी विकास कोष, स्थानीय समुदाय र सरोकारवालाहरूबीच समन्वय गरेर दीर्घकालीन गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।




लुम्बिनी विकास कोषका पदाधिकारीहरूले प्रधानमन्त्री समक्ष हालसम्म भएका विकास निर्माणका कार्य, भावी योजना तथा देखिएका चुनौतीहरूबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीले ती विषयमा चासो व्यक्त गर्दै आवश्यक नीतिगत तथा संरचनागत सहयोग सरकारबाट उपलब्ध गराइने आश्वासन दिएकी थिइन् ।

प्रधानमन्त्रीको भ्रमणले लुम्बिनी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्ने विकास कोषले अपेक्षा गरेको कोषका कार्यकारी सदस्य श्याम रोक्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर नबढ्ने टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)लाई लक्षित गर्दै सभापति थापाले यस्तो टिप्पणी गरेका हुन् । विकासको गति सुधार गर्नका लागि कानुनी संरचनामा सुधार गर्नुपर्ने बहस गर्नुपर्ने बेला छिटो काम नगरे रुखमा झुन्ड्याइदिन्छु भन्ने सोच सुनिएको सभापति थापाले बताए । ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसाले धनी बनाउने नभई संकल्पले बन्ने बताएका छन् । शनिबार निजी क्षेत्रसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । ‘पैसाले धनी बनाउने होइन, पैसाले विकास गर्ने होइन,’ ओलीले भने, ‘विकास आइडिया, दृष्टिकोण र सोचले गर्छ । विकास भएपछि पैसा कमाइन्छ ।’ अर्बौँ जनसंख्या भए पनि गरिब रहेको चीनले गरिबी ...
। सरकारले निर्वाचनका बेलामा तराई क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलताबारे बुझ्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीलाई खटाएको छ । शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै एआईजी चतुर्वेदीलाई तराईको अवस्थाबारे बुझ्न पठाइएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए । ‘निर्वाचनमा तराई क्षेत्रमा हुनसक्ने सम्भावित गतिविधि र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरेर प्रतिवेदन ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट साधारण तारेख तोकिएकोप्रति आपत्ति जनाएका छन् । श्निबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले साधारण तारेख तोकिनु व्यवहारिक रुपमा अर्थहीन र प्रयोजनहीन भएको आरोप लगाए । ‘सर्वोच्च अदालतले त्यत्रो संवैधानिक प्रश्नमा, मुलुक यस्तो जटिलतामा फसेको बेला सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनपर्थ्यो,’ ओलीले भने, ...
। प्रतिनिधिसभा निर्वाचनका अब १२ दिन बाँकी छन् । हुम्लाको हिमालपारिको क्षेत्र लिमी उपत्यकाको जाङ गाउँ भने यति बेला रित्तो छ । ६४ घरधुरी रहेको जाङ गाउँका सबैजसो घरमा ताल्चा लागेको छ । गाउँ पूरै सुनसान छ । कुनै घरका झ्यालका सिसा फुटेका छन्, कोही घर बाँझा नै भइसके । १० वर्षदेखि जाङका बासिन्दाले गाउँ छाडेर ...