मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन बहिष्कारका नाममा बिथोल्ने प्रयास हुनसक्ने भन्दै प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन बहिष्कारका नाममा बिथोल्ने प्रयास हुनसक्ने भन्दै प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन

। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन बहिष्कारका नाममा बिथोल्ने प्रयास हुनसक्ने भन्दै प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएकी छन् । शनिबार बुटवलमा प्रदेशका उच्च अधिकारीहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले बहिष्कारका नाममा जनतालाई आतंकित पार्ने र अवैध रकम असुली गर्ने काम हुनसक्ने भन्दै सुरक्षा निकायलाई चनाखो रहन निर्देशन दिएकी हुन् ।

‘अहिले बहिष्कार पनि एक प्रकारको सजिलो व्यवसायजस्तो भएको छ । जनतामा जानु नपर्ने, संगठन बनाउनु नपर्ने, तर दुई चार जना मिलेर बहिष्कारको हल्ला फिँजाउने र चन्दाका नाममा असुली गर्ने प्रवृत्ति देखिएको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘राजनीति गर्ने हो भने जनतामा मत माग्न जानुपर्छ । यस्ता अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गरिनुपर्छ ।’

देशको राजनीतिक निकासका लागि निर्वाचन सफल बनाउनुको विकल्प नरहेको पनि प्रधानमन्त्री कार्कीले बताइन् । उनले भनिन्, ‘निर्वाचन आफैमा जित-हारको प्रतिस्पर्धा हो, त्यसैले सम्भावित झडप र विवादप्रति सुरक्षा निकाय चनाखो हुनुपर्छ ।’ जस्तोसुकै चुनौती आए पनि राज्यले सामना गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । ‘यो देश हामी आफैले बनाउने हो,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर नबढ्ने टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)लाई लक्षित गर्दै सभापति थापाले यस्तो टिप्पणी गरेका हुन् । विकासको गति सुधार गर्नका लागि कानुनी संरचनामा सुधार गर्नुपर्ने बहस गर्नुपर्ने बेला छिटो काम नगरे रुखमा झुन्ड्याइदिन्छु भन्ने सोच सुनिएको सभापति थापाले बताए । ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसाले धनी बनाउने नभई संकल्पले बन्ने बताएका छन् । शनिबार निजी क्षेत्रसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । ‘पैसाले धनी बनाउने होइन, पैसाले विकास गर्ने होइन,’ ओलीले भने, ‘विकास आइडिया, दृष्टिकोण र सोचले गर्छ । विकास भएपछि पैसा कमाइन्छ ।’ अर्बौँ जनसंख्या भए पनि गरिब रहेको चीनले गरिबी ...
। सरकारले निर्वाचनका बेलामा तराई क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलताबारे बुझ्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीलाई खटाएको छ । शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै एआईजी चतुर्वेदीलाई तराईको अवस्थाबारे बुझ्न पठाइएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए । ‘निर्वाचनमा तराई क्षेत्रमा हुनसक्ने सम्भावित गतिविधि र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरेर प्रतिवेदन ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट साधारण तारेख तोकिएकोप्रति आपत्ति जनाएका छन् । श्निबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले साधारण तारेख तोकिनु व्यवहारिक रुपमा अर्थहीन र प्रयोजनहीन भएको आरोप लगाए । ‘सर्वोच्च अदालतले त्यत्रो संवैधानिक प्रश्नमा, मुलुक यस्तो जटिलतामा फसेको बेला सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनपर्थ्यो,’ ओलीले भने, ...
। प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेकी छन् । लुम्बिनी आएकी प्रधानमन्त्री कार्कीले सुरुमा लुम्बिनीस्थित भारत सरकारको सहयोगमा बनेको संग्रहालय अवलोकन गरेकी छन् । त्यसपछि ५ हजार जना क्षमताको सभाहल र थाई बिहार पनि अवलोकन गरिन् । त्यसपछि मायादेवी मन्दिर दर्शन र छोटो पूजा गरिन् । लुम्बिनी आगमनका क्रममा प्रधानमन्त्री ...