मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । सर्वोच्च अदालतले यसअघि उनले लगाएका आयात कर खारेज गरेपछि ट्रम्पले त्यस निर्णयको आलोचना गर्दै नयाँ कदम चाल्ने बताएका हुन् ।

शुक्रबार उनले अदालतले खारेज गरेका शुल्कको सट्टा अमेरिकामा आउने सबै वस्तुमा १० प्रतिशत कर लगाइने बताएका थिए । तर शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा उनले एक कहिल्यै प्रयोग नगरिएको व्यापार कानुनअन्तर्गत अधिकतम १५ प्रतिशतसम्म बढाइने घोषणा गरे ।

सन् १९७४ को ट्रेड एक्टको धारा १२२ अन्तर्गत लगाइने यो कर करिब पाँच महिनासम्म मात्र लागू रहन सक्ने बीबीसीले जनाएको छ । त्यसपछि प्रशासनले यसलाई निरन्तरता दिन कांग्रेसको स्वीकृति लिनुपर्छ ।

१० प्रतिशत कर मंगलबार, २४ फेब्रुअरीदेखि लागू हुने तय गरिएको थियो । १५ प्रतिशत पनि त्यही मितिदेखि लागू हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन ।

नयाँ १५ प्रतिशत अस्थायी कर दरले बेलायत र अष्ट्रेलियाजस्ता देशका लागि अन्योल सिर्जना गरेको छ, जसले यसअघि अमेरिकासँग १० प्रतिशत दरमा सहमति गरेका थिए ।

ट्रम्पले सर्वोच्च अदालतको ‘हास्यास्पद, कमजोर रूपमा लेखिएको र अत्यन्तै अमेरिका विरोधी निर्णय’को समीक्षा पछि कर बढाउने निर्णय गरिएको बताएका छन् ।

६–३ को निर्णयमा सर्वोच्च अदालतका न्यायाधीशहरूले सन् १९७७ को ‘इन्टरनेशनल इमर्जेन्सी इकनोमिक पावर्स एक्ट (आईईपीए)’ प्रयोग गरी गत वर्ष लगाइएका विश्वव्यापी करमार्फत राष्ट्रपति ट्रम्पले आफ्नो अधिकारको सीमा नाघेको ठहर गरेका थिए ।

सरकारी तथ्यांकअनुसार आईईपीए अन्तर्गत अमेरिकाले कम्तीमा १३० अर्ब डलर कर संकलन गरिसकेको छ ।

निर्णयपछि ट्रम्पले अदालतका केही सदस्यहरूप्रति ‘लज्जित’ भएको बताएका थिए र आफ्नो व्यापार नीतिलाई अस्वीकार गर्ने न्यायाधीशहरूलाई ‘मूर्ख’ भनेका थिए ।

कर खारेज गर्ने निर्णय अदालतका तीन उदारवादी न्यायाधीश, प्रमुख न्यायाधीश जोन रोबर्ट्स (जर्ज डब्लु बुशद्वारा मनोनित) र ट्रम्पद्वारा मनोनित एमी कोनी बैरेट तथा निल गोर्सुचको समर्थनमा आएको थियो । तीन अन्य रूढीवादी न्यायाधीश क्लेरेन्स थोमस, ब्रेट काभानाफ र सामुएल एलिटोले असहमति जनाएका थिए ।

ट्रम्पका लागि भन्सार नीति उनको आर्थिक एजेन्डाको मुख्य हिस्सा हो । उनले यसले व्यवसायलाई विदेशभन्दा अमेरिकामै लगानी र उत्पादन गर्न प्रोत्साहन गर्ने बताएका छन् । तर सर्वोच्च अदालतको निर्णयले उनको अधिकारमा ठूलो अंकुश लगाएको र दोस्रो कार्यकालको एजेन्डामा धक्का पुगेको विश्लेषण गरिएको छ ।

ट्रम्पले व्यापार घाटा घटाउन कर आवश्यक भएको दाबी गरेका छन् । तर हालै सार्वजनिक तथ्यांकअनुसार अमेरिकाको व्यापार घाटा २.१ प्रतिशतले बढ्दै करिब १.२ ट्रिलियन डलर पुगेको छ ।

बाल्टिमोरस्थित मार्लिन स्टिल वायर प्रोडक्ट्सका मालिक ड्रु ग्रीनब्लाटले सर्वोच्च अदालतको निर्णयप्रति निराशा व्यक्त गरे । उनका अनुसार यसले मध्यम वर्गमा उक्लने अवसर पाएका श्रमिकहरूलाई असर पार्नेछ ।

तर भर्जिनियाका सोयाबिन किसान तथा नेशनल ब्ल्याक फार्मर्स एसोसिएसनका संस्थापक जोन बोयडले भने यो आफ्नो लागि ठूलो जित र राष्ट्रपतिका लागि हार भएको बताएका छन् ।

पूर्व बेलायती सरकारी व्यापार सल्लाहकार एली रेनिसनले भने, ‘यो स्वतन्त्र व्यापारका लागि राम्रो दिनजस्तो देखिए पनि व्यापार झन् जटिल भएको छ ।’ उनका अनुसार ट्रम्प प्रशासनअन्तर्गत भन्सार नीतिमा टुक्रे–टुक्रे दृष्टिकोण अपनाइँदा व्यवसायमा अन्योल बढेको छ ।

धारा १२२ अन्तर्गत अधिकांश वस्तुमा १५ प्रतिशत कर लाग्ने भए पनि महत्वपूर्ण खनिज, धातु र औषधि जस्ता वस्तुमा छुट दिइनेछ । स्टिल, एल्युमिनियम, काठ र सवारीसाधनमा यसअघि लगाइएका अलग कर भने यथावत रहनेछन् ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार बेलायतलगायत अमेरिकासँग व्यापार सम्झौता गरेका देशहरू पनि धारा १२२ अन्तर्गतको विश्वव्यापी करको दायरामा पर्नेछन् । यद्यपि बेलायतका स्टिल, एल्युमिनियम, औषधि, सवारी र एरोस्पेस क्षेत्रसँग सम्बन्धित सम्झौतामा भने असर नपर्ने बताइएको छ ।

फ्रान्स र जर्मनीका नेता के भन्छन् ?

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले फ्रान्सले परिस्थितिअनुसार अनुकूलन गर्ने बताएका छन् । जर्मनीका चान्सलर फ्रिडरिख मर्जले भन्सारसम्बन्धी अनिश्चिततालाई ‘विष’को संज्ञा दिएका छन् ।

सर्वोच्च अदालतको निर्णयले उपभोक्ता र व्यवसायलाई अवैध रूपमा उठाइएको कर फिर्ता माग्ने बाटो खुला गरेको छ । तर ट्रम्पले फिर्ता प्रक्रिया कानुनी लडाइँका कारण वर्षौं लाग्न सक्ने बताएका छन् ।

अमेरिकी चेम्बर अफ कमर्सका नील ब्राड्लीले छिटो कर फिर्ता भए साना व्यवसायलाई राहत पुग्ने बताएका छन् । नेशनल रिटेल फेडेरेसनले पनि आयातकर्तालाई कर फिर्ता गर्ने सहज प्रक्रिया सुनिश्चित गर्न अदालतसँग आग्रह गरेको छ ।

वाशिङ्टन राज्यकी डेमोक्र्याट सिनेटर मारिया क्यान्टवेलले ट्रेजरी सचिव स्कट बेस्सेन्टलाई पत्र लेख्दै कर फिर्ता योजनाबारे स्पष्ट जानकारी मागेकी छन् ।

तर लुइसियानाका रिपब्लिकन सिनेटर जोन केनेडीले डेमोर्क्याटहरूले कर फिर्ता मुद्दा उठाए त्यसले उल्टै रिपब्लिकनलाई आगामी निर्वाचनमा फाइदा पुग्न सक्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम