मुख्य समाचार
‘क्रिटिकल मिनरल्स’ र ‘रेयर अर्थ्स’ (दुर्लभ तत्व) को क्षेत्रमा सहकार्य विस्तार गर्न दूरगामी समझदारीपत्रमा हस्ताक्षर
‘क्रिटिकल मिनरल्स’ र ‘रेयर अर्थ्स’ (दुर्लभ तत्व) को क्षेत्रमा सहकार्य विस्तार गर्न दूरगामी समझदारीपत्रमा हस्ताक्षर

। भारत र ब्राजिलले २१ फेब्रुअरीमा रणनीतिक रूपमा महत्वपूर्ण ‘क्रिटिकल मिनरल्स’ र ‘रेयर अर्थ्स’ (दुर्लभ तत्व) को क्षेत्रमा सहकार्य विस्तार गर्न दूरगामी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

नयाँ दिल्लीमा जारी एआई सम्मेलनमा सहभागी हुन भारत भ्रमणमा आएका ब्राजिलका राष्ट्रपति लुईज इनासियो लूला दा सिल्भाले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्दै ‘क्रिटिकल मिनरल्स’ र ‘रेयर अर्थ्स’को क्षेत्रमा सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

नयाँ दिल्लीमा दुवै नेताबीच भएको विस्तृत वार्तापछि यो साझेदारीलाई अन्तिम रूप दिइएको हो । यो समझदारीले दुवै देशको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने मात्र होइन, विश्वव्यापी आपूर्ति शृंखलाको समीकरणसमेत परिवर्तन गर्न सक्ने क्षमता राख्ने बताइएको छ ।

आपूर्ति शृंखला सुदृढ हुने अपेक्षा

प्रधानमन्त्री मोदीले यो समझदारीलाई भविष्यको ऊर्जा सुरक्षाका लागि ‘कोसेढुंगा’ भनेका छन् । संयुक्त पत्रकार सम्मेलनमा उनले भने, ‘क्रिटिकल मिनरल्स र रेयर अर्थ्ससम्बन्धी यो समझदारी लचिलो आपूर्ति शृंखला निर्माणतर्फको ठूलो कदम हो । ब्राजिल र भारतबीच बढ्दो व्यापार केवल अंकको विषय होइन, यो हाम्रो गहिरो आपसी विश्वासको प्रतिविम्ब हो ।’

हाल भारत आफ्ना दुर्लभ खनिज आवश्यकताका लागि चीनमा निर्भर छ, जुन यस्ता खनिजको सबैभन्दा ठूलो उत्पादक हो ।

ब्राजिलसँग विश्वको दोस्रो ठूलो क्रिटिकल मिनरल भण्डार रहेको बताइन्छ । यी खनिज विद्युतीय सवारीसाधन (ईभी), सोलार प्यानल, स्मार्टफोनदेखि अत्याधुनिक जेट इन्जिन र निर्देशित क्षेप्यास्त्र निर्माणसम्म प्रयोग हुन्छन् ।

भारतले आन्तरिक उत्पादन बढाउने, पुन: प्रयोग (रिसाइक्लिङ) विस्तार गर्ने र नयाँ अन्तर्राष्ट्रिय आपूर्तिकर्ताको खोजीलाई तीव्र बनाइरहेका बेला ब्राजिलसँगको सहकार्यले महत्वपूर्ण मानिएको छ ।

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले लगानीका अवसरमा जोड दिँदै भनेका छन्, ‘नवीकरणीय ऊर्जा र क्रिटिकल मिनरल्सको क्षेत्रमा लगानी र सहकार्य विस्तार गर्नु नै आज हस्ताक्षर गरिएको यो अग्रणी समझदारीको मूल उद्देश्य हो ।’

भारतीय विदेश मन्त्रालयका सचिव पी. कुमारनका अनुसार राष्ट्रपति लुलाले ब्राजिलका खनिज स्रोतबारे विस्तृत प्रस्तुति दिएका थिए । उनका अनुसार, ‘ब्राजिलको कुल भण्डारमध्ये अहिलेसम्म करिब ३० प्रतिशत मात्र अन्वेषण गरिएको छ । यसको अर्थ खनिज खोज, प्रशोधन र औद्योगिक प्रयोगका लागि अझै ठूलो सम्भावना बाँकी छ ।’

व्यापार र रक्षा : २० अर्ब डलरको लक्ष्य

दिल्लीस्थित थिंक ट्यांक ऊर्जा, वातावरण र पानी परिषदका विज्ञ ऋषभ जैनका अनुसार ब्राजिलसँगको सहकार्य भारतको व्यापक रणनीतिक प्रयासको हिस्सा हो, जसअन्तर्गत भारतले अमेरिका, फ्रान्स र युरोपेली संघसँग पनि यस्तै सहकार्य विस्तार गरिरहेको छ ।

जैनका अनुसार, पश्चिमी देशहरूसँगको साझेदारीले भारतलाई उन्नत प्रविधि र लगानीमा पहुँच दिनेछ भने ब्राजिलजस्ता ‘ग्लोबल साउथ’ देशहरूसँगको गठबन्धनले स्रोतमा प्रत्यक्ष पहुँच सुनिश्चित गर्दै विश्व व्यापारका नयाँ नियम निर्माण गर्न मद्दत गर्नेछ ।

ब्राजिलसँगको समझदारी पत्रमा हस्ताक्षर गरेपछि प्रधानमन्त्री मोदीले आगामी पाँच वर्षभित्र द्विपक्षीय व्यापार २० अर्ब अमेरिकी डलरभन्दा माथि पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सन् २०२५ मा यो व्यापार १५ अर्ब डलर नाघिसकेको थियो ।

हामी केवल बेच्न चाहँदैनौँ : ब्राजिलका राष्ट्रपति सिल्भा

ब्राजिलबाट भारतमा चिनी, कच्चा तेल, वनस्पति तेल, कपास र फलाम लगायतका वस्तु ठूलो मात्रामा भारत निर्यात हुन्छ । भारतमा तीव्र गतिमा भइरहेको पूर्वाधार विकासले ब्राजिलियन फलाम अयस्कको माग उल्लेखनीय रूपमा बढाएको छ ।

मोदीले भनेका छन्, ‘भारत र ब्राजिल मिलेर काम गर्दा ग्लोबल साउथको आवाज अझ बलियो र आत्मविश्वासी बन्छ ।’

राष्ट्रपति लुलाले ब्राजिल केवल विक्रेता बन्न नचाहेको स्पष्ट पारे । उनले बिजनेस फोरममा भने, ‘हामी केवल बेच्न चाहँदैनौँ । हामी भारतमा लगानी गर्न, आफ्नो उपस्थिति बलियो बनाउन र प्रविधि हस्तान्तरणसँगै जनशक्ति तालिममा समेत काम गर्न चाहन्छौँ ।’

यसै सन्दर्भमा गत महिना ब्राजिलको विमान निर्माता कम्पनी एम्ब्रेयर/अडानी ग्रुपले भारतमै विमान उत्पादन गर्ने योजना सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम