मुख्य समाचार
ट्रम्पले विश्वभरबाट आयात हुने सामग्रीमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने नयाँ घोषणा
ट्रम्पले विश्वभरबाट आयात हुने सामग्रीमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने नयाँ घोषणा

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट आयात हुने सामग्रीमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने नयाँ घोषणा गरेका छन् । अमेरिकाको सर्वोच्च अदालतले १९७७ को अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन (आईईईपीए) प्रयोग गर्ने ट्रम्पको निर्णय नियमविपरीत रहेको फैसला सुनाएपछि ट्रम्पले नयाँ घोषणा गरेका हुन् ।

अदालतले आईईईपीएअन्तर्गत नयाँ कर तोक्ने अधिकार राष्ट्रपतिसँग नभएर कंग्रेससँग हुने फैसला सुनाएको थियो । जसकारण, यसअघि ट्रम्प प्रशासनले विभिन्न देशमाथि थोपरेको ठूलो भन्सार शुल्क खारेज भयो ।

अदालतमा ट्रम्पको निर्णयको विपक्षमा ६ जना र पक्षमा ३ जना न्यायाधिस देखिएका थिए । ट्रम्पले सर्वोच्चको फैसलाको निन्दा गर्दै न्यायाधिसहरु विदेशी स्वार्थबाट परिचालित रहेको आरोप लगाए ।

अक्सफोर्ड इकोनोमिक्सले शुक्रबारको फैसला ट्रम्पको आर्थिक एजेन्डाको लागि ठूलो धक्का रहेको आँकलन गरेको छ । किनकी, ट्रम्पले प्रशासनले भन्सार शुल्क बढाएर २०२६ देखि २०३५ सम्म लगभग ३.६ ट्रिलियन डलर राजस्व उठाउने महत्वाकांक्षी लक्ष्य राखेको थियो ।

आईईईपीए प्रयोग गर्न नपाएपछि ट्रम्पले १९७४ को व्यापार ऐनको धारा १ सय २२ प्रयोग गरेर नयाँ कर लगाएका हुन् । यसमा १ सय ५० दिनसम्मका लागि १५ प्रतिशतसम्म अस्थायी आयात कर लगाउने अधिकार राष्ट्रपतिलाई हुन्छ । यो धारा यसअघि पहिले कहिल्यै प्रयोगमा आएको थिएन । २४ फेब्रुअरी, स्थानीय समयअनुसार १२ बजे १ मिनेट जाँदा अमेरिकामा आयातित सामग्रीमाथि नयाँ कर सुरु हुनेछ ।

ads/6800x1100bannergalaxy-s25-ultraasmi-0822026100513.jpg
ट्रम्पले फेब्रुअरी २०२५ मा चीन, मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा आईईईपीएअन्तर्गत कर लगाउने घोषणा गरेका थिए । उनले ती देशहरूबाट फेन्टानिलको तस्करीले अमेरिकामा आपतकालीन अवस्था सिर्जना गरेको दाबी गरेका थिए । तर शुक्रबारको सर्वोच्चको फैसलाले उक्त निर्णय खारेज भएको छ ।

ट्रम्पले २ अप्रिल २०२५ मा कार्यकारी आदेशमार्फत अमेरिकी आयातमा १० न्युनतम प्रतिशत विश्वव्यापी भन्सार दर घोषणा गरेका थिए । यसबेला आईईईपीए र १९६२ को व्यापार बिस्तार ऐनको धारा २ सय ३२ दुबै प्रयोग गरिएका थिए ।

त्यसै आदेशमा समावेश झन्डै ६० वटा देशमाथि ११ देखि ५० प्रतिशतसम्मको उच्च कर तोकिएको थियो । क्यानडामाथि ३५ प्रतिशत, चीनमाथि ३४ प्रतिशत, भारतमाथि २५ प्रतिशत र मेक्सिकोमाथि २५ प्रतिशत कर तोकिएको थियो । स्विचरल्यान्डलाई ३९ प्रतिशत, लाओस र म्यान्मारलाई ४० प्रतिशत तथा सिरियालाई ४१ प्रतिशत कर तोकिएको थियो ।

कस–कसलाई लाग्छ नयाँ कर ?

नयाँ कर विश्वव्यापी हुनेछ । तर, अमेरिकासँग स्वतन्त्र व्यापार र विशेष सम्झौता गरेका देशबाट आयात हुने केही वस्तुले छुट पाउनसक्छन् । अमेरिकी अर्थतन्त्रको आवश्यकता हेरेर केही सामाग्रीमा कर–छुट हुनसक्छ । महत्वपूर्ण खनिज, धातु, ऊर्जा उत्पादन, प्राकृतिक स्रोत, खाद्य बाली, औषधि, इलेक्ट्रोनिक्स, कार–ट्रक, एरोस्पेस उत्पादनहरू यसमा पर्छन् । त्यसैगरी, पुस्तक तथा सुचना सामाग्री, उपहारमा प्राप्त सामाग्री, परोपकारी कार्यमा कर लाग्दैन ।

अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार सम्झौतामा उल्लेख भएका केही सामाग्रीमा पनि कर छुट हुनेछ । त्यस्तै, डोमिनिकन गणराज्य–मध्य अमेरिका– अमेरिका स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत कोस्टारिका, डोमिनिकन गणराज्य, एल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस र निकारागुआबाट आउने कपडा र पोशाकहरूमाथि पनि भन्सार लाग्नेछैन ।

ट्रम्पसँग के–के विकल्प छन् ?

आईईईपीए प्रयोग गर्न नपाएपछि ट्रम्प प्रशासनले अन्य कानुनी विकल्पहरु प्रयोग गरिने जनाएको छ । अन्तर्राष्ट्रिय भुक्तानी समस्याहरूलाई सम्बोधन गर्न र अमेरिकी व्यापारलाई पुनः सन्तुलित गर्न धारा १२२ प्रयोग गरिरहेको ह्वाइटहाउसले जनाएको छ ।

यसबाहेक १९७४ को व्यापार ऐनको धारा ३०१ अन्तर्गत भन्सार लगाउने विषयमा पनि ट्रम्प प्रशासनले अध्ययन गरिरहेको छ । उक्त कानूनले अमेरिकी व्यापार प्रतिनिधिलाई अन्य देशहरूको व्यापार अभ्यासहरूको अनुसन्धान गर्न र आवश्यक प्रक्रिया चाल्न अनुमति दिन्छ ।

त्यसैगरी, ट्रम्पले १९६२ को व्यापार बिस्तार ऐनको धारा २३२ अन्तर्गत शुल्क लगाउन पनि सक्छन् । आफ्नो पहिलो कार्यकालमा उनले यसको अत्यधिक प्रयोग गरेका थिए । यसले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने आयातित सामाग्रीहरुमा कर लगाउने अधिकार सरकारलाई दिन्छ । गत अप्रिलमा पनि उनले स्टील, आल्मुनियम, काठ र अटोमोबाइल उद्योगमा यही धाराअन्तर्गत कर लगाउका थिए ।

ट्रम्पले भन्सार लगाउँदा वित्त कोष बलियो हुने तर्क गर्दै आएका छन् । अमेरिकी सरकारले विदेशी उत्पादनहरूमा थोपरेको करबाट २०२५ मा १ सय ३० अर्ब डलर सङ्कलन भएको विभिन्न एजेन्सीहरुले अनुमान गरेका छन् ।

सर्वोच्च अदालतको फैसलाले ट्रम्पको आईईईपीए शुल्कहरू कानुनी नभएको निर्धारण गरेकाले विगतमा कर तिरेका कम्पनीको हकमा के हुन्छ भन्ने प्रश्न पनि अहिले पेचिलो बनेको छ । यस विषयमा सर्वोच्चले कुनै स्पष्ट फैसला दिएको छैन ।

ट्रम्पले पत्रकारहरूसँग रकम फिर्तिको विषयमा वर्षौंसम्म मुद्दा चल्नसक्ने बताए । वित्तमन्त्री स्कट बेसेन्टले पनि सर्वोच्चले कुनै स्पष्ट आदेश यस विषयमा नदिएको बताए । उनले मुद्दा वर्षौंसम्म लम्बिन सक्ने बताए ।

उदारवादी थिंक ट्याङ्क ग्राउन्डवर्क कलेक्टिभका नीति तथा वकालत प्रमुख एलेक्स ज्याक्वेजले सीबीएसलाई बताएअनुसार फैसला आउनुअघि नै १,००० भन्दा बढी व्यवसायहरूले भन्सार शुल्क फिर्ताको लागि अनुरोध गरिसकेका छन् । उनले उक्त संख्या बढ्नसक्ने बताए ।

ट्रम्पले विदेशबाट आउने सामाग्रीमा उच्च कर लगाएर राजश्व बढाउने, स्वदेशी सामग्रीको प्रयोगलाई बढावा दिने र रोजगारी सिर्जना गर्ने बताएका छन् ।

अमेरिका र अन्य देशबीच रहेको व्यापार घाटा पुर्ति गर्नका लागि यो कदम जरुरी रहेको उनको दाबी छ । तर यस निर्णयले विदेशी सामग्रीको बजार–भाऊ बढ्दा मारमा परेको गुनासो उपभोक्ताहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम