— निर्वाचन सामाग्री लिएर नेपाली सेनाको स्काई ट्रक हुम्ला पुगेको छ ।
हुम्लाका निर्वाचन अधिकारी भीमबहादुर रोकायाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि शनिबार मतपेटिका, सुरक्षा सिल, मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगीन मतदाता नामावलीजस्ता निर्वाचन सामग्री हुम्ला आइपुगेको बताए ।
हुम्लामा ३४ हजार ३ सय ७२ मतदाता रहेका छन भने अझै १सय ९६ मतपेटिका आवश्यक रहेको उनको भनाइ छ ।