मुख्य समाचार
ब्राउन सुगरसहित २ जना पक्राउ
ब्राउन सुगरसहित २ जना पक्राउ

: भिरकोट नगरपालिका-४ छ्याङ्छाङ्दीमा ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन्। बिहीबार राती सिद्धार्थ राजमार्गबाट वालिङ नगरपालिकाका ३६ वर्षीय रोशन परियार र ३४ वर्षीय पुकार लोहनी पक्राउ परेका हुन्।



वालिङबाट भिरकोटतर्फ आँउदै गरेको ग. २३ प. ४०४२ नम्बरको स्कूटरमा सवार उनीहरूका साथबाट ब्राउन सुगर जस्तो देखिने ३ ग्राम खैरो पदार्थ फेला परेपछि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए।


उनीहरु दुबैलाई लागुऔषध सम्बन्धी कसूरमा मिति जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सपन्न भएर मुलुकमा शान्ति, स्थिरता र सुशासन कायमको कामना गरेकी छन् । लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गरी मन्दिर परिसरमा रहेको आगन्तुक पुस्तिकामा आफ्ना भावना राख्दै शान्तिको मुहान लुम्बिनी भ्रमण गर्न पाउँदा खुसी भएको उल्लेख गरेकी छन् । सेनाको हेलिकप्टरबाट शनिबार यहाँ आएकी उनले मायादेवी ...
— हेटौंडा उपमहानगरपालिका-२ सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा मतदान अधिकृतदेखि सबै कर्मचारी र सुरक्षाकर्मी महिला मात्र खटाइएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिद्धार्थ माविमा रहेको मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । ती सबै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र स्वयसेवकहरु पनि महिला नै राखिएका छन् । यी मतदानस्थलमा खटिने सबै ...
— गत महिना एक साता लामो डढेलोको धुँवा पन्छिएसँगै सिन्धुपाल्चोकको उत्तरी भेगको जनजीवन बिस्तारै लयमा फर्किन थालेको छ। धुँवा हटेसँगै तातोपानी नाका आसपास मानिसको आवतजावत र साना व्यापार–व्यवसायमा चाप बढेको देखिन्छ । लिपिङ र तातोपानी बजारमा सवारीसाधनको ताँती लागेपछि नाका पुनः चलायमान हुने झिनो आशा स्थानीयमा पलाएको छ । यही चहलपहलबीच फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई ...
— गत बुधबार बिहान बनेपास्थित चाँदनी चोकमा प्रहरीमाथि ढुंगामुढा र टिप्परमा आगजनी गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान बनेपामा ८ बजेतिर साँगा तर्फ गइरहेको बाप्र०१–००४ क ३४२३ नम्बरको टिप्पर र सोही दिशा तर्फ गइरहेको बाप्र०२–०६३प ९१८९ नम्बरको स्कुटर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका स्कुटर चालक ३० वर्षीय ओमन प्रधानको शीर ...
— प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएकी छन् । शनिबार बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिले सरकारको मुख्य कार्यादेश शान्तिपूर्ण र निष्पक्ष निर्वाचन भन्दै त्यसमै सबै ध्यान केन्द्रीत गर्न र भरपर्दो सुरक्षा रणनीति तयार गरेर अघि बढन निर्देशन दिएकी हुन् ...