मुख्य समाचार
६ बुँदे सहमति विपरीत आगजनी र घरमा तोडफोड हुन थालेपछि रौतहट प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यु आदेश
६ बुँदे सहमति विपरीत आगजनी र घरमा तोडफोड हुन थालेपछि रौतहट प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यु आदेश

: हिजो भएको ६ बुँदे सहमति विपरीत आगजनी र घरमा तोडफोड हुन थालेपछि रौतहट प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यु आदेश जारी गरेको छ।



विवाहमा गएका हिन्दू समुदायको जन्ती र मस्जिदमा नवाज पढ्दै गरेका मुस्लिम समुदायबीच विवादबाट सुरु भएको घटनालाई राजनीतिक रूप दिन खोजिएको देखिन्छ। गौर नगरपालिका-६ सपगडा टोलमा विवाहको बाजा बजाउँदै गइरहेका जन्तीमाथि फरक समुदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र रूप लिँदा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।


शुक्रबार बिहानदेखि भएको झडप नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा बेलुकी ४ बजे दुवै समुदायका अगुवाहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफल गरेर ६ बुँदे सहमति गरेका थिए।



प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले ६ बुँदे सहमति गरेको बताए पनि शनिबार बिहानदेखि विवाद सुरु भई झडप र आगजनी सुरु भएको थियो। झडप हुँदा ६ जना घाइते भएका छन्।

प्रहरीतर्फ पनि दुई जना घाइते भएका छन्। प्रदर्शनकारीले भारतीय नम्बर प्लेटको स्कोर्पियो गाडीमा आगजनी गरेका छन् भने १२ वटा मोटरसाइकल तोडफोड भएको रौतहट जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वैदेशिक रोजगारीमा जाने श्रमिकबाट तोकिएभन्दा बढी ‘स्वास्थ्य परीक्षण शुल्क’ असुलेको आरोपमा दुई एजेन्ट कम्पनी र डेढ दर्जन स्वास्थ्य परीक्षण संस्था अनुसन्धानमा तानिएका छन् । श्रम मन्त्रालय र प्रहरीको संयुक्त टोलीले मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण जिम्मा पाएको माइक्रोटेक र खाडी मुलुकका लागि जिम्मा पाएको गाम्का तथा स्वास्थ्य परीक्षण गराउने सूचीकृत संस्थाहरूको कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको ...
— निर्वाचन सामाग्री लिएर नेपाली सेनाको स्काई ट्रक हुम्ला पुगेको छ । हुम्लाका निर्वाचन अधिकारी भीमबहादुर रोकायाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि शनिबार मतपेटिका, सुरक्षा सिल, मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगीन मतदाता नामावलीजस्ता निर्वाचन सामग्री हुम्ला आइपुगेको बताए । हुम्लामा ३४ हजार ३ सय ७२ मतदाता रहेका छन भने अझै १सय ९६ मतपेटिका आवश्यक रहेको उनको ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश चुनावमा होमिसकेकाले त्यसलाई आफ्नो पार्टीले अवसरका रुपमा उपयोग गर्ने बताएका छन् । चुनावी प्रचारप्रसारका क्रममा शनिबार नवलपरासी पुगेका अध्यक्ष लिङ्देनले जिल्लाको क्षेत्र नम्बर २ मा गरेको ‘रोड शो’ कार्यक्रम अन्तर्गत भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । २०८४ मा हुने निर्वाचन अहिले गरिनु ...
— काठमाडौंबाट हिले आउँदै गरेको माइक्रोबस धनकुटा–१ निगालेमा दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन् । जिल्लाप्रहरी कार्यालय धनकुटाका अनुसार ग २ ख १९५७ नम्बरको माइक्रोबस शनिबार दिउँसो निगाले क्षेत्रमा अनियन्त्रित भई सडकबाट तल खसेको हो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक पाण्डव राजबंशीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीय र अन्य यात्रुको ...
: नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत आउन नसके समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले क्रान्तिकारी जनमत निर्माण गर्नको लागि पार्टी चुनावमा होमिएको बताएका हुन्। उनले बहुमत आउन नसके समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने बताए। अवसरको खोजीका लागि प्रतिक्रियावादी ...