मुख्य समाचार
स्रोत नखुलेको ११ लाखभन्दा बढी रकमसहित एकजना पक्राउ
स्रोत नखुलेको ११ लाखभन्दा बढी रकमसहित एकजना पक्राउ

: स्रोत नखुलेको ११ लाखभन्दा बढी रकमसहित एकजना पक्राउ परेका छन्। मनरा शिसवा नगरपालिका-३ सोनौल बजारबाट स्रोत नखुलेको नगद ११ लाख ५१ हजार ३ सय रुपैयाँसहित सम्सी गाउँपालिका-७ बस्ने गौतम साह पक्राउ परेका हुन्।



जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको प्रहरीले पोखरभिण्डबाट सोनौल बजारतर्फ आउँदै गरेको म.प्र.०२-००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित बिहीबार पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत आउन नसके समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले क्रान्तिकारी जनमत निर्माण गर्नको लागि पार्टी चुनावमा होमिएको बताएका हुन्। उनले बहुमत आउन नसके समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने बताए। अवसरको खोजीका लागि प्रतिक्रियावादी ...
— फागुन दोस्रो सातामा पनि नारखोलाको खोंचमा दिनभर खासै घाम लाग्दैन । नार्पाभूमि गाउँपालिका–१ मा पर्ने धर्मशालाको चिसो आँगनबाट २० जना सुरक्षाकर्मी गल, गैंती, घन, बेल्चा र हिउँ काट्ने बन्चरो काँधमा बोकेर उकालो लाग्छन् । करिब ३ हजार ३ सय मिटर उचाइँमा रहेको झरनामा चिसोले बरफ जमेर चट्टान बनेको छ। धर्मशालामाथि जमेको झरना सेना–प्रहरीको बलले खुल्दैछ ...
: रौतहट सदरमुकाम गौर–६ को सवगढा गाउँमा भएको आगजनी र झडपको घटना रोक्न स्थानीय प्रशासनले तीन वटै सुरक्षा निकाय परिचालन गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । अहिले गौरलगायत क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । झडप क्षेत्रमा सेना परिचालन गरिएको छ भने सामाजिक सद्भाव कायम राख्न प्रमुख जिल्ला ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव हुन नदिने चलखेल गरिरहेको आरोप लगाएका छन् । नेकपा दोलखा–काठमाडौं सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चुनाव हुने निश्चित भइसकेको अवस्था पूर्वराजा ज्ञानेन्द्र शाहलाई संकेत गर्दै चुनाव नहुने भ्रम फैलाइरहेको उल्लेख गरेका हुन्। उनले नेपाली जनक्रान्तिद्वारा इतिहासमा फ्याँकिएका ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबैलाई साथमा लिएर मुलकलाई सुशासन र समृद्धितर्फ अघि बढाउने बताएका छन्। बिहीबार काठमाडौमा ‘हाम्रो प्रतिज्ञा तपाईँको प्रश्न’ कार्यक्रममा सभापति थापाले आगामी ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त राष्ट्र बनाउने संकल्प रहेको बताएका हुन्। उनले नागरिकले समयमा नै सार्वजनिक सेवा पाउनुपर्ने र ढिला भएमा क्षतिपूर्ति पाउने व्यवस्था गराउनुपर्नेमा जोड दिए। ...