मुख्य समाचार
नेपालको कुल वैदेशिक व्यापार (वस्तु आयात र निर्यात) १५.७६ प्रतिशतले वृद्धि
नेपालको कुल वैदेशिक व्यापार (वस्तु आयात र निर्यात) १५.७६ प्रतिशतले वृद्धि

: नेपालको कुल वैदेशिक व्यापार (वस्तु आयात र निर्यात) १५.७६ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागको मासिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना (साउनदेखि माघसम्म) मा नेपालको वैदेशिक व्यापारमा १५ प्रतिशतभन्दा बढीले वृद्धि भई १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।



इन्धन, कच्चा पदार्थ र प्रविधि सामग्रीको उच्च आयातसँगै निर्यात संरचनामा देखिएको सुधारले नेपाल आत्मनिर्भरतातर्फ बढ्न सक्छ कि भन्ने बहसलाई पनि पुनर्जीवित गराएको छ। समीक्षा अवधिमा निर्यातमा सुधार देखिएको छ। निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.१९ प्रतिशतले वृद्धि भई १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ रहेको छ। गत वर्ष सोही अवधिमा निर्यात १ खर्ब २७ अर्ब २० करोड रुपैयाँमा सीमित थियो।


आयातको ग्राफ पनि उकालो लाग्दै ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.६५ प्रतिशतले बढी हो। आयात र निर्यातसँगै नेपालको व्यापार घाटा पनि उच्च भएको छ। सात महिनाको अवधिमा व्यापार घाटा १०.९१ प्रतिशतले बढेर ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको देखिन्छ। यस अवधिमा केही संरचनात्मक सूचकहरूमा भने सुधारका संकेत देखिएका छन्।




निर्यात र आयातको अनुपात ७.७७ बाट घटेर ६.६८ मा झरेको छ, जसले आयातको तुलनामा निर्यातको वृद्धिदर बलियो रहेको पुष्टि गर्छ। कुल व्यापारमा निर्यातको हिस्सा पनि ११.४० प्रतिशतबाट बढेर १३.०२ प्रतिशत पुग्नुले नेपाली अर्थतन्त्रमा केही आशा गर्ने ठाउँ देखिन्छ।
नेपालको वैदेशिक व्यापारमा आयाततर्फ पेट्रोलियम पदार्थ र कच्चा सोयाबिन तेलको वर्चस्व निकै बलियो देखिएको छ। समीक्षा अवधिमा ७० अर्ब ९९ करोड रुपैयाँबराबरको कच्चा सोयाबिन तेल आयात भएको छ, जुन प्रमुख आयातित वस्तुहरूमध्ये अग्रस्थानमा पर्छ।

इन्धनतर्फ ६९ अर्ब ९१ करोड रुपैयाँको डिजेल, ३८ अर्ब १३ करोड रुपैयाँको पेट्रोल र ३१ अर्ब ८५ करोड रुपैयाँबराबरको एलपी ग्यास आयात भएको तथ्यांकले देखाउँछ। यी अत्यावश्यक वस्तुहरूसँगै विलासिता र प्रविधिको क्षेत्रमा पनि उच्च आयात देखिएको छ, जसमा २६ अर्ब ६८ करोड रुपैयाँबराबरको स्मार्टफोन नेपाल भित्रिएको छ। यसबाहेक सवारीसाधनतर्फ विद्युतीय कार, जिप र भ्यान (५१ किलोवाटदेखि १०० किलोवाटसम्म) ८ अर्ब ७६ करोड रुपैयाँको आयात भएको देखिन्छ।

यता, निर्याततर्फ भने नेपालले सबैभन्दा बढी प्रशोधित सोयाबिन तेल ६ अर्ब ६७ करोड रुपैयाँबराबरको निर्यात गरेको छ। यस्तै, ८ अर्ब ६१ करोड रुपैयाँबराबरको अलैंची र ५ अर्ब ७८ करोड रुपैयाँबराबरको सूर्यमुखी तेल निर्यात भएको छ। वस्तु आयात तथा निर्यातमा भारतको नै ठूलो हिस्सा रहेको छ।

यस्तै, वैदेशिक व्यापारमा वीरगन्ज भन्सारको वर्चस्व कायमै देखिन्छ। कुल आयातको ४६.२० प्रतिशत हिस्सा ओगटेको वीरगन्जबाट ५ खर्ब १९ अर्बको आयात र ५७ अर्ब ७३ करोडको निर्यात भएको छ। त्यसैगरी, भैरहवा भन्सारबाट १४.६९ प्रतिशत र विराटनगर भन्सारबाट १२.०५ प्रतिशत आयात भएको तथ्यांकले देखाउँछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब २६ अर्ब रुपैयाँको वस्तुको आयात भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका ग्यासका गाडी काठमाडौं आइपुगेका छन् । ग्यास उद्योगी तथा नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार हिजो सोमबार रातिदेखि बाटोमा अलपत्र ग्यासका गाडी आज दिउँसो राजधानी प्रवेश गरेका हुन् । ‘हिजोदेखि अड्किएर बसेका सुगम र एभरेस्ट ग्यासका १४ वटा गाडी आज दिउँसो २/३ बजेतिर काठमाडौं आइपुगेका छन्,’ पूर्वअध्यक्ष ...
। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि ...
— मुलुकको प्रमुख स्थल भन्सार वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व असुलीको लक्ष्य भेट्न सकेन। कार्यालयले साउनमा तोकिएको लक्ष्यको ९० दशमलव ९७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले साउनमा २० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। तर लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा कार्यालयले १८ ...
। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो । उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित ...
। विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर शाही र काठमाडौंका बुद्धकाजी श्रेष्ठको नाम सिफारिस गरेको हो । कुल ९ जनाको आवेदन ...