मुख्य समाचार
संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गर्न सक्ने सम्भावनाबीच तेहरानले युद्धका लागि तयारी तीव्र
संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गर्न सक्ने सम्भावनाबीच तेहरानले युद्धका लागि तयारी तीव्र

: संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गर्न सक्ने सम्भावनाबीच तेहरानले युद्धका लागि तयारी तीव्र बनाएको छ । मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति उल्लेखनीय रूपमा बढिरहेका बेला इरानले आफ्ना आणविक केन्द्रहरू मजबुत पार्नुका साथै मिसाइल उत्पादन संरचना पुनर्निर्माण गरेको संकेत दिएको छ ।



अमेरिकी र इरानी वार्ताकारहरूबीच जेनेभामा साढे तीन घण्टा अप्रत्यक्ष वार्ता भएको थियो, तर ठोस निष्कर्ष निस्किएन । इरानका शीर्ष कूटनीतिज्ञ अब्बास अराघचीले दुवै पक्ष ‘मार्गदर्शक सिद्धान्त’ मा सहमत भएको बताए । तर अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तोकेका ‘रेड लाइन’ स्वीकार नगरेको बताए ।


वार्ता जारी रहे पनि ह्वाइट हाउसलाई यसै साताको अन्त्यसम्म अमेरिकाले आक्रमण गर्न सक्ने तयारी पूरा हुने जानकारी दिइएको छ । पछिल्ला दिनहरूमा मध्यपूर्वमा हवाई तथा नौसैनिक शक्ति बढाइएको छ ।



पुनर्निर्माण र सैन्य तयारी
गत जुनमा इजरायलले इरानमाथि आकस्मिक आक्रमण गर्दै उसका आणविक कार्यक्रमका केही भाग ध्वस्त पारेको, मिसाइल उत्पादन केन्द्रहरूमा ठूलो क्षति पुर्‍याएको र प्रमुख सैन्य कमाण्डरहरू मारिएको थियो । १२ दिन चलेको संघर्षमा इरानले सयौं मिसाइल र ड्रोन प्रहार गर्दै जवाफी कारबाही गरेको थियो भने अमेरिकाले इरानका तीन आणविकस्थलमा हमला गरेको थियो । राष्ट्रपति ट्रम्पले ती स्थल ‘पूर्ण रूपमा ध्वस्त’ भएको दाबी गरेका थिए ।

उपग्रह तस्वीर विश्लेषणअनुसार, खोर्रमाबादस्थित इमाम अली मिसाइल बेसमा ध्वस्त संरचनामध्ये केही पुनर्निर्माण गरिएका छन् र केही निर्माणाधीन छन् । तब्रिज हवाई आधार र हमदान हवाई आधारमा पनि रनवे र संरचनाहरू मर्मत गरिएको देखिन्छ । शाहरुदस्थित ठोस इन्धन मिसाइल उत्पादन केन्द्र छिट्टै पुनर्निर्माण गरिएको बताइएको छ, जसले लामो दूरीका मिसाइल छिटो प्रक्षेपण गर्न सहयोग गर्छ ।

आणविकस्थल सुदृढीकरण
इरानले आफ्ना आणविक केन्द्रहरूलाई थप सुरक्षित बनाउन कंक्रिट र माटो प्रयोग गरी भूमिगत संरचनाहरू मजबुत बनाइरहेको छ । नतान्ज नजिक पिकएक्स माउन्टेन क्षेत्रमा सुरुङ प्रवेशद्वारहरूमा नयाँ कंक्रिट हालिएको देखिएको छ । तेहरान नजिक पर्चिन सैन्य परिसरमा रहेको ‘तालेघान २’ नामक केन्द्रमा कंक्रिटको आवरण बनाएर माथिबाट माटोले छोपिएको छ ।

यसले हवाई आक्रमणबाट सुरक्षा दिन सक्ने विश्लेषकहरूको भनाइ छ । इस्फहान नजिक ७ औं तिर औद्योगिक परिसरमा पनि क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिएको छ । विशेषज्ञहरूका अनुसार, इजरायलको ‘अपरेशन राइजिङ लायन’ आक्रमणपछि इरानले अपेक्षाभन्दा छिटो पुनर्संरचना गरिरहेको छ ।

शासन संरचना पुनर्गठन
गत वर्षको युद्धले इरानको कमाण्ड संरचनाका कमजोरी उजागर गरेको थियो । त्यसपछि सर्वोच्च नेता अली खामेनीको नेतृत्वमा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद सुदृढ गरिएको छ र युद्धकालीन निर्णयका लागि रक्षा परिषद गठन गरिएको छ ।

पूर्व आईआरजीसी कमाण्डर अली शम्खानीलाई रक्षा परिषदको सचिव नियुक्त गरिएको छ । विश्लेषकहरूका अनुसार, यो कदम सम्भावित अमेरिकी ‘डिक्यापिटेशन स्ट्राइक’—सर्वोच्च नेतालाई लक्षित आक्रमणको तयारीको संकेत हुन सक्छ ।

आन्तरिक दमन
इजरायली गुप्तचर निकाय मोसादको घुसपैठपछि इरानले आन्तरिक सुरक्षामा कडाइ गरेको छ । आर्थिक समस्याबाट सुरु भएका प्रदर्शनहरूलाई कठोर रूपमा दबाइएको छ । सरकारले प्रदर्शनकारीहरूलाई इजरायली जासुसको आरोप लगाएको छ र बसिज अर्धसैनिक बल परिचालन गरेको छ ।

सैन्य अभ्यास र सन्देश
वार्तासँगै इरानले फारसको खाडीमा नौसैनिक अभ्यास सञ्चालन गरेको छ । पहिलो पटक आईआरजीसीले केही घण्टाका लागि Strait of Hormuz केही भाग बन्द गरेको जनाएको छ । यो जलडमरूमध्यबाट विश्वको दैनिक तेल आपूर्तिको ठूलो हिस्सा ओहोरदोहोर हुन्छ ।

इरानले रसियासँग संयुक्त नौसैनिक अभ्यास पनि गरेको छ । यसैबीच अमेरिकाले दुई विमानवाहक जहाज क्षेत्रमा तैनाथ गरेको छ र एक इरानी ड्रोन खसालेको जनाएको छ । विशेषज्ञहरूका अनुसार, इरानको रणनीति अमेरिकालाई सन्देश दिनु हो–यदि युद्ध भयो भने त्यसको लागत उच्च हुनेछ । उनीहरू भन्छन्, ‘अमेरिका आक्रमण अघि सम्भावित क्षति र परिणामको गम्भीर मूल्यांकन गर्न बाध्य हुनेछ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम