मुख्य समाचार
धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने

: धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ ।

काठमाडौंको सुन्धरास्थीत धरहरा क्षेत्रमा शुक्रबार बसेको नेपाल सरकार र काठमाडौं महानगरबीच भएको संयुक्त बैठकले धरहरा क्षेत्रमा निर्माण भएको संरचनाभित्र सवारी साधन पार्किङ सञ्चालनलाई थप प्रभावकारी बनाउने र यसका लागि महानगरले महानगर प्रहरी बललाई परिचालन गर्ने निर्णय गरेको हो ।


बैठकले धरहरा क्षेत्रको सञ्चालन गर्नको लागि तत्काल र दीर्घकालीन योजना, परियोजना सञ्चालन, प्रारूप सम्बन्धमा अध्ययन विश्लेषण गरी सुझावसहित पेश गर्न शहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाले तोकेका पदाधिकारीको संयुक्त समिति गठन गर्ने निर्णय गरेको छ।



त्यस्तै शहरी विकास मन्त्री प्रा.डा कुमार इङ्नामले सुन्धाराको बाहिर स्वरुपको व्यवस्थापन काठमाडौं महानगरले गर्ने गरी सहमति भएको बताए । यसको सम्पूर्ण आर्थिक दायित्व महानगरले लिने उनको भनाई छ। उनले पाकिङ्ग र सुरक्षाको विषय महानगरले तत्कालै अघि बढाउने उल्लेख गरे।

मन्त्री इङ्नामले महानगरको माग बमोजिम धरहराको पुरै व्यवस्थापन हस्तान्तरणका लागि समिति गठन गरिने र समितिले आवश्यक मोडालिटी तयार गर्ने जानकारी दिए ।

धराहराको बाहिरी संरचनाका सम्बन्धमा आवश्यक र उपयुक्त कार्य गर्न काठमाडौँ महानगरलाई जिम्मा दिने निर्णय भएको काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्। उनले समग्र धरहरा सञ्चालनका लागि पूर्ण रुपमा महानगरलाई हस्तान्तरण गर्न आग्रह गरिएको बताइन्।

छलफलमा गृहमन्त्री ओम प्रकाश अर्याल लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको समेत उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सुरक्षा बैठक बिहीबार विराटनगरमा भएको छ। दुवै देशका सुरक्षा अधिकारी सम्मिलित महत्वपूर्ण बैठकले मतदानको ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति गरेको छ। भारतसँग खुला सीमा जोडिएका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुखहरू तथा ती जिल्लासँग ...
: पर्सामा चार क्षेत्रमध्ये २ वटा क्षेत्रमा नेकपा एमालेले नयाँ अनुहारलाई फागुन २१ को निर्वाचनका लागि चुनावी मैदानमा उतारेको छ। तीमध्ये एक हुन् युवा उद्यमी रुपेश पाण्डे। ४९ वर्षीय पाण्डे पर्सा क्षेत्र नम्बर ३ मा एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्। बुबा बृजमोहन पाण्डे सक्रिय राजनीतिमै लागेर २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट पकहाँ ...
: काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाका प्रतिनिधि सभा सदस्यका टिकट आकांक्षी एवं केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय समशेर राणा र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन्। राणा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र -५ बाट रास्वपाका उम्मेदवार बन्ने तयारीमा थिए। रास्वपामा टिकट वितरणको पद्धतिमा प्रश्न उठाउँदै आएका राणाले केही ...
: रौतहटमा यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते भएका छन्। शुक्रबार करिब ४० यात्रु बोकेको ना ८ ख ८७७३ नम्बरको बस गौर–चन्द्रनिगाहपुर सडक खण्डको गौर नगरपालिका वडा नं. ४ दालमिल नजिक अनियन्त्रित भएर विद्युतीय पोलमा ठोक्किँदा दुर्घटना भएको हो। प्रहरीका अनुसार बस चन्द्रनिगाहपुरबाट रौतहट सदरमुकाम गौरतर्फ तीब्र गतिमा जाँदै गरेको थियो। दुर्घटनामा परेर गढिमाई ननगरपालिका ...
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा चुनावी सरगर्मी बढ्दै जाँदा विकासको जस कसले लिने भन्ने विषयले नयाँ बहस सिर्ज : मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा चुनावी सरगर्मी बढ्दै जाँदा विकासको जस कसले लिने भन्ने विषयले नयाँ बहस सिर्जना गरेको छ ।नेकपा एमाले ले बहुवर्षीय विकास योजना आफूहरुले सञ्चालन गरेको भए पनि यसको श्रेय कांग्रेसले ...