मुख्य समाचार
बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको १८० दिने प्राथमिकता योजनाको रुपरेखा प्रस्तुत
बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको १८० दिने प्राथमिकता योजनाको रुपरेखा प्रस्तुत

: बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको १८० दिने प्राथमिकता योजनाको रुपरेखा प्रस्तुत गरेका छन्।

सरकारको बुधबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले कानून र व्यवस्था, जीवनयापनको लागत, उपयोगिता र यातायातमा केन्द्रित प्रमुख लक्ष्यहरूको रूपरेखा प्रस्तुत गरेको हो।


यो योजना सार्वजनिक सुरक्षा सुधार गर्ने, आवश्यक वस्तुहरूको मूल्य नियन्त्रण गर्ने, निर्बाध बिजुली र ग्यास आपूर्ति सुनिश्चित गर्ने, जीवनयापन लागत घटाउने र सार्वजनिक यातायात, विशेष गरी रेलवे प्रणालीलाई सुदृढ पार्ने कुरामा केन्द्रित छ।

साथै प्रधानमन्त्ती रहमानले भ्रष्टाचार विरुद्ध लड्ने विषयमा पनि जोड दिएका छन्। मङ्गलबार देशको प्रधानमन्त्रीको रूपमा शपथ लिएका रहमानले प्रत्येक मन्त्रालयलाई १८० दिन भित्र आफ्नै योजना बनाउन र कार्यान्वयन गर्न निर्देशन दिए। यस अघि बङ्गलादेशमा नयाँ सरकारले पदभार ग्रहण गरे पछि एक सय दिनको प्राथमिकता प्याकेज घोषणा गर्ने गर्थे। तर रहमानले यसलाई तोड्दै १८० दिनको अवधि तय गरेका छन् ।

प्रधानमन्त्री तारिक रहमानको अध्यक्षतामा दिउँसो राजधानीको सचिवालयमा भएको बैठकमा मन्त्री, राज्यमन्त्री र सल्लाहकारहरूको उपस्थिति थियो।

फेब्रुअरी १२ मा भएको राष्ट्रिय संसदको चुनावमा भारी विजय हासिल गरेपछि बीएनपीले मंगलबार दुई दशकपछि नयाँ सरकार गठन गरेको छ। बीएनपीका अध्यक्ष तारिक रहमानको नेतृत्वमा रहेको नयाँ सरकारमा २५ अन्य मन्त्री र २४ राज्यमन्त्री छन्। प्रधानमन्त्रीले मंगलबार मन्त्री र राज्यमन्त्री सरहको १० सल्लाहकार पनि नियुक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम