मुख्य समाचार
रुपन्देही निर्वाचन क्षेत्र नं. २ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेलले चुनावी प्रतिबद्धता सार्वजनिक
रुपन्देही निर्वाचन क्षेत्र नं. २ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेलले चुनावी प्रतिबद्धता सार्वजनिक

: नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही निर्वाचन क्षेत्र नं. २ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेलले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच पौडेलले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा शहरी पूर्वाधार लगायतका विषयलाई समेटेर चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।

कार्यक्रममा पौडेलले सम्पन्न भएका पूर्वाधारहरू सञ्चालन गर्ने, निर्माणाधीन पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न गर्ने र केही नयाँ पूर्वाधार सुरु गर्ने बताए । नारायणघाट सडक, बुटवल गोरुसिङे सडक, झुमसा खानेपानी, प्रादेशिक हस्पिटल लगायतका संरचनाको निर्माण कार्यलाई तीव्रता दिने र केहि ठूला आयोजनाहरु समेत सुरु गर्ने उनको भनाई छ।


पौडेलले तिलोत्तमा, सैनामैना तथा अन्य नगर क्षेत्रमा सडक स्तरोन्नति, लिंक रोड निर्माण तथा सुरक्षित यातायात व्यवस्थापनलाई प्राथमिकता दिइने, बुटवल, तिलोत्तमा र सैनामैनालाई समेटेर ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास कार्यक्रम’ सञ्चालन गरी आधुनिक शहरी पूर्वाधार निर्माण गर्ने लगाएतका योजना रहेको जानकारी दिए।

त्यस्तै व्यापारिक क्षेत्रको पुनःव्यवस्थापन, यातायात क्षेत्र सुधार तथा लगानीमैत्री वातावरण निर्माण गरी उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्य रहेको भन्दै उनले रुपन्देहीलाई विद्यालय र उच्च शिक्षाको प्रमुख केन्द्रका रूपमा विकास गरिने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । काठमाडौंको सुन्धरास्थीत धरहरा क्षेत्रमा शुक्रबार बसेको नेपाल सरकार र काठमाडौं महानगरबीच भएको संयुक्त बैठकले धरहरा क्षेत्रमा निर्माण भएको संरचनाभित्र सवारी साधन पार्किङ सञ्चालनलाई थप प्रभावकारी बनाउने र यसका लागि महानगरले महानगर प्रहरी बललाई परिचालन गर्ने निर्णय गरेको हो ...
: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सुरक्षा बैठक बिहीबार विराटनगरमा भएको छ। दुवै देशका सुरक्षा अधिकारी सम्मिलित महत्वपूर्ण बैठकले मतदानको ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति गरेको छ। भारतसँग खुला सीमा जोडिएका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुखहरू तथा ती जिल्लासँग ...
: पर्सामा चार क्षेत्रमध्ये २ वटा क्षेत्रमा नेकपा एमालेले नयाँ अनुहारलाई फागुन २१ को निर्वाचनका लागि चुनावी मैदानमा उतारेको छ। तीमध्ये एक हुन् युवा उद्यमी रुपेश पाण्डे। ४९ वर्षीय पाण्डे पर्सा क्षेत्र नम्बर ३ मा एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्। बुबा बृजमोहन पाण्डे सक्रिय राजनीतिमै लागेर २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट पकहाँ ...
: काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाका प्रतिनिधि सभा सदस्यका टिकट आकांक्षी एवं केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय समशेर राणा र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन्। राणा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र -५ बाट रास्वपाका उम्मेदवार बन्ने तयारीमा थिए। रास्वपामा टिकट वितरणको पद्धतिमा प्रश्न उठाउँदै आएका राणाले केही ...
: रौतहटमा यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते भएका छन्। शुक्रबार करिब ४० यात्रु बोकेको ना ८ ख ८७७३ नम्बरको बस गौर–चन्द्रनिगाहपुर सडक खण्डको गौर नगरपालिका वडा नं. ४ दालमिल नजिक अनियन्त्रित भएर विद्युतीय पोलमा ठोक्किँदा दुर्घटना भएको हो। प्रहरीका अनुसार बस चन्द्रनिगाहपुरबाट रौतहट सदरमुकाम गौरतर्फ तीब्र गतिमा जाँदै गरेको थियो। दुर्घटनामा परेर गढिमाई ननगरपालिका ...