मुख्य समाचार
गुल्मीको रेसुंगा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बुर्तिबाङ सवस्टेसनसम्मको १३२ केभी क्षमताको विद्युत् सर्किट प्र्रसारणलाइन चार्जमा
गुल्मीको रेसुंगा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बुर्तिबाङ सवस्टेसनसम्मको १३२ केभी क्षमताको विद्युत् सर्किट प्र्रसारणलाइन चार्जमा

: गुल्मीको रेसुंगा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बुर्तिबाङ सवस्टेसनसम्मको १३२ केभी क्षमताको विद्युत् सर्किट प्र्रसारणलाइन चार्जमा ल्याएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यकै उपस्थितिमा थप प्राविधिक निरीक्षणपछि परीक्षणमा रहेको उक्त प्रसारणलाइन चार्जमा ल्याइएको हो।



शाक्यले ‘बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारणलाइन आयोजना’ को लाइन तथा सवस्टेसनको स्थलगत अनुगमन गरेका छन्। उनले गुल्मीको रेसुंगा नगरपालिका–७ उनाएचौरस्थित तम्घास (४६ एमभीए) मुसिकोट नगरपालिकाअन्तर्गतको पौदीअमराइ (४६ एमभीए) , बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ (४६ एमभीए) क्षमताका सवस्टेसन तथा लाइनको स्थलगत पनि अनुगमन गरेको छ।


अनुगमनपछि शाक्यले विद्युत् आपूर्ति व्यवस्थालाई सुदृढ, भरपर्दो, गुणस्तरीय तथा विश्वसनीय बनाउने उद्देश्यले प्राधिकरणले उक्त आयोजनालाई महत्त्वपूर्ण रूपमा लिएको जानकारी दिए। ‘यहाँबाट पौदीअमराइ सवस्टेसन र बुर्तिबाङ सवस्टेसनबाट प्रसारण सुरु भएको छ। पहिला ३३ केभीमा लाइन आउँदा दैनिक १०–१५ पटक विद्युत् आपूर्तिमा समस्या हुने अवस्था थियो,’ उनले तम्घास सवस्टेसनको निरीक्षणपछि भने, ‘अहिले १३२ केभी प्रसारणलाइनमा चार्ज भइसकेपछि विद्युत् नियमित भएको र भोल्टेज पनि राम्रो भएको जानकारी पाएको छु। यो भरपर्दो विद्युत् आपूर्तिका लागि सकारात्मक कुरा हो।’



उनले यी सवस्टेसनमा चार्ज भएसँगै उद्योग–व्यवसायीहरूलाई समेत प्राधिकरणले भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराउन सक्नेमा प्राधिकरण आशावादी रहेको बताए। उनले निरीक्षणकै क्रममा बुर्तिबाङ पुगेपछि ५ वटा सवस्टेसन हुँदै यहाँसम्म आइपुगेको भन्दै यी क्षेत्रका वरिपरिका गाउँलाई भरपर्दो विद्युत् दिने र निजी प्रवर्धकहरूको बिजुलीलाई ग्रिडमा जोड्न सजिलो हुने उल्लेख गरे। ‘३३/११ केभीबाट बिजुली गइरहेको अवस्थामा अब १३२ केभी डबल सर्किट प्रसारणलाइनबाट जान पाउँदा निजी प्रवर्धक र गाउँका जनताका लागि पनि महत्त्वपूर्ण हुनेछ,’ उनले भने, ‘यो वरिपरि पम्पस्टोरेज आयोजनाहरू बन्ने सम्भावना देखिएको छ। १३२ केभीले त्यसका लागि समेत ढोका खोलेको छ।’

पहाडी जिल्लामा लामो दूरीबाट विद्युत् आपूर्ति गर्दा भोल्टेज घट्ने, ओभरलोड हुने तथा बारम्बार विद्युत् अवरुद्ध हुने समस्या पनि अब घट्नेमा आशावादी रहेको प्राधिकरणले जानकारी दिएको छ। करिब ४ अर्ब ७६ करोड रुपैयाँ लगानीको यो सवस्टेसन र प्रसारणलाइन निर्माणसँगै कपिलवस्तु, गुल्मी, अर्घाखाँची र बागलुङलगायत जिल्लाका बासिन्दालाई सहज विद्युत् सेवा उपलब्धतामा सहयोग पुग्ने अपेक्षा प्राधिकरणले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: तिहार नजिकिँदै गर्दा बजारमा फूलको माग र व्यापार उच्च हुँदै गएको छ। तर उपभोक्तामा भने अभाव र महँगो मूल्यको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता फेरि देखिएको छ। अघिल्लो वर्ष तिहारमा सयपत्री फूलको माला अभाव भएपछि उपभोक्ताले महँगो मूल्य तिर्नु परेको थियो। यस वर्ष करिब ४५ लाख माला व्यावसायिक रूपमा उत्पादन हुने अनुमान र मखमली ...
। यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले सार्वजनिक गरेको तथ्यांक अनुसार तिहारको ५ दिनमा खपत हुने यी मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँ बराबर कारोबार हुनेछ । मालाका साथै घर, आँगन र कार्यालय सजाउन प्रयोग हुने ४३ लाख फूलका थुँगा ...
। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ । ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो । निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै विक्रेता मार्फत अनिवार्य बिल दिने व्यवस्था मिलाउन भनेको हो ...
। जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २ करोड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । भोटेकोशी र त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत, ...
। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण ...