मुख्य समाचार
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान

: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेको छ। शुक्रबार विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त बनाउन जिम्मेवारी सबैको भएको बताएका हुन्।



भण्डारीले निर्वाचन आचारसंहिता पालन नगरी स्वच्छ प्रतिष्पर्धा सम्भव नहुने बताए। भण्डारीले भने, ‘भारतीय नम्बर प्लेट भएका सवारीसाधन प्रयोग नगर्नुहोस्। आचारसंहिता उल्लंघन भए कडा कारबाही हुनेछ।’ उनका अनुसार निर्वाचनमा अनुमानित खर्च एक अर्ब रुपैयाँसम्म पुग्न सक्ने सम्भावना छ।


निर्वाचनमा आचारसंहिता उल्लंघनका उजुरीहरू देशभर दैनिक बढिरहेको जानकारी दिँदै भण्डारीले जिल्लास्थित निर्वाचन अनुगमन समितिलाई तत्काल कारबाही गर्न पूर्ण अधिकार रहेको स्पष्ट पारे। उनले भने, ‘आचारसंहिता पालन नगरेको खण्डमा निर्वाचनको लय बिग्रनेछ। त्यसैले सबै पक्षले आचारसंहिताको जिम्मेवारीपूर्वक पालन गर्नु अत्यावश्यक छ।’



कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीले प्रदेशको सुरक्षा व्यवस्था पूर्ण रूपमा सुदृढ रहेको बताए। उनले भने,‘निर्वाचन सफल पार्न सबैले उत्साहपूर्वक लाग्नुपर्छ। यसले मुलुकलाई राजनीतिक निकास दिने र संविधानको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्नेछ।’
प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र निर्माणको सुझाव दिए। प्रदेशका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलले सबै दल र उम्मेदवारलाई आचारसंहिता पालनमा सहयोग गर्न जोड दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । काठमाडौंको सुन्धरास्थीत धरहरा क्षेत्रमा शुक्रबार बसेको नेपाल सरकार र काठमाडौं महानगरबीच भएको संयुक्त बैठकले धरहरा क्षेत्रमा निर्माण भएको संरचनाभित्र सवारी साधन पार्किङ सञ्चालनलाई थप प्रभावकारी बनाउने र यसका लागि महानगरले महानगर प्रहरी बललाई परिचालन गर्ने निर्णय गरेको हो ...
: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सुरक्षा बैठक बिहीबार विराटनगरमा भएको छ। दुवै देशका सुरक्षा अधिकारी सम्मिलित महत्वपूर्ण बैठकले मतदानको ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति गरेको छ। भारतसँग खुला सीमा जोडिएका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुखहरू तथा ती जिल्लासँग ...
: पर्सामा चार क्षेत्रमध्ये २ वटा क्षेत्रमा नेकपा एमालेले नयाँ अनुहारलाई फागुन २१ को निर्वाचनका लागि चुनावी मैदानमा उतारेको छ। तीमध्ये एक हुन् युवा उद्यमी रुपेश पाण्डे। ४९ वर्षीय पाण्डे पर्सा क्षेत्र नम्बर ३ मा एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्। बुबा बृजमोहन पाण्डे सक्रिय राजनीतिमै लागेर २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट पकहाँ ...
: काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाका प्रतिनिधि सभा सदस्यका टिकट आकांक्षी एवं केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय समशेर राणा र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन्। राणा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र -५ बाट रास्वपाका उम्मेदवार बन्ने तयारीमा थिए। रास्वपामा टिकट वितरणको पद्धतिमा प्रश्न उठाउँदै आएका राणाले केही ...
: रौतहटमा यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते भएका छन्। शुक्रबार करिब ४० यात्रु बोकेको ना ८ ख ८७७३ नम्बरको बस गौर–चन्द्रनिगाहपुर सडक खण्डको गौर नगरपालिका वडा नं. ४ दालमिल नजिक अनियन्त्रित भएर विद्युतीय पोलमा ठोक्किँदा दुर्घटना भएको हो। प्रहरीका अनुसार बस चन्द्रनिगाहपुरबाट रौतहट सदरमुकाम गौरतर्फ तीब्र गतिमा जाँदै गरेको थियो। दुर्घटनामा परेर गढिमाई ननगरपालिका ...