मुख्य समाचार
मलेसियाबाट आएको अवैध गाँजा लिनका लागि भारतको दिल्लीबाट काठमाडौं आएका ४ भारतीय नागरिक पक्राउ
मलेसियाबाट आएको अवैध गाँजा लिनका लागि भारतको दिल्लीबाट काठमाडौं आएका ४ भारतीय नागरिक पक्राउ

: मलेसियाबाट आएको अवैध गाँजा लिनका लागि भारतको दिल्लीबाट काठमाडौं आएका ४ भारतीय नागरिक पक्राउ परेका छन्। १३ केजी ३३० ग्राम मलेसियन गाँजा लिनका लागि ४ जना भारतीय नागरिक दिल्लीबाट काठमाडौं ओर्लिएका थिए।



यही फागुन ५ गते साँझ ८ बजे उनीहरू एयर इन्डियाको विमानबाट काठमाडौं आएका थिए। उनीहरूको उद्देश्य भने फरक थियो। दिल्लीमै चिनेजानेका मानिसले उनीहरूलाई टिकट काटेर नेपाल पठाएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार विमानस्थलको भन्सार चेकिङ एरियामा उनीहरूले शंकास्पद गतिविधि देखाएका थिए। त्यहीको ट्वाइलेट पसेका उनीहरू एक घण्टासम्म पनि बाहिर ननिस्किएपछि प्रहरीले निगरानी गरेको थियो। उनीहरूले मलेसियाबाट आएको सामान लिनको लागी करिब १० बजेसम्म त्यही बसेका थिए। जब मलेसियन एयरलाइन्सको जहाज आयो, लगेजमा आएको गाजासहितको एक एकवटा ब्याग उनीहरूले समातेका थिए।


मलेसियाबाट आएको लगेज बोकेर बाहिर निस्कने क्रममा विमानस्थलको एक्सरे मेसिनमा उनीहरूको झोलामा प्रतिबन्धित लागुऔषध गाँजा भेटिएको थियो। उनीहरूलाई विमानस्थलको आगमन टर्मिनल गेट नजिकबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार, भारतीय नागरिकहरू गाँजा बोक्नका लागि प्रयोग भएका भरिया जस्ता देखिन्छन्। उनीहरूलाई दिल्लीमै रहेका चिनजानका व्यक्तिले प्रतिव्यक्ति १५ हजार भारु दिने र नेपाल आउदा जादाको प्लेन टिकटलगायत यहाँको सुविधा दिने प्रलोभन दिएर नेपाल पठाएको खुलेको छ।



विमानस्थल सुरक्षा काार्यलयका प्रवक्ता सिलवाल भन्छन्, ‘पक्राउ परेका भारतीयको गतिविधि हेर्दा केही शंकास्पद देखिन्छ। झोलामा के छ भन्ने विषयमा उनीहरूले केही जवाफ दिन सकेका थियनन। उनीहरूलाई झोला रिसिभ गरेर होटलसम्म पुर्‍याइदिनका लागि प्रयोग गरेको देखिन्छ। उनीहरू यसअघि पनि आएका थिए कि भनेर अनुसन्धान गरिरहेका छौ। प्रोफेसनल भरिया हुन कि भन्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ। उनीहरूको विषयमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । काठमाडौंको सुन्धरास्थीत धरहरा क्षेत्रमा शुक्रबार बसेको नेपाल सरकार र काठमाडौं महानगरबीच भएको संयुक्त बैठकले धरहरा क्षेत्रमा निर्माण भएको संरचनाभित्र सवारी साधन पार्किङ सञ्चालनलाई थप प्रभावकारी बनाउने र यसका लागि महानगरले महानगर प्रहरी बललाई परिचालन गर्ने निर्णय गरेको हो ...
: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सुरक्षा बैठक बिहीबार विराटनगरमा भएको छ। दुवै देशका सुरक्षा अधिकारी सम्मिलित महत्वपूर्ण बैठकले मतदानको ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति गरेको छ। भारतसँग खुला सीमा जोडिएका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुखहरू तथा ती जिल्लासँग ...
: पर्सामा चार क्षेत्रमध्ये २ वटा क्षेत्रमा नेकपा एमालेले नयाँ अनुहारलाई फागुन २१ को निर्वाचनका लागि चुनावी मैदानमा उतारेको छ। तीमध्ये एक हुन् युवा उद्यमी रुपेश पाण्डे। ४९ वर्षीय पाण्डे पर्सा क्षेत्र नम्बर ३ मा एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्। बुबा बृजमोहन पाण्डे सक्रिय राजनीतिमै लागेर २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट पकहाँ ...
: काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाका प्रतिनिधि सभा सदस्यका टिकट आकांक्षी एवं केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय समशेर राणा र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन्। राणा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र -५ बाट रास्वपाका उम्मेदवार बन्ने तयारीमा थिए। रास्वपामा टिकट वितरणको पद्धतिमा प्रश्न उठाउँदै आएका राणाले केही ...
: रौतहटमा यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते भएका छन्। शुक्रबार करिब ४० यात्रु बोकेको ना ८ ख ८७७३ नम्बरको बस गौर–चन्द्रनिगाहपुर सडक खण्डको गौर नगरपालिका वडा नं. ४ दालमिल नजिक अनियन्त्रित भएर विद्युतीय पोलमा ठोक्किँदा दुर्घटना भएको हो। प्रहरीका अनुसार बस चन्द्रनिगाहपुरबाट रौतहट सदरमुकाम गौरतर्फ तीब्र गतिमा जाँदै गरेको थियो। दुर्घटनामा परेर गढिमाई ननगरपालिका ...