मुख्य समाचार
गत वर्ष लगाइएको कर सर्वोच्च अदालतले खारेज गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ १० प्रतिशत विश्वव्यापी कर लगाएका छन्
गत वर्ष लगाइएको कर सर्वोच्च अदालतले खारेज गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ १० प्रतिशत विश्वव्यापी कर लगाएका छन्

गत वर्ष लगाइएको कर सर्वोच्च अदालतले खारेज गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ १० प्रतिशत विश्वव्यापी कर लगाएका छन्। ट्रम्पले अदालतको निर्णयलाई भयानक रहेको बताउँदै आफ्नो व्यापार नीति अस्वीकार गर्ने न्यायाधीशहरूलाई मूर्ख भएको आरोप लगाए।



यसअघि, अमेरिकी सर्वोच्च अदालतले गत वर्ष ह्वाइट हाउसले घोषणा गरेका अधिकांश विश्वव्यापी शुल्कहरूलाई अमान्य घोषित गरेको थियो। ६-३ को फैसलामा, अदालतले राष्ट्रपतिले आफ्नो अधिकार नाघेको बताएको थियो।


यो निर्णयलाई ती व्यवसायीहरू र अमेरिकी राज्यहरूका लागि ठूलो विजय मानिएको छ। जसले यी शुल्कहरूलाई चुनौती दिएका थिए। यसले सम्भावित रूपमा अर्बौं डलरको भन्सार फिर्ताको ढोका खोलेको छ। जबकी विश्वव्यापी व्यापार परिदृश्यमा नयाँ अनिश्चितता पनि थपेको छ। शुक्रबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले कानुनी लडाई बिना रकम फिर्ता नहुने संकेत गर्दै मुद्दा वर्षौंसम्म अदालतमा लम्बिने अपेक्षा गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम