मुख्य समाचार
नेपाल वायुसेवा निगमले जबरजस्ती हटाएको वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीलाई श्रम अदालत भक्तपुरले पुनर्वहाली
नेपाल वायुसेवा निगमले जबरजस्ती हटाएको वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीलाई श्रम अदालत भक्तपुरले पुनर्वहाली

: नेपाल वायुसेवा निगमले जबरजस्ती हटाएको वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीलाई श्रम अदालत भक्तपुरले पुनर्वहाली गरेको छ। १५ महिना लामो कानुनी लडाइँपछि उनको पुनर्वहाली भएको हो।



श्रम अदालतका न्यायाधीशद्वय जनकराज पाण्डे र शैलेन्द्र कुमार चौरसियाको संयुक्त इजलासले विमान परिचारिका कार्कीलाई पुनर्वहाली गरिदिएको हो। सर्वोच्च अदालतमा सेवासुविधा विभेदको रिट दायर गरी अन्तरिम आदेश लिएकी कार्कीलाई निगमले २०८१ असोज १८ मा करार नवीकरण नगरी जबरजस्ती अवकाश दिएको थियो।


कार्कीका तर्फबाट अधिवक्ताद्वय अनन्तराज लुईंटेल र विशाल थापाले शुक्रबार गरेको लामो बहसपश्चा्त श्रम अदालतले पुनर्वहालीको फैसला जारी गरेको हो। फैसलाको पूर्णपाठ आइनसकेको भए तापनि अदालतको वेबसाइटमा विमान परिचारिका कार्कीलाई पुनर्वहाली गरेको फैसला जनाइएको छ।



सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएपश्चात् समेत विमान परिचारिका कार्कीलाई निगमले जबरजस्ती अवकाश दिएपछि उनी बाध्य भएर गैरकानुनी अवकाश बदर विरुद्ध श्रम अदालतमा मुद्दा लिएर गएको अधिवक्ता लुइँटेलले जानकारी दिए।

असार १९ मा उनलाई श्रम अदालतका न्यायाधीशत्रय जनकराज पाण्डे, निशा बानिया र शैलेन्द्र कुमार चौरसियाको इजलासले अन्तरिम आदेश जारी गरी काममा फर्काउन निगमलाई आदेश दिएको थियो। सर्वोच्च अदालतको संवैधानिक इजलासमा १ सय ३५ जना परिचारक र परिचारिकाको सेवासुविधा र उमेरहदको विभेद उपरको मुद्दा विचाराधिन अवस्थामा छ।

नेपाल वायुसेवा निगम कर्मचारी प्रशासन विनियमावली २०५८ को नियम ६३(१)(ख) मा ५० वर्षसम्म सेवामा रहन पाउने प्रावधानको बर्खिलाफ मुद्दा दायर गरेकै प्रतिसोध साँधेर कार्कीलाई ४५ वर्ष पुग्ने बित्तिकै निगमले करार नवीकरण नगरी जबरजस्ती अवकाश दिएको थियो। जबर्जस्ती हटाएपछि सर्वोच्च अदालतमा निगम सञ्चालक समिति विरुद्ध समेत अवहेलनाको मुद्दा विचाराधिन छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासले गम्भीर संवैधानिक विषयको व्याख्याको प्रश्न रहेको उल्लेख गर्दै उक्त मुद्दा जेठ १३ मा संवैधानिक इजलासमा सुनुवाइका लागि पठाइ कसैलाई पनि कामबाट बञ्चित नगर्नू भनी अन्तरिम आदेशमा निरन्तरता दिएको छ। एक वर्षअघि नै जारी अन्तरिम आदेश समेत विरुद्ध राष्ट्रिय ध्वजावाहक निगमले कार्कीलाई हटाएको थियो।

पुनर्वहालीको फैसलापश्चात् कार्कीले न्याय पाएकोमा खुसी व्यक्त गरिन। ‘न्यायको लडाइँमा एउटा नयाँ आशा पलाएको छ, विभेद विरुद्धको लडाइँमा न्याय पाइन्छ भन्ने एउटा नयाँ अध्यायको सुरुवात श्रम अदालतको फैसलाले गरिदिएको छ,’ वरिष्ठ विमान परिचारिका कार्कीले भनिन।

सर्वोच्च अदालतमा विचाराधीन रिट निवेदनमा नेपाल वायुसेवा निगमका कर्मचारीहरूको सेवा, शर्तसम्बन्धी कानुनमा भएको व्यवस्थाले विमान परिचारक र विमान परिचारिकालाई अन्य कर्मचारीभन्दा विभेदपूर्ण व्यवहार गरी दोस्रो दर्जाको कर्मचारीको व्यवहार गरिएको उल्लेख गर्दै विनियमावलीका कतिपय प्रावधान बदर गर्न माग गरिएको छ।

कर्मचारीको अवकाश उमेर ५८ वर्ष कायम गरेकोमा विमान परिचारक र परिचारिकाको हकमा कतै ४० वर्षमा अवकाश दिने, कतै ४५ वर्षमा अवकाश दिने, कतै ५० वर्षमा अवकाश दिने जस्ता व्यवस्था भएकाले सेवाको असुरक्षा भएको, एक महिनाको तलब दिएर जहिल्यसुकै हटाउनसक्ने, सेवाअवधिभर करार सेवामा राखी अवकाश गराउने र उपदान पनि नदिने लगायतका प्रावधान रहेको भन्दै त्यस्ता विभेदकारी व्यवस्थालाई बदर माग गरिएको छ।

रिटमा जिन्दगीभर एउटै पदमा काम लगाएर विना कुनै सुविधा जहिल्यैसुकै हटाउने तथा सामाजिक सुरक्षाको सुनिश्चितता नगरिएको निवेदकहरूको दावी छ। सामान्य कम्पनीले समेत सामाजिक सेवा सुरक्षाको सुनिश्चितता गर्नुपर्नेमा नेपाल सरकार स्वामित्वको वायुसेवा निगम जस्तो निकायले आफ्ना क्याबिन क्रुमाथि गम्भीर विभेद गरेको भन्दै उनीहरुले सर्वोच्च अदालतमा दायर गरेको निवेदन विचाराधीन अवस्थामा छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । काठमाडौंको सुन्धरास्थीत धरहरा क्षेत्रमा शुक्रबार बसेको नेपाल सरकार र काठमाडौं महानगरबीच भएको संयुक्त बैठकले धरहरा क्षेत्रमा निर्माण भएको संरचनाभित्र सवारी साधन पार्किङ सञ्चालनलाई थप प्रभावकारी बनाउने र यसका लागि महानगरले महानगर प्रहरी बललाई परिचालन गर्ने निर्णय गरेको हो ...
: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सुरक्षा बैठक बिहीबार विराटनगरमा भएको छ। दुवै देशका सुरक्षा अधिकारी सम्मिलित महत्वपूर्ण बैठकले मतदानको ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति गरेको छ। भारतसँग खुला सीमा जोडिएका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुखहरू तथा ती जिल्लासँग ...
: पर्सामा चार क्षेत्रमध्ये २ वटा क्षेत्रमा नेकपा एमालेले नयाँ अनुहारलाई फागुन २१ को निर्वाचनका लागि चुनावी मैदानमा उतारेको छ। तीमध्ये एक हुन् युवा उद्यमी रुपेश पाण्डे। ४९ वर्षीय पाण्डे पर्सा क्षेत्र नम्बर ३ मा एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्। बुबा बृजमोहन पाण्डे सक्रिय राजनीतिमै लागेर २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट पकहाँ ...
: काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाका प्रतिनिधि सभा सदस्यका टिकट आकांक्षी एवं केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय समशेर राणा र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन्। राणा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र -५ बाट रास्वपाका उम्मेदवार बन्ने तयारीमा थिए। रास्वपामा टिकट वितरणको पद्धतिमा प्रश्न उठाउँदै आएका राणाले केही ...
: रौतहटमा यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते भएका छन्। शुक्रबार करिब ४० यात्रु बोकेको ना ८ ख ८७७३ नम्बरको बस गौर–चन्द्रनिगाहपुर सडक खण्डको गौर नगरपालिका वडा नं. ४ दालमिल नजिक अनियन्त्रित भएर विद्युतीय पोलमा ठोक्किँदा दुर्घटना भएको हो। प्रहरीका अनुसार बस चन्द्रनिगाहपुरबाट रौतहट सदरमुकाम गौरतर्फ तीब्र गतिमा जाँदै गरेको थियो। दुर्घटनामा परेर गढिमाई ननगरपालिका ...