मुख्य समाचार
दाङको तुल्सीपुरमा नेकपा एमालेको झन्डा जलाएको घटनाको विरोधमा अर्घाखाँचीमा राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन
दाङको तुल्सीपुरमा नेकपा एमालेको झन्डा जलाएको घटनाको विरोधमा अर्घाखाँचीमा राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन

: दाङको तुल्सीपुरमा नेकपा एमालेको झन्डा जलाएको घटनाको विरोधमा अर्घाखाँचीमा राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत नेकपा एमाले अर्घाखाँची जिल्ला युवा परिचालन कमिटीका संयोजक तोजबहादुर रायमाझी विधानले विरोध जुलुसपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै उक्त घटनाको कडा शब्दमा भर्त्सना गरे।



उनले सार्वजनिक रूपमा पार्टीको चुनाव चिन्हमा आगजनी गर्नु लोकतान्त्रिक मूल्य र राजनीतिक संस्कृतिविपरीत भएको बताए। “सूर्य कागजमा छापिएको चिन्ह मात्र होइन, यो जनताको विश्वास, भरोसा र आस्था हो,” उनले भने।


रायमाझीले राजनीतिक असहमति भए सार्वजनिक बहस र संवादमार्फत प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै प्रतिक जलाउने कार्य अस्वीकार्य भएको धारणा राखे।



सन्धिखर्कमा पार्टीका उम्मेदवार पीताम्बर भुसालको घरदैलो कार्यक्रमको भिडियो अतिरञ्जित रूपमा सामाजिक सञ्जालमा प्रचार गरिएकोप्रति पनि उनले आपत्ति जनाए। कार्यक्रममा सहभागी युवाहरूले राजनीतिक तथा सांस्कृतिक अराजकता अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए। विरोध सभामा पार्टी समर्थक युवाहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।
दाङमा भएको घटनापछि राष्ट्रिय युवा संघ नेपालले देशका विभिन्न जिल्लामा विरोध कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । काठमाडौंको सुन्धरास्थीत धरहरा क्षेत्रमा शुक्रबार बसेको नेपाल सरकार र काठमाडौं महानगरबीच भएको संयुक्त बैठकले धरहरा क्षेत्रमा निर्माण भएको संरचनाभित्र सवारी साधन पार्किङ सञ्चालनलाई थप प्रभावकारी बनाउने र यसका लागि महानगरले महानगर प्रहरी बललाई परिचालन गर्ने निर्णय गरेको हो ...
: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सुरक्षा बैठक बिहीबार विराटनगरमा भएको छ। दुवै देशका सुरक्षा अधिकारी सम्मिलित महत्वपूर्ण बैठकले मतदानको ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति गरेको छ। भारतसँग खुला सीमा जोडिएका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुखहरू तथा ती जिल्लासँग ...
: पर्सामा चार क्षेत्रमध्ये २ वटा क्षेत्रमा नेकपा एमालेले नयाँ अनुहारलाई फागुन २१ को निर्वाचनका लागि चुनावी मैदानमा उतारेको छ। तीमध्ये एक हुन् युवा उद्यमी रुपेश पाण्डे। ४९ वर्षीय पाण्डे पर्सा क्षेत्र नम्बर ३ मा एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्। बुबा बृजमोहन पाण्डे सक्रिय राजनीतिमै लागेर २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट पकहाँ ...
: काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाका प्रतिनिधि सभा सदस्यका टिकट आकांक्षी एवं केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय समशेर राणा र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन्। राणा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र -५ बाट रास्वपाका उम्मेदवार बन्ने तयारीमा थिए। रास्वपामा टिकट वितरणको पद्धतिमा प्रश्न उठाउँदै आएका राणाले केही ...
: रौतहटमा यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते भएका छन्। शुक्रबार करिब ४० यात्रु बोकेको ना ८ ख ८७७३ नम्बरको बस गौर–चन्द्रनिगाहपुर सडक खण्डको गौर नगरपालिका वडा नं. ४ दालमिल नजिक अनियन्त्रित भएर विद्युतीय पोलमा ठोक्किँदा दुर्घटना भएको हो। प्रहरीका अनुसार बस चन्द्रनिगाहपुरबाट रौतहट सदरमुकाम गौरतर्फ तीब्र गतिमा जाँदै गरेको थियो। दुर्घटनामा परेर गढिमाई ननगरपालिका ...