मुख्य समाचार
झापा गोल्डकपमा मच्छिन्द्रले आर्मीलाई सेमिफाइनलमा ४-० गोल अन्तरले पराजित
झापा गोल्डकपमा मच्छिन्द्रले आर्मीलाई सेमिफाइनलमा ४-० गोल अन्तरले पराजित

— चार पटकको उपाधि च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई निरास मच्छिन्द्र फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

विदेशी खेलाडी चम्किँदा मच्छिन्द्रले आर्मीलाई शनिबार अन्तिम सेमिफाइनलमा ४-० गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।

मच्छिन्द्रका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिकले जित निश्चित बनेको थियो ।मच्छिन्द्रले उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबसँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

मच्छिन्द्रले खेलको चौथो मिनेटमै अग्रता लियो । जोनाथन जोरिल्लाले पहिलोगोल गरे । अयोला हमजातको क्रस पासमा डिबक्समा अनमार्क रहेका जोरिल्लाले वान टचमा गोल गरेका थिए ।

खेलको २४ औं मिनेटमा मच्छिन्द्रले पेनाल्टी पायो । जोरिल्लाको फ्रिकिक प्रहारमा आर्मीका खेलाडीको डिबक्समा ह्यान्डबल भएपछि पेनाल्टी पाएको थियो ।उनै जोरिल्लाले पेनाल्टीलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफ २–० को बराबरी भएपछि दोस्रो हाफमा आर्मी दबाबमा परेको थियो । खेलको ५२ मिनेटमा अर्को गोल थपेर खेलमा जित सुनिश्चित गरेको थियो । आर्मीकाडिफेन्डरले क्लियर गर्न नसकेको बललाई प्रदिप बुढाथोकीले डिबक्समा पास मिलाइदिएका थिए । सो बललाई जोरिल्लाले पोष्टको दिशा दिएका थिए ।

खेलको अतिरिक्त समयमा मच्छिन्द्रका सब्सिच्युट खेलाडी रेजिन सुब्बाले एकगोल थपे । मैदानको मध्यभागमा पाएको बललाई आर्मीका दुई डिफेन्डरलाई बिट गरेर एकल प्रयासमा उनले गोल गरेका थिए ।

खेलको १७ औँ मिनेटमा सौरभ लिम्बु र अतिरिक्त समयममा अभिषेक स्याङतानले सदुपयोग गर्न नसक्दा गोल अन्तर बढाउने मौका गुमाएको थियो ।

मच्छिन्द्रसामु आर्मीको प्रदर्शन फितलो रह्यो । खेलको नवौँ मिनेटमा डिबक्समा रहेका आर्मीका नविन लामाको फ्रिहेडर बारमाथिबाट बाहिरियो । ७० औँ मिनेटमा दिनेश हेन्जनले बक्सभित्र पाएको बल सदुपयोग गर्न सकेनन् ।

खेलको 'प्लेयर अफ द म्याच' विजेता टिम मच्छिन्द्रका जोनाथन जोरिल्ला घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरि 'प्लेयर अफ द म्याच' को पुरस्कार अमेरिका निवासी रोशनलाल श्रेष्ठ तथा उनकासाथीहरुले प्रायोजन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...