मुख्य समाचार
चर्च ब्वाइज युनाइटेडमाथि १–० गोलअन्तरको कठिन जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेडले २६ औं संस्करणको अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि जिते
चर्च ब्वाइज युनाइटेडमाथि १–० गोलअन्तरको कठिन जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेडले २६ औं संस्करणको अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि जिते

— साबिक उपविजेता चर्च ब्वाइज युनाइटेडमाथि १–० गोलअन्तरको कठिन जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेडले २६ औं संस्करणको अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ ।

शनिबार धरान रंगशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई जिताउन प्रतापसिंह राईले निर्णायक गोल गरे । चर्च ब्वाइजको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै राईले खेलको ६२ औं मिनेटमा गोल गरेर प्लानिङ ब्वाइजलाई पहिलो सहभागितामै उपाधि दिलाए । चर्चका अबोयामी फकुन्लेले दिएको मिस पासलाई एलेक्स विलियमले सेन्टरलाइनबाट राईलाई बल पास दिएका थिए । उक्त पासलाई राईले वान भर्सेज वानमा उत्कृष्ट गोल गरेका थिए ।

दोस्रो प्रयासमा प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यको साथ मैदानमा उत्रिएको चर्च ब्वाइजको डिफेन्स लाइन अघिल्लो खेलको तुलनामा निकै कमजोर देखिएको थियो । डिफन्डर सर्जियो डिक्का र प्रवेश दनुवारले गतिलो प्रदर्शन गर्न नसक्दा त्यसको फाइदा प्लानिङ ब्वाइजले उठाएको हो । फरवार्ड लाइनमा रहेका कप्तान मिलन राई र अबोयामी फकुन्ले पटक पटक फिनिसिङमा चुक्दा गोल गर्न सकेनन् । मिलनलाई दोस्रो हाफमा निकालेर रिचार्ड विलसनलाई मैदान प्रवेश गराउने प्रशिक्षक सुमन श्रेष्ठको रणनीतिले पनि काम गर्न नसकेपछि चर्च ब्वाइजले उपविजेतामै चित्त बुझाउन बाध्य भयो । प्रतियोगितामा च्याम्पियन बनेको एन्फा उपाध्यक्ष दावा लामाको क्लब प्लानिङ ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँ पुरस्कार पाएको छ । दुवै पुरस्कार राशि प्रतियोगितालाई संयोजन गरेको धरान उपमहानगरपालिकाले प्रायोजन गरेको हो । खेलको म्यान अफ द म्याच विजयी टिमका पूजन थापा घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गर्नसमेत सफल भए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रतापसिंह राई घोषित भए । उनले एक थान होन्डाको डियो स्कुटर पुरस्कार पाए । गत वर्षसम्म भने उत्कृष्ट खेलाडीले एक लाख नगद पुरस्कार पाउँदै आएको थियो । प्लानिङका निग्मा घिसिङ उत्कृष्ट डिफेन्डर, एन्फा हेड अफ कोचसमेत रहेका सञ्जित सिंह उत्कृष्ट प्रशिक्षक, योगेश धिमाल उत्कृष्ट गोलकिपर घोषित भए ।

चर्चका रोहन कार्की उत्कृष्ट मिडफिल्डर र अबोयामी फकुन्ले बेस्ट फरवार्ड घोषित भए । विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । माघ २२ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा भारत र भुटानका दुई टिमसहित यसपटक १० टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम