मुख्य समाचार
ट्रम्पले विश्वको सबैभन्दा ठूलो आर्माडा (विमानवाहक युद्धपोत युएसएस गेराल्ड आर फोर्ड) लाई क्यारेबियन सागरबाट मध्यपूर्वतर्फ जान आदेश
ट्रम्पले विश्वको सबैभन्दा ठूलो आर्माडा (विमानवाहक युद्धपोत युएसएस गेराल्ड आर फोर्ड) लाई क्यारेबियन सागरबाट मध्यपूर्वतर्फ जान आदेश

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको सबैभन्दा ठूलो आर्माडा (विमानवाहक युद्धपोत युएसएस गेराल्ड आर फोर्ड) लाई क्यारेबियन सागरबाट मध्यपूर्वतर्फ जान आदेश दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको सबैभन्दा ठूलो आर्माडा (विमानवाहक युद्धपोत युएसएस गेराल्ड आर फोर्ड) लाई क्यारेबियन सागरबाट मध्यपूर्वतर्फ जान आदेश दिएका छन् । अमेरिकाले यसअघि नै मध्यपूर्वमा युएसएस अब्राहम लिंकन युद्धपोत राखिसकेको छ ।

१ लाख टन वजन र ११ सय फिट लामो युएसएस गेराल्ड युद्धपोत विश्वकै सबैभन्दा ठूलो समुद्री युद्धपोत हो । यसको निर्माण प्रक्रिया ११ अगस्ट २००५ मा सुरु भएको थियो । ३१ मेइ २०१७ मा अमेरिकी जलसेनालाई औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो । यो विश्वकै महँगो जहाज पनि हो । यसको निर्माणमा १३ दशमलव ३ बिलियन अमेरिकी डलर खर्च भएको थियो ।

यसमा ७५ वटा अत्याधुनिक युद्ध विमान अटाउँछन् । विमान कर्मचारी र युद्धपोतका कर्मचारीसमेत जोडेर कुल ४६ सय कर्मचारीमा यसमा छन् । यससँगै एयर डिफेन्स सिस्टम पनि जडान गरिएका सहयोगी जहाजहरु तथा विध्वंशक पनि मध्यपूर्व जाँदैछन् ।

गत अक्टुबरको अन्त्यमा यसलाई पूर्वी भूमध्यसागरबाट क्यारेबियन सागरमा पठाइएको थियो । मध्य नोभेम्बरमा क्यारेबिन सागरमा यो जहाजलाई तैनाथ गरेर भेनेजुएलाका तत्काली राष्ट्रपति निकोलास मदुरोलाई ट्रम्पले दबाबमा राखेका थिए । ३ जनवरीमा भेनेजुएलामा आक्रमण गरेर अमेरिकी सेनाले मदूरोलाई अपहरण गर्यो ।

अमेरिकाले अहिले मध्यपूर्वमा राखेको अब्राहम लिंकन युद्धपोतमा विमान चालक समेत गरेर झन्डै ५ हजार कर्मचारी छन् । दर्जनौं फाइटर जहाज, टोमाहक क्रुज मिसाइल्सयुक्त अर्लेग बुर्के क्लसा विध्वंशक पनि यसमा छन् । त्यस्तै एयर डिफेन्स सिस्टमयुक्त तीनवटा विध्वंशक यस जहाजसँगै छन्, ती विध्वंशकमा दर्जनौं मिसाइल्स छन् ।

ईरानसँग ट्रम्पले वार्ता र दबाबको नीति अख्तियार गरिरहेका छन् । अप्रत्यक्ष वार्ता चलिरहेकै समयमा ट्रम्पले दोस्रो युद्धपोत पठाउन आदेश दिएका हुन् । गत हप्ता ओमानका अधिकारीहरुले अमेरिका र ईरानका अधिकारीहरुसँग मस्कटमा बेग्ला–बेग्लै वार्ता गरेका थिए । वार्ता सकारात्मक रहेको र थप छलफल हुने अपेक्षा ट्रम्पले व्यक्त गरेका थिए । तर, यसपछि अहिलेसम्म वार्ताको नयाँ मिति तोकिएको छैन ।

ट्रम्पले मंगलबार एक्सिओससँगको अन्तर्वार्तामा दोस्रो युद्धपोत पठाउने विषयमा विचार गरिरहेको बताएका थिए । यद्यपी, उनले त्यसबेला ईरानले आणविक वार्ता गर्ने आशा पनि व्यक्त गरेका थिए ।

इरानले आफ्नो आणविक कार्यक्रमलाई न्युनीकरण गर्न तयार रहेको बताएको छ । तर, यसका लागि अन्तर्राष्ट्रिय बजारमा आफुलाई उपस्थिति मिल्नुपर्ने माग राखेको छ । ईरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम सिमित हुनुपर्ने र हिजबुल्ला तथा अन्य प्रोक्सी समुहहरुलाई ईरानले दिदैं आएको समर्थन बन्द हुनुपर्ने अमेरिकाको सहयोगी देश ईजरायलको माग छ । यी मागहरु ईरानले अस्विकार गर्दै आएको छ ।

पछिल्लो केही महिना ईरानलाई हेर्ने ट्रम्पको नीति निकै अस्थिर देखिएको छ । उनले गत जनवरीमा आन्दोलनकारीमाथि समर्थन जनाउँदै उनीहरुलाई सहयोग गर्ने बताएका थिए । ‘ईरानी राष्ट्रवादीहरु हार नमान्नुस्, सहयोग आउँदैछ,’ उनले भनेका थिए । त्यसको केही समयमा अब्राहम लिंकन युद्धपोत मध्यपूर्वमा ईरान नजिकै गएर बस्यो । यतिबेलासम्म ईरान आन्दोलनमा सरकारी दमनले ठूलो संख्यामा आन्दोलनकारीलाई मारिएका थिए ।

यसपछि एकैपटक आन्दोनलबाट ध्यान मोडेर ट्रम्पले आणविक कार्यक्रमलाई मुद्दा बनाए । ईरानको आणविक कार्यक्रमका विषयमा वार्ता गर्न ट्रम्प तयार भएपछि ओमानले अप्रत्यक्ष वार्ता अघि बढाएको थियो । अहिले फेरि उनले ईरानमाथि आक्रमण गर्न सकिने धम्की दिएका छन् । अमेरिकासँग वार्ता नगरेमा ईरानले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी बिहीबार ट्रम्पले दिएका थिए ।

शुक्रबार उत्तर क्यारोलिनाको फोर्ट ब्राग सैन्य अखडा ट्रम्प भ्रमणमा थिए । पत्रकारहरुले ईरानको सत्ता परिवर्तनबारे प्रश्न राख्दा उनको जवाफ थियो, ‘ संभावित परिदृश्यमध्ये यो सबैभन्दा राम्रो कुरा हो ।’ उनले ईरानसँग वार्ता गर्न कठिन भइरहेको बताएका थिए । ‘उनीहरु ४७ वर्षदेखि कुरै गरिरहेका छन् । र, उनीहरुले कुरा गरिरहदाँ धेरैजनाको ज्यान गएको हामीले देखेका छौं,’ ट्रम्पले भनेका थिए ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी सैनिकहरुले ईरानविरुद्ध सम्भावित युद्ध हप्तौंसम्म चल्नसक्ने आँकलन गरेर दीर्घकालीन तयारी गरिरहेका छन् । दुई देशबीच यसअघि भएका द्वन्द्वभन्दा यो आक्रमण निकै गम्भीर हुने पनि उनीहरुले बताएका छन् ।

गत जुलाईमा ईरान–ईजरायल युद्धका दौरान अमेरिकाले ईरानका आणविक पूर्वाधारहरुमा हमला गरेको थियो । यतिबेला केही बी–२ बम्बर विमानहरु मिसौरीस्थित अखडाबाट गुआमस्थित अखडामा मध्यराति तिव्र गतिमा आएका थिए । त्यसपछि त्यसले ईरानमा पुगेर हमला गर्यो‍ ।

ईरानी एयरस्पेसमा बम्बर पुग्नभन्दा थोरै समयअघि अरेबियन समुद्र नजिकबाट पनडब्बुमार्फत २४ भन्दा धेरैपटक मिसाइल प्रहार गरिएको थियो । त्यसपछि पहिले अमेरिकी जेटहरूले ईरानका फाइटर जेटलाई निस्तेज गरेका थिए । अनि, बम्बरले पूर्वाधारमा बिना रोकतोक आक्रमण गरे ।

जवाफमा, केही दिनपछि ईरानले कतारस्थित अमेरिकी वायुसेनाको अखडामा आक्रमण गरेको थियो । तर त्यसको क्षति ठूलो थिएन । यसपटक ठूलो आर्माडा अहिल्यै तैनाथ छ । अमेरिकी अधिकारीहरुले अर्को युद्धपोत आउँदै गरेको बताएका छन् ।

‘यो पटकको योजना अझ जटिल छ । लामो अभियानमा अमेरिकी सेनाले ईरानका सरकारी संरचना र सुरक्षित सुविधाहरूमाथि हान्न सक्छ । केवल न्यूक्लियर पूर्वाधार मात्र होइन,’ रोयटर्ससँग एक अधिकारीले भने । विशेषज्ञहरूले ईरानसँगको युद्धले ठूलो जोखिम निम्त्याउने बताएका छन् । किनकी, ईरानसँग मिसाइलको ठूलो भण्डार छ । इरानी प्रत्याक्रमणले क्षेत्रीय द्वन्द्वको जोखिम पनि बढाउँछ ।

अमेरिकी सैन्य अपरेशकोे तयारीबारे रोयटर्सले गरेको सोधेको प्रश्नमा ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले भनिन्,‘राष्ट्रपति ट्रम्पसँग इरानबारे सबै विकल्पहरू टेबलमा छन् ।’

उनले थपिन्, ‘उनी कुनै पनि विषयमा विभिन्न दृष्टिकोणहरू सुन्छन् । तर देश र राष्ट्रिय सुरक्षाका लागि सबैभन्दा राम्रो के हुन्छ भन्ने आधारमा अन्तिम निर्णय लिन्छन् ।’ अमेरिकी रक्षा विभाग पेन्टागनले यस विषयमा कुनै टिप्पणी गरेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम