मुख्य समाचार
वेस्ट इन्डिजको सामना गर्दा त्यो निकै कठिन चुनौती हुने
वेस्ट इन्डिजको सामना गर्दा त्यो निकै कठिन चुनौती हुने

— नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुवार्ट लले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा वेस्ट इन्डिजको सामना गर्दा त्यो निकै कठिन चुनौती हुने बताएका छन् ।

नेपालले आइतबार वानखेडेमा हुने आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजको सामना गर्दैछ । त्यसअघि शनिबार मिडियासामु प्रस्तुत हुने क्रममा लले त्यस नेपालले सक्दो धेरे राम्रो गर्नु पनि स्वीकारे । उनले वेस्ट इन्डिजविरुद्धको खेलमा आफ्नो ध्यान नतिजामा भन्दा टिमको प्रदर्शनमा केन्द्रित हुने पनि बताए ।

उनले भने, ‘इटालीविरुद्धको खेल वास्तवमै निराजशान रह्यो । इंग्ल्यान्डविरुद्ध पहिलो खेलमा जसरी खेलेका थियौं, त्यसको ठीक विपरितको खेल रह्यो । त्यस हारमा माफि दिन सकिन्न । हामीले त्यस खेलपछि खेलाडीसँग कुराकानी गरेका छौं । वेस्ट इन्डिजको सामना गर्दा हाम्रो टिमबाट कुनै प्रकारको भुल स्विकार्य हुने छैन् । इंग्ल्यान्डविरुद्धको खेल अन्तिम बलसम्म फुगेको थियो, जसरी हामीले विश्व क्रिकेटको शत्तिविरुद्ध खेल्यौं, त्यसमा गर्व छ ।’

प्रशिक्षक लले विश्वकप जस्तो ठूलो प्रतियोगितामा खेल्न धेरै दबाब हुने पनि बताए । उनले थपे, ‘मैले खेलाडी र प्रशिक्षक दुवै रूपमा विश्वकप खेलेको छु, त्यसैले यति ठूलो प्रतियोगिता खेल्दा कति दबाब हुन्छ, त्यो मलाई राम्रोसँग छ ।’ उनले नेपाली क्रिकेटलाई अझ अगाडि बढाउने हो भने घरेलु प्रतियोगिता अझ व्यवस्थित र सुदृढ हुनु पर्ने बताए । उनको भनाई थियो, ‘नेपाली क्रिकेटलाई प्रथम श्रेणीको क्रिकेट आवश्यक छ । नेपाली खेलाडी धेरै दिनको खेल खेल्न अभ्यस्त हुनु पर्छ ।’

उनले नेपाल प्रिमियर लिग (एनपीएल) को पनि प्रशंसा गर्दै यो प्रतियोगिताले विस्तारै नेपाली क्रिकेटलाई बलियो बनाउने बताए । तर उनको थप भनाई थियो, ‘तर यतिले मात्र पुग्दैन् । ट्वान्टी ट्वान्टी क्रिकेट रमाइलो त हुन्छ, तर हामीलाई चाहिने भनेको दुई दिन अथवा त्यो बढीकै क्रिकेट नै हो । यसले ब्याटर होस अथवा बलर, दुवैलाई निखार्न मदत गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम