मुख्य समाचार
बंगलादेशको निर्वाचन निष्पक्ष र विश्वसनीय : ईयू
बंगलादेशको निर्वाचन निष्पक्ष र विश्वसनीय : ईयू

— युरोपेली युनियन पर्यवेक्षण मिशन ((ईयू ईओएम) ले बिहीबार बंगलादेशमा सम्पन्न निर्वाचन निष्पक्ष र विश्वसनीय रहेको जनाएको छ ।

मिशनका प्रमुख पर्यवेक्षक तथा युरोपेली संसद्का सदस्य इभर्स इजाब्सले आज ढाकामा आयोजित प्रेस ब्रिफिङमा प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरे । उनले यो निर्वाचन लोकतान्त्रिक र कानुनी शासन पुनर्स्थापनातर्फको 'महत्त्वपूर्ण कदम' रहेको बताए ।

'२०२६ को संसदीय निर्वाचन साँच्चै प्रतिस्पर्धात्मक थियो । यसमा मौलिक स्वतन्त्रताहरूको सम्मान गरियो,' इजाब्सले भने, 'निर्वाचन सम्बन्धी कानुनी ढाँचा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप छ । बंगलादेश निर्वाचन आयोगले स्वतन्त्र र पारदर्शी रूपमा काम गरेको छ । यसले सरोकारवालाहरूको विश्वास कायम राख्यो र विश्वासिलो निर्वाचन गरायो ।'

ईयू पर्यवेक्षककाअनुसार, निर्वाचन शान्त र व्यवस्थित थियो । मतदान केन्द्रमा खटिएकाहरुले कुशलतापूर्वक मतदान र मतगणना गरे ।

मिशनले केही कमजोरीहरू पनि औंल्याएको छ । जसमा अपाङ्गता भएकाहरूको सीमित सहभागिता, महिलाहरूको लागि राजनीतिक स्थानमा प्रतिबन्ध, छिटपुट स्थानीय राजनीतिक हिंसा, मित्था सुचनाको प्रचारलगायत छन् ।

आदिवासी समुदाय र अल्पसंख्यकहरूको प्रतिनित्व राजनीतिमा कम भएको पनि पर्यवेक्षकहरुले बताए । इजाब्सले बंगलादेशलाई स्वतन्त्र संस्थाहरू, मानवअधिकार र उत्तरदायित्व प्रवर्द्धन गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम